Sunday July 05, 2020

नेपालमा ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए मर्मत सेवा "इ ट्रान्सपोर्टेसन सर्भिस"को पहिलो बर्ष भब्य सफल

१२ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1337


नेपालमा ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए मर्मत सेवा "इ ट्रान्सपोर्टेसन सर्भिस"को पहिलो बर्ष भब्य सफल

उशीतलपाटीन्युज डटकम।
लन्डन। इन्टरनेट र मोबाइल ‘एप्लीकेसन’ मार्फत नेपालभर सामान ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए तुरुन्त मर्मत दिने" इ ट्रान्सपोर्टेसन सर्भिस"ले आज एक वर्ष पुरा गरेको समाचार छ। कम्पनीले ४ हजार ५ सय ३६ ट्रक, नेपालमा फ्याक्ट्री दर्ता भएका १०३, नेपालको राजमार्गहरुमा रहेको ग्यारेज कम्पनी १७३  गरी एक वर्षको अवधिमा आफ्नो इ-ट्रान्सपोर्टेसन सर्भिसले सेवा पुर्याएको कुरा बेलायतस्थित प्रवन्ध निर्देशक युवा व्यवसायी सन्तोष मण्डलले जानकारी दिनु भयको छ। मण्डलले पहिलो वर्ष मै ब्यापक उपलब्धि भयको बताउनु भयको छ।


ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य मण्डल बेलायत बसेर नेपालमा डिजिटल प्लेटफर्म  सेवा विस्तार गर्न सफल भएका छन् । नेपालमा नयां प्रविधि लैजान सहज थिएन । तर, हामी सबैको साथ पाएर सफल र उत्साहित छौं, मण्डलले बताएका छन। मण्डल बेलायतमा डिजिटल बिजनेस सम्बन्धि काम मै छन् । उनले बेलायतमा सिकेको सीप नेपालमा पनि लैजान नयां कन्सेप्ट नया प्रबिधीको प्रस्तुति दिएको बताउछन।

 


हाल इ ट्रान्सपोर्टेसनमा ढुवानी व्यवस्थापन र भेइकल ब्रेकडाउन सर्भिस मुख्य दुई सेवा छ। मण्डलका अनुसार "इ ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म हो, जसले ढुवानी सेवा प्रवाह गर्नेलाई काम गर्न छिटो र सजिलो बनाउंछ।" साथै ढुवानी यातायात धनीलाई आफ्नो बिजनेस व्यवस्थापनमा मद्दत गर्छ। ’भेइकल ब्रेकडाउन’ सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मत गर्न उक्त कम्पनीले छिटो छरितो रुपमा ‘मेकानिक्स’ पठाएर सेवा प्रदान गर्दछ। सवारी मर्मतका लागि वार्षिक मेम्बरसीप प्रदान गरिने र त्यसको निश्चित चार्ज लाग्ने मण्डलले बताएका छन । थोरै रकमले मानिसहरुको यात्रामा सहजता ल्याउन सक्ने गरी हाम्रो सेवा भयकोले समस्या सहजै समाधान भयको र सेवा प्रति सेवाग्रही खुसी रहेकोले यो सेवाबाट लाभान्वित हुन मण्डलले आब्हान गरेका छन।




मतहरू

buy generic viagra online

buy generic viagra online

Rebekah

when generic viagra in usa viagra online directions for use of viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?