Friday August 07, 2020

कोरोना महामारीमा सहयोग गर्ने संघसंस्थालाई सरकारले सम्मान गर्ने : मन्त्री पार्वत गुरुङ

२८ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1772


कोरोना महामारीमा सहयोग गर्ने संघसंस्थालाई सरकारले सम्मान गर्ने : मन्त्री पार्वत गुरुङ

शीतलपाटीन्युज डटकम।

लन्डन। गैरआवासीय नेपाली संघ, युकेद्वारा आयोजना गरेको "कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’" विषयक भर्चुअल बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक  मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थालाई सरकारले पुरस्कार सहित सम्मान गर्ने घोषणा गरे।

 


मन्त्री गुरुङले कोरोना भाइरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ,संस्थाहरुलाई सरकारले पुरस्कार सहितको सम्मान गर्ने बताएका हुन्। भर्चुअल बैठकमा मन्त्री गुरुङले कोरोना भाइरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी पनि भइरहेको बताए ।


मन्त्री गुरुङले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई उद्यमशीलता र उत्पादनमा जोड्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराउदै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न प्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह पनि गरेका थिए।

 


वरिष्ठ पत्रकार तथा कान्तिपुर टेलिभिजनबाट प्रसारित महिलावादी कार्यक्रम समकोणकी सञ्चालिका निर्मला शर्माले संचालन गरेको सो कार्यक्रममा नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला, महिला अधिकारकर्मी डा रेणु अधिकारी, एनआरएनए केन्द्रीय महिला संयोजक भोमा लिम्बु, एनआरएनए मध्यपूर्व महिला प्रतिनिधि यस्मीन वेगम लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए।



बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आय आर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरिन्। त्यसैगरी गैरआवासीय नेपाली संघ, युकेकी अध्यक्ष पुनम गुरुङसहित गैरआवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी थिइन।

एनआरएन यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई संयोजक रहेको सो कार्यक्रममा महासचिव फठिन्द्र भट्टराइ, सचिवहरु जित रानाभाट, कोलेश्वर ढकाल, एनआरएनआइसिसि  सदस्यहरु रामशरण सिंखडा, दयानिधी सापकोटा, शुसीला राई, सदस्य ह्यारी गुरुड्ग, फोनिज नेपालका अध्यक्ष  डन्ड गुरुङ, राज्य समन्वय परिषद इड्गलैडका सचीव गोविन्द खरेल, पत्रकारहरु भगीरथ योगी, चिरन शर्मा, ध्रुवराज अर्याल, राजकुमार थापा, बाचस्पति रेग्मी, पुर्ण गुरूङ समेत उपस्थिति रहेको कार्यक्रम भब्य भयको थियो।

NRNAUK:


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?