Sunday July 05, 2020

कोरोना भाइरसबाट बङ्गलादेशका रक्षा सचिवको मृत्यु

१६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1057


कोरोना भाइरसबाट बङ्गलादेशका रक्षा सचिवको मृत्यु

शीतलपाटीन्युज डटकम।
ढाका। बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।

उहाँको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उहाँको उपचारकै क्रममा निधन भएको जानकारी दिएका छन ।

उहाँलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। यही जुन ६ मा उहाँलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो। उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि उहाँलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताउनुभयो ।

बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भै सकेको छ ।
(वीनेपालीबाट)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?