Sunday July 05, 2020

एनआरएन युके प्रेष बिज्ञप्ती

१५ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1316


एनआरएन युके प्रेष बिज्ञप्ती

एनआरएनए युके प्रेस बिज्ञप्ति

लण्डन। बिभिन्न कारणले बेलायत पाल्नुभएका र कोरोना भाइरस (COVID-19) को प्रभाबले लकडाउनमा परि नेपाल फर्कन अत्याबश्यकहरुलाई  बुधवार २४ जुन २०२० मा १४६ र शुक्रवार २६ जुन २०२० मा ८३ यात्रुहरु सहित जम्मा २२९ यात्रुहरुको उद्दार कार्य सम्पन्न भएको छ। कोरोना भाईरस प्रभाबको शुरुवात देखिनै गैरआवासीय नेपाली संघ, बेलायतले यस विषम परिस्थितिले उब्जाएको अनेकन समस्यामा परेकाहरुलाई सकेको सहयोग गर्ने अभिप्रायले हेल्प लाईन मार्फत समस्याहरु दर्ता गर्दै आबश्यकता अनुसार सहयोग पुर्याउदै आएको थियो।

समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्ने अभिप्रायले आर्थिक सहयोग संकलन र त्यसको उचित परिचालन गरि अगाडी बढ्दै गरेको परिप्रेक्षमा धेरै नेपालीहरुले आफुहरु नेपाल फर्कन अत्याबश्यक रहेको र त्यसका लागि आबश्यक पहल गरिदिन अनुरोध आय लगत्तै उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा उपाध्यक्ष मोहन कार्की सह-संयोजक र इंग्ल्यान्ड राज्य परिसदका सचिब गोबिन्द खरेल सदस्य-सचिब रहेको नामावली संकलन तथा उद्दार समिति बनाई ११ मे २०२० सोमवार देखि नामावली संकलन कार्य शुरु गरिएको थियो।

करिव १ महिनाको नामावली संकलन पश्चात ८ जुन २०२० सोमवार सम्म गैरआवासीय नेपाली संघ, बेलायत र नेपाली राजदुतावास लण्डनमा दर्ता भएका सहित ४५० जनाको नामावली नेपाल सरकारको पररास्ट्र मन्त्रालयमा उद्दारका लागि पहल गर्न अनुरोध पत्र सहित पठाईएको थियो। यस  बिचमा गैरआवासीय नेपाली संघ, बेलायतमा मात्रै करिव २५० यात्रुहरुले आफ्नो नामावली उद्दारका लागि दर्ता गर्नु भएको थियो।

गैरआवासीय नेपाली संघ, बेलायत र नेपाली राजदुतावास लण्डनको संयुक्त प्रयास र नेपाल सरकारको सहयोगमा बेलायतबाट उद्दार कार्य सम्भब र सफल भएको छ। नेपालमा कोरोनाको संक्रमण बढ्दै अझ बढी भयाबह स्थिति सिर्जना हुँदा हुँदै पनि आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनका लागि सहज बाताबरण तयार गर्ने नेपाल सरकारको नीति अनुरुप पररास्ट्र मन्त्रालय, नागरिक उड्यान तथा संस्कृति मन्त्रालय एवं नेपाली राजदुतावास लण्डनले खेलेको भूमिका प्रति खुशी व्यक्त गर्दछौं।

हुनत, यदाकदा यस उद्दार कार्य सम्भब नरहेको र  गैरआवासीय नेपाली संघ, बेलायत र यस अभियानमा लाग्नेहरुले आफ्नो नामको लागि प्रोपगाण्डा फैलाउन खोजेको आरोप पनि खेप्न नपरेको भने होईन, तर आत्म विश्वास, निश्छल भाबना र लगातार प्रयासले आँटेको कार्य पुरा भएको छ। संसारभरका मानिसहरुले कोरोनाका कारण खेपिरहेको विषम परिस्थिमा पनि अहम भाबना र डर्टी पोलिटिक्सबाट बाहिर निस्कन नसक्नु आफैंमा सुखद भने पक्कै होइन। तर त्यस्ता खालका बिरोधका लागि बिरोध गर्ने प्रवृतिले अझै बढी काम गर्ने उत्साह र जाँगर बढेको छ। त्यसैले जसले जहाँ जे भने र गरे पनि गैरआवासीय नेपाली संघ, बेलायत बिगतमा भए गरेका बिबिध त्रुटिहरुलाई आबश्यक सम्बोधन गर्दै सुचारु रुपमा आफ्ना नागरिकहरुको हक र हितका लागि अगाडी बढ्नेमा प्रतिबद्द छ।

हामीलाई थाहा छ कि उद्दार कार्य अझै छिटो गर्न सकेको भए राम्रो हुने थियो र  निशुल्क उद्दार गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो तर नेपाल आफैंले कोरोना संग लड्दै गरेको अप्ठ्यारो परिस्थिति र नेपाल सरकारलाई परेको आर्थिक भारलाई राम्रो संग नियाल्नु र त्यस अनुरुप कार्य गर्न प्रयास गर्नु तपाईं हामी सबैको दाहित्व हो। सुधार गर्नुपर्ने पाटाहरु धेरै छन् नभएको होइन, तर यदी हामी आफैं सरकारमा रहेको भय पनि आँखिर गर्न सक्ने त्यतिनै हो जति नेपाल सरकारले गर्यो। केहि नगर्नु भन्दा केहित पक्कै गर्यो, त्यसैले खुशीका साथ धन्यवाद छ नेपाल सरकार र सरोकार सम्पुर्णलाई।

एकतर्फी भाडा दर ९२० पाउण्ड धेरै महँगो भयो भन्ने जनगुनासो नआएको भने होईन। गैरआवासीय नेपाली संघ, बेलायतले खुल्ला प्रतिस्पर्दाबाट आएका कोटेसनका आधारमा भाडा दर तोकौं भन्ने आफ्नो धारणा प्रस्ट रुपमा राखेता पनि नेपाल सरकारले तोके बमोजिम गर्ने भन्ने कुरा नेपाली राजदुतावास लन्डनबाट आएको हुँदा यस बिषयमा यात्रुहरुलाई खासै सहुलियत दिन सकिएन त्यसमा हामी क्षमा प्रार्थी छौँ। तर कतिपय सबालहरु हामीले सोचे अनुरुप् नहुने रहेछ अथवा हाम्रो हात भन्दा बाहिरको हुँदो रहेछ, आशा छ यस बिषयलाई सम्बन्धित सबैले आत्मसाथ गर्नुहुनेछ।

दुई चरण गरि बेलायतमा अड्किनु भएका २२९ नेपाली नागरिकहरु नेपाल फर्काउने कार्यमा नेपाली राजदुतावास लण्डनले खेल्नुभएको भूमिका प्रति हार्दिक आभार, राजदुतावासको निरन्तर सहयोग बिना नामावली संकलन तथा उद्दार अभियानले सफलता हासिल गर्न गार्हो थियो। बिदाको दिनमा पनि २४/७ राजदुतावास खुल्ला राख्दै एरयपोर्ट सम्म पनि कन्सुलेट सेवा उपलब्ध गराउनुको महानतालाई जति मुक्त कण्ठले बयान गरे पनि कमै हुन्छ। महामहिमज्यू, उप नियोग प्रमुखज्यू लगायत राजदुतावास लन्डन टिमलाई मुरी मुरी धन्यवादका साथै हाम्रो सामाजिक यात्रा सदा सदाको लागि अमर रहोस, हार्दिक शुभकामना।

जुन महिनाको पहिलो साता सम्ममा नामावली दर्ता गर्ने नेपालीहरु ४५० को हाराहारीमा रहे पनि, जुनको अन्त्य सम्म आईपुग्दा बेलायतमा भन्दा नेपालमा कोरोनाको संक्रमण बढ्दै जानु, बेलायतमा लकडाउन खुकुलो हुँदै जनजीवन सामान्य हुने तिर उन्मुख हुनु, बिद्यालय, विश्वबिद्यालय, व्यापार ब्यबसायहरु बिस्तारै खुल्ने तिर आशाबादी हुनु र काठमाडौँका लागि अन्तरास्ट्रिय बायुसेवा अगस्ट महिना देखी खुल्छकि भन्ने संकेतका साथै अन्य बिबिध कारणले २४ जुन र २६ जुनमा गरि ३१६ नेपालीहरु नेपाल फर्काउने ब्यबस्थापन भए पनि जम्मा २२९ नेपालीहरु नेपाल फर्कनु भएको थियो। संख्यात्मक हिसाबले सोचेजति नेपालीहरु नेपाल नफर्किए पनि २२९ पनि सानो नम्बर भने पक्कै होइन।  गैरआवासीय नेपाली संघ एउटा छाता संस्थाको रुपमा कार्य गर्दै गर्दा २२९ को ठाउँमा २९ मात्रै भएको भए पनि संस्थागत जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहन्थ्यो। गैरआवासीय नेपाली संघ, बेलायत कोरोना महामारी र त्यसका असरबाट जुद्धै जुन महिनाको अन्त्य सम्म आईपुग्दा बेलायतबाट अत्याबश्यक रुपमा नेपाल फर्कन चाहनेको संख्या सुन्य भएको छ।

अन्त्यमा, कोरोना भाईरस (COVID-19) को महामारीमा आत्मैदेखि आ आफ्नो ठाउँबाट राहत संकलन, वितरण देखि नामावली संकलन एवं उद्दार अभियानमा  शुरु देखि अन्त्य सम्म प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय महानुभाबहरुमा हार्दिक आभार व्यक्त गर्दछौं।

धन्यवाद सहित
राम चन्द्र पोखरेल - उपाध्यक्ष NCC UK तथा संयोजक
मोहन कार्की - उपाध्यक्ष NCC UK तथा सह-संयोजक  
गोबिन्द खरेल - सचिव SCC England तथा सदस्य-सचिब

कोरोना भाईरस (COVID-19): बेलायतबाट नेपाल जान अत्याबश्यकहरुको  नामावली संकलन तथा उद्दार अभियान
तथा कार्यसमिति परिवार
गैरआवासीय नेपाली संघ, बेलायत
मिती: २८ जुन २०२०

प्रेष बिज्ञप्ती:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?