Wednesday September 23, 2020

एनआरएन युकेले नेपालको सातै प्रदेशलाई अक्सिजन मेशीन सहयोग गर्ने

१५ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1298


एनआरएन युकेले नेपालको सातै प्रदेशलाई अक्सिजन मेशीन सहयोग गर्ने

शीतलपाटीन्युज डटकम।
लण्डन। अध्यक्ष पुनम गुरुड्गको अध्यक्षतामा एनआरएन युकेको कार्यसमीतीको पुर्ण बैठक बसेको समाचार प्राप्त भयको छ। हिजो २८ जुन २०२० मा बसेको बैठकले कोभीड-१९ माहामारीका बेला गरेका सहयोग बारे बिभागीय संयोजकहरुले आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो। बैठकमा विभिन्न विभागका संयोजक रहेका उपाध्यक्षहरु प्रेम गाहा मगर, सुलिबाबु खड्का, रोजिना प्रधान राई, नारायण कंडेल, रामचन्द्र पोखरेल,मोहन कार्की लगायतले आ-आफ्नो विभागको अपडेट गराएको हो। हेल्पलाइनका संयोजक सचिवद्धय जीत रानाभाट र कोशलेश्वर ढकाल तथा कार्यसमिति सदस्य हेम गुरुङले हेल्पलाइनबारे अपडेट प्रस्तुत गरेका थिए।


बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आर्थिक अपडेट गराएका थिए भने कोभिड १९ सहयोग संकलन समितिका संयोजक एवम् इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले कोष संकलन अभियानको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा आइसीसी सदस्यहरु सुशिला राई, दयानिधी सापकोटा, रामशरण सिम्खडा,अर्कराज तिम्सिना, योगकुमार फगामी सहित कार्यसमितिका २३ जना पदाधिकारी तथा सदस्य सहभागी थिए।

आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले नेपालको सातै प्रदेशमा कोरोना भाइरस प्रकोप बढ्दै गयको सुचनाको आधारमा सातै प्रदेसलाई २ बटाका दरले अक्सीजन मेसीन उपलब्ध गराउन संयोजन गर्ने जिम्मा अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य विभाग संयोजक डा सुनिल शाहलाई दिइएको छ।

कोरोना संक्रमणबाट बेलायतमा निधन भएका भक्त दमाईको परिवारलाई ५ सय पाउण्ड सहयोग गर्ने भयको छ भने एनआरएनए यूकेले आयोजना गरेका चित्रकला प्रतियोगिताको लागि प्राप्त ६४ जना बालबालिकाको चित्रकलालाई दस्तावेजको रुपमा पुस्तिकामा प्रकाशन गरि प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आउँदो बालदिवसमा हुने र कोभिड १९ को नेपाली महिलामाथि प्रभाव विषयमा वेबिनार सम्मेलन गर्ने उपाध्यक्ष रोजिन प्रधान राईको प्रस्तावलाई स्वीकृत गरेको छ।

बैठकले कोभिड १९ सहयोग अभियानमा योगदान गर्ने सिंगो कार्यसमितिका पदाधिकारी, विभिन्न विभागका संयोजक एवम् सदस्यहरु, हेल्पलाइन टीम, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, सल्लाहकारहरु साथै, नेप्लिज नर्सिङ एशोसिएसन यूके, नेप्लिज डक्टर्स एशोसिएसन यूकेसहित सबै संस्था, सहयोगदाता तथा समुदायप्रति आभार प्रकट गरिएको छ।

प्रेष बिज्ञप्ती अनुसार उपस्थिती रहेको र निर्णय अनुसारको कार्यान्वयन गर्ने निर्णय गर्दै पुर्ण बैठक सम्पन्न भयको छ।




मतहरू

hjmcwrifx

?????? ?????? ??????? ???? ????????? ??????? ????? ????? ????? [url=http://www.g3j6gw66ys1v50vug42a091hw6f2nk03s.org/]uhjmcwrifx[/url] ahjmcwrifx hjmcwrifx http://www.g3j6gw66ys1v50vug42a091hw6f2nk03s.org/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?