Friday August 07, 2020

अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता सम्वन्धमा छनविन शुरू

१७ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1175


अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता सम्वन्धमा छनविन शुरू

शीतलपाटीन्युज डटकम।
पोखरा। अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता सम्वन्धमा छनविन गर्न एन्फा केन्द्रले गठन गरेको समितीले आजबाट छानविन अघि बढाएको छ।

छानविनका लागि एन्फा केन्द्रको बैठकले मनोनयन गरेका एन्फाका केन्द्रिय उपाध्यक्ष समेत रहेका संयोजक वीर बहादुर खडका सहितकोटोलीले आजबाट छानविन प्रक्रिया शुरु गरेको हो। संयोजक खडका सहितको छानविन टोली कास्की एन्फा कार्यसमितीसंग केही क्षणमा बैठक बस्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

मंगलवार पोखरा आएका खडकासंग कास्की एन्फाका केहीले भेट्न खोजे पनि खड्काले समय नदिएको जनाइएको छ। छानविनसमितीमा अग्रज फुटबलकर्मी आनन्द रञ्जित र नारायण अधिकारी रहेका छन। पोखराका फुटबल प्रेमीहरुले यसको छानविन उचितढङ्गबाट हुनुपर्ने बताएका छन। उनीहरुले भनेका छन–“यो छानविन दुधको दुध र पानीको पानी होस।” “फुटबलको उर्वराभुमी पोखरामायस्ता गतिविधीहरु तुरुन्तै साम्य हुनुपर्छ”, उनीहरुले भने।

कास्की जिल्ला प्रशासन कार्यालयले गत फागुनमा एन्फा कास्कीमा भएको अनियमितता बारे १७ वुँदे प्रश्न सहित स्पष्टिकरण सोधेपछिएन्फा केन्द्रले छानविन समिती बनाएको थियो। कोभिड १९ का कारण भएको लकडाउनले छानविन अघि बढ्न सकेको थिएन।

(पोखरास्पोर्ट्स न्युज)

यो पनि पढनुस:

एन्फा छानविन समितीले भन्यो–’बोलाएको बेला उपस्थित हुनुहोला’
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?