Friday August 07, 2020

छोटो मिठो मेरो विचार : नेताजी

१८ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1195


छोटो मिठो मेरो विचार : नेताजी

उमेश रेग्मी।

यसपाली चाही एउटा छोटो मिठो नेताजीसंगको वार्तालाप प्रस्तुत गर्न मन लाग्यो। केहि दिन अगाडी मात्र भेट भएको थियो नेताजी संग। सारै प्रशन्न मुद्रामा देखिन्थे हाम्रा नेताजी। विरलै भेटिने नेताजीलाइ आफ्नै घर नजिक देख्दा मलाई ताज्जुब लाग्यो, पत्याउनै गारो। यति व्यस्त हाम्रा नेताजीलाई के भएछ, आज हाम्रो घर अगाडी हिड्दैछन्। मनको कौतुहलता मेट्न म पनि नेताजी भएतिर लम्के। सधै सेना मेनासंग हिड्ने नेताजी एक्लै हुनुहुँदो रहेछ। अलि अचम्भित अवस्था थियो मेरो। नेताजी संग बोल्ने हिम्मत जुटाउन कोशिस गरिरहेको थिए। त्यहीबेला पछाडीबाट श्रीमतीको आवाज सुने "नेताजीलाई सोध्नु है बजार भाउ कहिले सस्तो हुन्छ भनेर"। कसलाई के को धन्दा, घर ज्वाईलाई खान कै धन्दा भने झै मेरी श्रीमतीलाई चाहिँ बजार भाउको नै छ चिन्ता। देशमा कत्राकत्रा घटना घटीरहेछन, विकाशका कुरा देखि छिमेकी राष्ट्रहरुको गतिबिधिले आक्रान्त भएको हाम्रो देशमा सोध्नु पर्ने कुराहरु बग्रेल्ती छन् कहाँ तरकारीको भाउ सोधेर बस्नु नेताजी संग।

साहस बटुल्दै नेताजीलाई प्रश्न तेर्स्याए। "नेताजी नमस्कार ! हजुर आज यतातिर आएको देखेर खुशी लाग्यो। के कति कामले पाल्नु भएको हो?" नेताजीको सामू प्रश्न हराए झैँ सामान्य शिस्टाचारमा सिमित भए म। हैन इनिहरुको व्यक्तित्व हो या ममा भएको नेताहरु प्रतिको डर जसले गर्दा प्रश्नहरुको ओहिरो लागिरहेको मस्तिस्कबाट मुखसम्म एउटा प्रश्न पनि आइ रहेको थिएन किन? ताज्जुब लागिरहेको थियो मलाई। केहि समय पश्चात सायद सुरुका भलाकुसारीले होला अलि हिम्मत जुटेको महसुश भयो र प्याच्च सोधी पनि हालें "नेताजी हामीले हाम्रो घरको धारामा पानी आएको कहिले हेर्ने ? हाम्रो सहर सिंगापुर जस्तो हुन्छ भन्थे कहिले हुन्छ? हाम्रो देशमा भै रहने काण्डहरुको अन्त्य कहिले हुन्छ? छिमेकी देशले नाकाबन्दी गर्ना साथ हामीलाई बाच्न धौधौ हुन्छ। यसको अन्त्य कहिले हुन्छ? केहि समय पहिले सम्म नेताजीको खुट्टामा चप्पल देखिन्थ्यो आज हजुर संग के छैन र, सुनिन्छ बिदेशी बैंकमा पनि निकै संचित भै सक्यो रे। कणकणमा अनि पलपलमा भ्रष्टाचार भेटिन्छ नेताजी। यसको अन्त्य कहिले हुन्छ?"

मेरो प्रश्नको सिलसिला नमिलेको अनि कतिपय बचपना भएको भन्दै नेताजीले मलाई चुप लाग भन्नु भयो I

तर मेरो बढी सकेको साहसलाई नेताजीको "चुप लाग" ले केहि गर्न सकेन। फेरी सोधे मैले "एउटा नेपाल र एउटै नेपाली हुनुपर्ने हैन र तर किन दल, जात अनि विभिन्न भागमा देशलाई विभाजित गर्नु भयो? कमिसनको खेलमा बिकाशका योजनाहरु तुहिएर गए। दुइ दिन अगाडी कालो पत्रे गरेको सडक आज धान रोप्ने खेत भएको छ। यहाँ पनि कति घिच्नु भो नेताजी?" मेरा प्रश्नहरु एकपछि अर्को गर्दै ओहिरिहि रहे। "हाम्रो देशमा पानी जहाज चल्छ रे ! उदेक लाग्ने कुरो - कहाँ चल्छ, कसले चलाउछ अनि यहाँ पनि जनताको आखामा छारो हालेर कति घिचिञ्छ? जनतालाई कहिले सम्म ठग्ने नेताजी?"

मेरो निरन्तर प्रश्नको ओहिरोले नेताजीको धैर्यताको बाँध भत्की सकेको थियो। उनले ठुलै स्वरमा कराए, "चुपलाग"। म झस्के। आफुलाई सम्हाल्दै उत्सुकताका साथ नेताजीको उत्तरको अपेक्षामा नतमस्तक भएर उभिरहे I 

उनले केहि बेरको मौनतालाई भंग गर्दै मिस्रित भाषामा भने "हेर्नुस यो सबैको समाधान हुन्छ। धैर्य गर्नुपर्छ।  हम पहिले मन्त्रि हुँदा गरिन र काम ?" उनले मलाई नै प्रश्न तेर्स्याए। पुनः भने "हामीलाई फेरी मन्त्रि हुन दिनुस उसके बाद हेर्नुस म देशलाई कहाबाट कहाँ पुर्याई हाल्छु। अहिलेका ति कुर्शीमा टाशीएकाहरु काम न काजका छन्। खुद केहि गर्दैनन् ना हमको कर्नेदेते हे।"

तिमीहरु कुर्शीमा हुँदा पनि के नै लछारेउ र। मनमनै सोचे। नेताजी को उत्तर जारिनै थियो। उनको बोलीमा "नुनको सोझो" प्रस्ट झल्कन्थ्यो। 

"सबै चिज गर्ने सहि समय हुन्छ। देश बनाउने कुरा पैसा बेगर कसरि मुम्किन हुन्छ। यी कुर्शी भोकाहरुले देशको भण्डार सुकाई सके, भोलि हामीले कसरि बनाउने देश? सत्ताको खेल तपाई जस्तोले बुझ्दैन, त्यसको लागि हामी जस्तो नेता चाहिन्छ। बुझ्नु भो।"

नेताजीका कुराहरु सधै झैँ सुनिरहने कुनै मिठो तर अपत्यारिलो भाषणबाहेक अरु केहि थिएन। हामी र हाम्रो बिडम्बना यस्ता हरिलंठक नेताहरुको माझ बस्नु परेको छ। हे पशुपति नाथ अब तिम्रै छ भर - एउटा कुशल देशलाई माया गर्ने नेता जन्माउ जसले आम नेपालीको भावना बुझेर काम गर्न सकोस्। देशको बिकाश गर्न सकोस।

अस्तु।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?