Friday August 07, 2020

नेपाली साहित्य विकास परिषद्को रजत उत्सव समापन समारोहमा भानुको सम्झना

३० असार, २०७७ शीतलपाटीन्युज डटकम। 1107


नेपाली साहित्य विकास परिषद्को रजत उत्सव समापन समारोहमा भानुको सम्झना

कोमल मल्ल।

१३ जुलाई २०२०,लन्डन। बेलायतमा रहेका  नेपालीहरूको पहिलो  साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा  आयोजित रजत वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन आदिकवि भानुभक्तको सम्मान र  सम्झनामा समर्पण गर्दै कविगोष्ठीको रुपमा भरचुअल मध्यमबाट भव्यरुपमा सुसम्पन्न गरेको  छ।


बेलायतको लन्डनबाट परिषद्का सल्लाहकार कृष्ण भट्ट, महासचिव वीरेन्द्र कुँवर तथा यती संस्थाका सचिव जीत रानाभाट र नेपालको काठमाडौबाट नेपाल च्याप्टरका महासचिव हरिशरण लामिछानेबाट संचालन गरिएको दुई दिने कार्यक्रमको दोस्रो दिन  सोमबार को कविगोष्ठी समारोहलाई परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीले सम्वोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको आजको दिन असार २९ गते भानु जयन्ती परेकोले  यस रजतमहोत्सवको महत्व र आदिकवि भानुको सम्मान र सम्झना अँझ शिखरमा पु-याएको छ भन्नुहुँदै नेपाली भाषा साहित्यको संरक्षणमा परिषद्ले पु-याएको योगदान वारे चर्चा गर्नु भयो।  समारोहमा परिषदका वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा.राघवप्रसाद धिताल ओबिईले कविहरू समाजका चिनारी हुन् जस्ले सिङ्गो देश आफूसँगै बोकेका हुन्छन् भन्नु हुँदै नेपाली साहित्य विकास परिषद्को  विगत २५ वर्ष देखी देश बोक्ने काम गरिरहेको छ भन्नु भयो।

 


यसैगरी विशिष्ट अतिथि प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल बिदेशमा बसेर देशको मायालाई सिर्जनामा उतार्ने कार्यमा नेपाली  साहित्य विकास परिषद्ले गरेको छ यसका लागि परिषद्का  संस्थापक लगायतका पदाधिकारीहरू  प्रशंसनीय छन् भन्नु भयो। परिषद्की नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार ईल्या भट्टराईले परिषद्को रजतवार्षिकोत्सव मनाउन पाउँदा गौरवान्वित भएको चर्चा गर्नुहुँदै  नेपाल च्याप्टरबाट भएका विशिष्ट कार्यहरूको बारे प्रकास पार्नु भयो। समारोहमा यती संस्थाका अध्यक्ष तथा परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले नेपाली भाषा साहित्यको संरक्षण र विकासमा अग्रपङ्क्तिमा रहेको बेलायतका नेपालीको जेठो साहित्य संस्थाको रजतवार्षिकोत्सवमा सबै भन्दा जेठो संस्था यती नेपाली एसासिएसन यूकेको शुभकामना दिन पाउँदा खुसी लागेको कुरा बताउँनुहुँदै  विगत २५ वर्षमा परिषद्ले धेरै सर्जकहरू जन्माएको छ भन्नु भयो। परिषद्का संस्थापक ताथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार  सुरेशजंग शाह , सभापतिको आसनबाट अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र स्वागत मन्तव्य दिनु हुँदै उपाध्यक्ष डा.सुधा श्रेष्ठले आज भन्दा ठीक पच्चीस वर्ष पहिले आजैका दिन बेलायती माटोमा रोपिएको नेपाली भाषा साहित्यको बिरूवा हुर्कदै आजको जवान अवस्थामा आइपुग्नुको श्रेय परिषदका संरक्षक महामहिम राजदूतज्यूहरू, बेलायत र नेपाल च्याप्टरका पदाधिकारी ,सल्लाहकार तथा साधारण सदस्य, विश्लेसक समालोचक, पत्रकार, कलाकारर सहयोगी व्यवसायी वर्ग र सर्जकहरूलाई नै समर्पित रहेको छ भन्नु हँदै सहभागिताका लागि सबैमा आभार व्यक्त गर्नु भयो। 

 



मन्तव्य र कवितावाचनको बीचबीचमा सारङ्गीबाट धुन  गीत प्रस्तुत गरेर कार्यक्रममा उर्जा थप्नुहुने  कलाकारहरूमा वरिष्ठ गायीका सीतु खरेल, परिषद्का कोषाध्यक्ष मनोज अन्जान र कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक परिवारका अध्यक्ष डम्बरसिँह 'प्रयास'  हनुहुन्थ्यो।

परिषद्का सल्लाहकार कृष्ण भट्टले  भानुभक्तको रामायण श्लोकहरू वाचन गरेर आरम्भ भएको  कविगोष्ठीमा बेलायत, नेपाल, अमेरिका, बेल्जीयम, रुस, अफगानिस्थान आदि देशहरूबाट भागलिएर आफ्ना रचना वाचन गर्ने  कवि कवयित्रीहरूमा  वसन्त रायक्षेत्री,हरिसिँह थापा,जीत राना भाट,हरि शरण लामिछाने, दूत पुन, केदार सांकेत (अफगानिस्थान), विजय हितान, हिन्दमैञा वैद्य, कृष्ण भट्ट, डम्बरसिँह 'प्रयास' , मनोज अन्जान, वासु शर्मा, गोकुल भण्डारी, घनबहादुर थापा मगर, गोमा राना, रेशमलाल अर्याल, डा.सुधा श्रेष्ठ, कोमल भट्ट (न्यूयोर्क, युएसए), टेकबहादुर थापा,डा.संगिता श्रेष्ठ 'स्वेच्छा', प्रेणा थापा, अजिता सिंखाडा,फणिन्द्र भट्टराई, सुरेस हाच्खछकाली, अहिल्या कुँवर,  खगेन्द्न नेपाली,रेशम अर्याल,गोपि प्रसाई, दुस्यान्त, दीपा लिम्बु राई (बेल्जीयम),सीता भण्डारी कंडेल हुनुहुन्थ्यो।

यसैगरी नेपालबाट कवितामा भाग लिनु हुने  कवि कवयित्रीहरूमा  वरिष्ठ कवि गोपाल पराजुली , ईल्या भट्टराई, क.इन्द्र बहादुर कार्की, सुरेश हाचेकाली, गोपीकृष्ण प्रसाई, हरिशरण लामिछाने,डा.माधवी भट्ट, ललीता दोषी, वियोगी बुढाथोकी,अ.कृष्णप्रसाद अर्याल हुनुहुन्थ्यो। बेलायतमा सन् १९९५ को १३ जुलाईका दिन वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले स्थापना गरेको नेपाली साहित्य विकास परिषद् यूके को २५ वसन्त पार गरेको दुई दिवसीय रजत उत्सव यही १२  जुलाईका दिन प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गा बहादुर सुवेदीको समुद्याटनबाट शुरू भएर  बिचार गोष्ठी,पुस्तक विमोचन, पुरस्कार सुशोभन  घोषणा, विशिष्ट संवोधन, गीत सङ्गीत प्रस्तुत, कविता गोष्ठी र भानु जयन्ती मनाउँदै  १३ जुलाईका दिन समापन गरिएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?