Friday August 07, 2020

सरकारले ईन्सपेक्टर देखी सबै पदमा एक नम्बर एआइजीपी छेत्रीलाइ आइजीपीमा बढुवा गर्ने

२० असार, २०७७ शीतलपाटीन्युज डटकम। 1540


सरकारले ईन्सपेक्टर देखी सबै पदमा एक नम्बर एआइजीपी छेत्रीलाइ आइजीपीमा बढुवा गर्ने

शीतलपाटीन्युज डटकम।

काठमाडौं। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन्। प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो। आगामी साता वस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी सरकारको छ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन्। उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताएको समाचार छ।

यसअघिका तत्कालिन सरकारले प्रहरीमा वरियता मिचेर तीन नम्वरमा रहेका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए। त्यो बेला एक नम्बरमा डिआईजी रहेका नवराज सिलवाल माथी सरकारले अन्याय गरेको उनको भनाई थियो। सिलवालको पक्षमा ओलीले संसदमा समेत आवाज उठाएका थिए र पछि प्रतिनिधीसभाको उम्मेदवार समेत बनाएका थिए। हाल उनि प्रतिनिधीसभाको सदस्य छन् ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन्। उनिहरुले सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेको निकटस्थहरुको दावी छ। २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश ९८औ ब्याचका छेत्री प्रहरी निरीक्षक एक नम्बर भै हरेक बढुवामा एक नम्बर नै भएर बढुवा भएका सफल प्रहरी र व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन्।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन्। क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?