Wednesday October 28, 2020

डायल १११३ प्रहरीको बिरूध्द उजुरी भय , परे ७ सय १९ उजुरी, दुई इन्स्पेक्टरसहित २८ प्रहरी कारबाहीमा

१ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 1367



नक्साल, काठमाण्डौ। प्रहरीले पैसा माग्यो, अनावश्यक दु:ख दियो वा गैरकानुनी काम गरेको देख्नुभयो। डायल १११३ मा खबर फोन गरेर भन्नुस्।

तपाईं  कुनै प्रहरी कार्यालय काममा जाँदा प्रहरीले दु:ख दियो,ऊद्ध भनेको बेला काम भएन? बिनाकारण प्रहरीले झुलायो अथवा पैसा माग्न खोज्यो भने पनि १११३ मा उजुरी गर्नुस्। यसरी उजुरी गर्दा तपाईंको काम त बन्नेछ सँगै त्यस्ता दु:ख दिने प्रहरी पनि कारबाहीमा पर्नेछन्।

प्रहरी प्रधान कार्यालयले प्रहरी सेवालाई चुस्तदुरुस्त पार्न २०७४ वैशाख १ गतेदेखि हटलाइन सेवा सञ्चालन गरेको छ।

नागरिकले पाउनु पर्ने प्रहरी सेवा प्राप्‍त नभए, प्रहरीले काम कर्तव्यप्रति उदासिन भएर सेवा प्रवाह नगरे, जाहेरी दरखास्त लिन नमाने, दर्ता नगरेमा वा झुट्टा उजुरी जाहेरी दरखास्त दर्ता गरे, व्यावसायिक तवरले अनुसन्धान नगरे, गैरकानूनी ढगंले थुनामा राखे, निर्दोष व्यक्ति पक्रिए, आर्थिक लाभ लिन खोजे वा घुस मागे,पदीय दुरूपयोग गरी अनावश्यक दबाब दिए नागरिकले उजुरी गर्न सक्छन्।  १११३ नम्बरमा फोन गर्दा पैसा लाग्दैन।

१६ महिनामा हटलाइनमार्फत् आएका ७ सय १९ उजुरीमाथि छानबिन गर्दै प्रहरी मुख्यालयले २८ प्रहरीलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा निरीक्षकदेखि जवानसम्म छन्।

उनीहरूलाई  गल्तीअनुसार बढुवादेखि ग्रेड रोक्कासम्मको कारबाही गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिनु भयको छ।

उपत्यकासहित देशका विभिन्न स्थानबाट आएका उजुरीलाई छानबिन गर्दा प्रहरी निरीक्षक २, प्रहरी नायब निरीक्षक(सई) ३ जना, प्रहरी सहायक निरीक्षक (असई) ५, प्रहरी हवल्दार ८ र प्रहरी जवान १० गरी २८ जना प्रहरी कारबाहीमा परेका हुन्।

यस्तो हुन्छ कारबाही प्रक्रिया

१११३ बाट गरेको उजुरी सिधै प्रहरी प्रधान कार्यालयमा आउँछ।

उजुरी आउनासाथ मुख्यालयले अनुसन्धान गर्छ। जायज भएका र कारबाही गर्नु परे उजुरी छानबिन शाखामार्फत् कारबाही प्रक्रिया अघि बढ्छ। कारबाहीपछि  उजुरी गर्नेलाई कारबाहीबारे जानकारी गराइन्छ।

१११३ मा आएका सबै उजुरी कारबाही हुने खालका हुँदैनन्। कुनैकुनै प्रहरीलाई सुझावदेखि केही सोधपुछसमेत गर्ने गर्छन्।

१११३ आएको उजुरीलाई गम्भीरताका साथ हेरिने प्रहरी प्रवक्ता थापा क्षेत्रीले बताउनु भएको हो।

‘१११३ मा आएको उजुरीलाई हामीले तत्काल अनुसन्धान गर्छौं र उजुरी गर्नेलाई पनि त्यसको प्रगति विवरण दिन्छौं,’ प्रवक्ता थापा क्षेत्रीले पत्रकार माझ   भन्नु भयकोछ। 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?