Thursday July 29, 2021

नेपाली सेफहरुले सदस्य दर्ता गर्दा शुल्क तिर्नु नपर्ने

२४ असार, २०७७ शीतलपाटीन्युज डटकम। 3323


नेपाली सेफहरुले सदस्य दर्ता गर्दा शुल्क तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेले नि:शुल्क सदस्यता वितरण गर्ने भएको छ। गत सोमबार बेलायतमा बसेको भर्चुअल ‘जुम’ बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि नि:शुल्क सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष दधि आचार्यले जानकारी दिए।

उनका अनुसार विगतमा सदस्यता शुल्क बापत न्यूनतम ५ पाउण्ड लिइरहेको एसोसिएसन यूकेले अबदेखि सदस्यता शुल्क नलिने निर्णय गरेको छ। सेफ एसोसिएसन यूकेले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यताको फारम भर्ने व्यवस्था समेत गरेको छ। आचार्यको अध्यक्षतामा बसेको  बैठकले अनलाईनमार्फत सदस्यताका लागि निवेदन दिन पनि नेपाली सेफहरुलाई आव्हान गरेको छ ।

“अब सेफ साथीहरुले संस्थाको वेभसाइट मार्फत नयाँ सदस्यका लागि फारम भर्न सक्नुहुनेछ,” अध्यक्ष आचार्यले भने। कोभिड -१९ का कारण बेलायत सरकारले जमघट र भेटघाटलाई निरुत्साहित गरेपछि अनलाईन माध्यमबाट धेरै कुराहरु भैरहेको सन्दर्भमा संस्थाको वेभसाइट संचालन ल्याइएको बताइन्छ।

“कोभिड -१९ बाट आफू बच्नुहोस्, अरुलाई बाँच्न सहयोग गर्नुहोस् भन्ने मूल मन्त्र लिएर सेफ एसोसिएसन अघि बढी रहेकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन बैठकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ” उनले भने। बैठकले कोभिड- १९ का कारण स्थगित गरिएको नेपाली पहिचानका खानासहितको फुड फेस्टिवललाई वर्तमान स्थितिमा सुधार आउने बित्तिकै गर्ने योजना बनाएको छ।

http://यो लिंकमा गएर सदस्यता फारम भर्न सकिन्छ ।
 




मतहरू

Face Toner

Face Toner

Cheap Laser Cutting Metal

Cheap Laser Cutting Metal

1*16 Plc Fiber Optic Splitter High Quality Supplier

1*16 Plc Fiber Optic Splitter High Quality Supplier

Corrugated Hoses

Corrugated Hoses

Key Lockout Kit

Key Lockout Kit

Guy Wire Grip

Guy Wire Grip

20 inch drum lamp shade

20 inch drum lamp shade

7018 Ac

7018 Ac

Long Down Vest

Long Down Vest

Regular O-neck T-shirt

Regular O-neck T-shirt

Lg Mr20 Remote

Lg Mr20 Remote

Factory manufacturing laser TPU fabric

Factory manufacturing laser TPU fabric

Agricultural Water Soluble Amino Acid

Agricultural Water Soluble Amino Acid

Ergonomic Office Chair Low Back Supplier

Ergonomic Office Chair Low Back Supplier


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?