Friday August 07, 2020

भिसी कुलवीर थापाको युकेमा बन्ने शालिकको लागी आर्थीक संकलन पुरा

१९ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1084


भिसी कुलवीर थापाको युकेमा बन्ने शालिकको लागी आर्थीक संकलन पुरा

शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतको अल्डरसटमा बनाउन लागिएको प्रथम भिक्टोरिया क्रस सम्मानित  गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायबाट उत्साहजनक आर्थीक सहयोग जुटेको छ ।

ग्रेटर रसमोर नेपाली कम्युनिटी, रसमोर काउन्सिल र गोरखा वेलफेयर ट्रष्ट लगायतको संयुक्त प्रयासमा स्थानीय प्रिन्सेस गार्डेनको पार्कमा बनाउन लागिएको भिसी थापामगरको पूर्ण कदको सो शालिक निर्माणका लागि सहयोगको प्रतिवद्धता जुलाई १ मा पूरा भएको कुरा परियोजनाका प्रवक्ता तथा ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापाले जानकारी दिनु भयको छ।

"शालिक निर्माणका लागि लाग्ने अनुमान  गरिएको १ लाख २५ हजार पाउण्ड उठाउने हाम्रो लक्ष्य अनुसार १ जुलाइमा १ लाख ४० हजार ९६० पाउण्डको प्रतिवद्धता प्राप्त भएको छ’ उहाले भन्नु भयो"।

शालिकसँगै रहने शिलालेखमा १ हजार पाउण्डभन्दा माथि सहयोग गर्ने १२५ जना दाताहरुको नाम लेख्ने परियोजनाको योजना छ। सो योजना पनि जुलाई १ मा पूरा भइसकेको उहाले बताउठनु भयो। योजना अनुसार शिलालेखमा १२५ जना सहयोगदाताहरुको नाम मात्र लेख्न सकिने ठाउँ छ र त्यो पनि हिजो पूरा भइसकेको छ।

थापाका अनुसार १२५ वटा स्थान बुकिङ भइसकेपछि पनि १ हजार पाउण्ड माथिको करिब १० वटा सहयोग आइसकेको तर अहिले स्थानाभावका कारण ती सहयोगदाताहरुलाई मुल्तवीमा राखिएको छ ।

”शिलालेखमा दाताहरुको नामावली १२५ वटाभन्दा बढी राख्न मिल्छ कि मिल्दैन भनेर आर्ट काउन्सिलसित सल्लाह गरेर मात्र थप सहयोग स्वीकार गर्न सकिने अवस्था छ” उहाले बताउनु भयको छ। उहाका अनुसार यस बारेमा छलफल गर्न परियोजनाको बैठक यही शनिबार बस्ने भएको छ।

प्रवक्ता थापाले शिलालेखमा नाम नराखी सहयोग गर्न चाहनेहरुका लागि भने ढोका खुला रहेको बताउठनु भयको छ। यो स्मारकको स्थापनाले बेलायतमा नेपालीको नाम अझ उच्च रहने भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?