Friday August 14, 2020

शिव कल्चरल एण्ड कम्यूनिटी सेंन्टर भब्य बन्दै, निर्माणमा भक्तजनसंग सहयोगको अपिल

२६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1542


शिव कल्चरल एण्ड कम्यूनिटी सेंन्टर भब्य बन्दै, निर्माणमा भक्तजनसंग सहयोगको अपिल

 शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। तपाई हाम्रो सपना अनुसारको स्थानिय क्षेत्रमा आँफ्नै मन्दिर र कम्युनिटी सेन्टर परियोजना तयार हुदै रहेको समाचार प्राप्त भयको छ।

 

गत बर्ष खरिद गरिएको शिव मन्दिर एवम कम्युनिटी सेन्टरको निर्माण कार्य निरन्तर जारी रहेको‌ कुरा शिव कल्चरलका अध्यक्ष भिम बानियाँले बताउनु भयको छ। "हामीलाई आशा छ अबको डेढ़ महिनामा हामीले हाम्रै पुर्ण मन्दिरको दर्शन गर्न पाउने छौं", अध्यक्ष बानियाँले प्रसन्न हुदै बताउनु भयको छ। यो सामाजिक सेन्टर समाजका दानविरहरुको सहयोगमा खरिद गरिएको र अब हुदै गरेको पुन निर्माणमा पनि सहयोगी मनहरुबाट सहयोग प्राप्त हुने आसा राखेको बताउनु भयको छ।

 

अध्यक्ष बानिया र महासचिव बिक्रम भट्टराइले फेसबुक, वाट्सएप, भाइवरमा सहयोगी दानविरहरुसंग सहयोगका लागी आब्हान गर्दै मन्दिरहल भित्र हाम्रा सम्पुर्ण दानवीर भक्तहरुले गर्नु भएको दानलाई  लिपिबद्ध गरी राख्ने र सम्मान गरिने तयारी गरेका छौ भन्नु भएको छ। दानविरहरुलाई निम्न अनुसार बर्गिकरण गरिने छ।

बर्गिकरण:
१, £१० हज़ार भन्दा धेरै सहयोग गर्ने दानवीरहरुलाई विशेष सम्मान सहित प्रमाण पत्र, मन्दिरमा सबै आगन्तुकहरुले देखिने स्थानमा ताम्रबोर्डमा नाम तथा दम्पतीको तस्वीर तथा आजीवन आन्तरिक ट्रस्टी।

२, £३ हज़ार पौण्ड भन्दा धेरै दान दिनुहुने दानवीरहरुलाई आजीवन आन्तरिक ट्रस्टी, मन्दिरमा ताम्रबोर्डमा नाम ।

३, £१ हज़ार पौण्ड भन्दा माथीको सहयोग गर्ने दानवीरहरुलाई आजीवन आन्तरिक ट्रस्टी तथा मन्दिरमा नाम।

४, £ ५०० ( पाँच सय  पौण्ड) भन्दा माथी दान दिनुहुने दानवीरहरुको नाम बोर्डमा लेखिने छ।

५, £५०० (पाँच सय पौण्ड) भन्दा तलका दानहरुलाई  हाम्रो मन्दिरको रेकर्डमा पारदर्शी तरिकाले राखिने छ।

यदी तपाईहरुले अहिले सम्म दान गर्नु भएको दान रकममा थपेर माथीका तपाईले चिताउनु भएको स्थानमा आँफ्नो नाम वा सपत्नी फ़ोटो राख्ने चहाना छ भने कृपया आजै शिव कल्चरलाई सम्पर्क गर्न सक्नुहुनेछ अथवा :

बैंक खाता-
HSBC Bank:
Shiva Culture & Community Centre
AC: 41566075
SC:40-08-13
मा जम्मा गरिदिनु भई शिव कल्चरललाई जानकारी गराउन पनि सक्नु हुनेछ। तपाईहरुबाट भुक्तान भएको रक़म मात्रै उल्लेख गरिने हुनाले जो जसले प्रतिबद्धता जनाउनु भएको र पुरै रक़म भुक्तान  गर्नु भएको छैन भने अथवा थप गर्न चाहानु हुन्छ भने कृपया यथासक्दो छिटो बैंकमा जम्मा गरिदिनु हुन शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरद्वारा सादर अनुरोध गरिएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?