Friday August 07, 2020

स्याङ्जा समाज युकेद्वारा स्वास्थ्य सामग्री सहयोग

२९ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1060


स्याङ्जा समाज युकेद्वारा स्वास्थ्य सामग्री सहयोग

शीतलपाटीन्युज डटकम।

स्याङ्जा। लण्डनको अल्डरसर्टमा बस्दै आएका पुर्व गोरखा समुदायका परिवारलाई स्याङ्जा समाज युकेले मास्क र स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना भाइरस विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा त्यसबाट सुरक्षित रहन क्यान इन्टरनेशनलको सहयोगमा स्याङ्जा समाज युकेले माक्स तथा स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको समाजका अध्यक्ष सारदा गुरुङले जानकारी दिनु भएको हो।

विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिरहेका बेला अल्डरसर्टमा बस्दै आएका वृृद्धवृृद्धालाई स्वास्थ्यका‌ लागि सचेत राख्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको कुरा अध्यक्ष गुरुङको भनाइ छ। लण्डनको अल्डरसर्टमा आयोजित स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा भुतपुर्व गोरखा परिवारका सदस्यको धेरै उपस्थिती थियो। बितरण कार्यक्रममा संस्थाका पदाधिकारीको  सहभागिता रहेको थियो। स्याङ्जा समाज युकेले लण्डनमा बस्दै आएका वृृद्धवृृद्धालाई करिब एक सय जनालाई स्वास्थ्य सामाग्री वितरण गरेको समाज समाजका कोषाध्यक्ष विष्णु थापाले बताउनु भयो।

समाजले यस अघि पनि कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत जिल्लाका विभिन्न स्थानीय तहको लागि पीपीइ सहयोग गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?