Friday August 07, 2020

नेपाली साहित्य विकास परिषद यूकेले मनायो २५सौ रजत वार्षिकोत्सव

२९ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1130


नेपाली साहित्य विकास परिषद यूकेले मनायो २५सौ रजत वार्षिकोत्सव

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाली साहित्य विकास परिषद युकेले  आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा आज एकसमारोह बिच भरचुअल मध्यमबाट रजत वार्षिकोत्सव भव्यरुपमा मनाएको समाचार छ।


नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष कोमल मल्ल श्रेष्ठको अध्यक्षतामा भएको दुइ दिने कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदी दुबसु क्षेत्रीले गर्नु भयो थियो।


नेपाल विश्व सभ्यताको केन्द्र र विभिन्न जात,जाति, भाषाभाषीको साझा फूलबारीको रुपमा रहेको बताउदै "जीवन्त जातिले देश ज्यूँदो राख्छ,जीवन्त देश विश्व सामु सगर्व उभिन्छ, भन्नु भयको थियो।
आज हामी नेपालीहरु नेपाली भूगोलको १००अौ गुना  बढी मुलुकहरुमा छरिएर बसे पनि नेपाल मन र नेपालीपन जगाएर र जोगाएर बसेका छौं", राजदूत डा. सुवेदीले भन्नु भयको थियो।

सो अवसरमा राजदूत डा सुवेदीले बेलायतवासी नेपालीहरुलाई नेपालीत्व र नेपालीको अस्तित्व जोगाउन  एकजुट हुन आह्वहान गर्दै नेपाली साहित्य विकास परिषद् यूकेले प्रदान गरेको "नेपाली साहित्य विकास परिषद् यूकेको रजत पदक तथा अभिनन्दन पत्र" पाउने व्यक्ति तथा संस्थाहरुको नाम पढेर सुनाउनु भयको थियो।

प्रमुख अतिथि राजदूत डा सुवेदीले  परिषदको साहित्यिक प्रकाशन लालीगुराँसको विशेष रजत स्मारिका, परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको "फूलको मुस्कान" गीत संग्रह, कवि गोपाल पराजुलीको कृति "अ सोल्जर इन सर्च अफ पिस" तथा बेलायतलाई कर्मथलो बनाएका सामाजिक व्यक्तित्व सुरेन्द्र नेपाल श्रेष्ठको "मेरो आधा शताब्दी" पुस्तकहरुको विमोचन पनि गर्नु भयको थियो।

कार्यपत्र प्रस्तुती:
कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष सुरेशजंग शाहले बेलायतमा "नेपाली साहित्य र नेपाली साहित्य विकास परिषद् यूके" विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। परिषद्का सल्लाहकार तथा वरिस्ठ साहित्यकार गोपाल पराजुली,डा.राघव प्रसाद धिताल,खगेन्द्र नेपाली,प्रा.डा गोविन्द राज भट्टराई, प्रा.डा खगेन्द्र प्रसाद लुइंटेल,डा माधवी भट्ट लगायतका वक्ताले शुभकामना दिएका थिय।

सन् १९९५ जुलाइ १३ का  दिन लन्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूकेले विसं २०७४ मा नेपालमा पनि शाखा खोलेर साहित्यिक कार्यक्रम गर्दै आएको छ। नेपाली साहित्यको संरक्षण गर्ने उद्देश्यले परिषदले विविध कार्यक्रम गर्दै आएको परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले बताए । उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए।आदिकवि भानु जयन्तिको अवसर परेकोले सो कार्यक्रम पनि समेटिने जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?