Friday August 07, 2020

‘’ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम मिटिङ्ग सम्पन्न’’

५ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1490


‘’ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम मिटिङ्ग सम्पन्न’’

टौ गुरुङ्ग।

१९ जुलाई २०२०, लण्डन। पछिल्लो समय निकै प्रयोगमा रहेको जुम प्रबिधि मार्फत कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ मातृभुमी भइ विश्वभर छरिएर रहेका गाउँलेहरुको साझा प्लाटफर्म “ताङतिङ ग्लोबल नेटवर्क” ले प्रथम जुम मिटिङ्ग सम्पन्न गरेको छ। ताङतिङ समाज युकेको अध्यक्ष लण्डन बरो अफ बारनेटको उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ्गको प्रमुख पहल र संयोजनमा सम्पन्न उक्त मिटिङ्गमा जन्मभुमिसंग सम्बन्धित विबिध विषयहरुमा छलफल भएको थियो। हालसालै निधन हुनुभएका  भुपु माननीय द्धय ताङतिङ समाज युकेको संरक्षक भुपु माननीय (राष्ट्रिय पंचायत सदस्य) स्वर्गीय नन्दजङ्ग गुरुङ्ग र भुपु माननीय (राष्ट्रिय सभा सदस्य नेपाली कांग्रेस) स्वर्गीय मेजर दीपक बहादुर गुरुङ्ग तथा कोभिडबाट विश्वभर मृत्यु हुनुभएका सम्पुर्ण परिचित अपरिचित मानिसहरुको सम्झनामा दुःख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरी प्रारम्भ भएकोे बैठकमा उपमेयर कान्सिलर लक्ष्य बहादुर गुरुङ्गले सहभागी सम्पुर्ण गाउँलेहरुलाई स्वागत गर्नुहुँदै प्रथम जुम मिटिङको उद्धेश्यबारे प्रकाश पार्नु भएको थियो। बैठकको शुरुवातमा विभिन्न देशहरुमा बसोबास गरिरहनुभएका गाउँलेहरुको हालखबर, कोभिडबाट कसैलाई संक्रमण भए नभएको र कोभिडको असरबारे जानकारी लिएको थियो ।

 


बैठकमा विशेष गरी ताङतिङ दुधपोखरी समाजघर पोखराको पुन निर्माण, ताङतिङ कल्याणकारी कोष, ताङतिङ लगानी कम्पनि, ताङतिङ खेल मैदान र ताङतिङको शिक्षाको बिकास सम्बन्धि बिशेष छलफल भएको थियो। यी विषयहरुमा सम्बन्धित व्यक्तित्वहरुले हालसम्मको प्रगती विबरण र त्यससंग सम्बन्धित अरु कुराहरु सहभागी गाउँलेहरुलाई जानकारी गराउनुभएको थियो। साथै बैठकमा मादी गाउँ पालिका वडा नं १ सिक्लेस र वडा नं २ ताङतिङ विचको सिमाना सम्बन्धमा गहन छलफल भएको थियो। मादी गाउँ पालिकाको अध्यक्ष बेद बहादुर गुरुङ्ग (श्याम) र मादी गाउँ पालिका वडा नं. २ को अध्यक्ष एक्कजङ्ग गुरुङ्गले सहभागी गाउँलेहरुलाइ प्रस्तुत प्रस्तावनाहरुबारे नेपाल सरकार र स्थानीय सरकारको पक्षबाट कानुनी प्राबधान, नीति नियम आदिबारे उल्लेख तथा प्रष्ट पार्नुभएको थियो।

साथसाथै बैठकमा हालसालै नेपाल सरकारले कटौती गर्ने भनेको “सामाजिक सुरक्षा भत्ता” सम्बन्धि पनि जनप्रतिनिधिहरुबाट जानकारी लिइएको थियो। त्यस्तै गरी कोभिडको कारण विरोजगार भइ बिदेशबाट फर्किनुभएका गाउँलेहरुको पुनस्थापना, गाउँमा कृषि र युवा स्वरोजगार सम्बन्धमा सम्भावित लागु गर्न सकिने कार्ययोजनाबारे छोटो छलफल गरिएको थियो। ताङतिङको सर्बाङ्गिण बिकास सम्बन्धमा यसरी बृहत रुपमा झण्डै साढे चार घण्टा समय लगाएर प्रबिधि मार्पmत छलफल गरिएको यो प्रथम ऐतिहासिक बैठक थियो। भौतिक रुपमा जति टाढा भएता पनि भावनात्मक रुपमा संधै नजिक रहेको र प्रबिधि मार्फत यसरी जोडीन पाउँदा र कुरा गर्न पाउँदा सबैले प्रशन्नत व्यक्त गरे।

बैठकमा नेपालबाट मादी गाउँ पालिका अध्यक्ष बेद बहादुर गुरुङ्ग (श्याम), मादी गाउँ पालिका वडा २ को अध्यक्ष एक्कजङ्ग गुरुङ्ग, श्री हिमालय मिलन मा.बि. ताङतिङको प्रधानाध्यापक ओम प्रकाश गुरुङ्ग, पोखराबाट ताङतिङ दुध पोखरी समाजको अध्यक्ष सुबेदार मेजर हेम प्रसाद गुरुङ्ग, ताङतिङ दुध पोखरी समाजको निबर्तमान अध्यक्ष सुबेदार मेजर टोक ब गुरुङ्ग, ताङतिङ दुध पोखरी समाजको भुपु अध्यक्ष समाजसेवी हर्कध्वज गुरुङ्ग, गुरुङ्ग चलचित्र संघ नेपालको अध्यक्ष भोज बहादुर गुरुङ्ग, अनलाइन खबरको पत्रकार तथा फोटो पत्रकार युनीस गुरुङ्ग, ताङ्गतिङ्ग युथ क्लबको अध्यक्ष हिमाल गुरुङ्ग, ताङतिङ युथ क्लबको निबर्तमान अध्यक्ष तथा नेपाली विद्यार्थी संघ कास्कीको क्षेत्रीय अध्यक्ष भोज बहादुर गुरुङ्ग र ताङतिङको सामाजिक महिला अभियान्तहरु श्रीमती कुमारी गुरुङ्ग, श्रीमती काशी गुरुङ्ग, श्रीमती योमाया गुरुङ्ग सहभागी हुनुहुन्थ्यो । त्यस्तै गरी काठमाडौंबाट ताङतिङ समाज काठमाडौंको कोषाध्यक्ष रनधोज गुरुङ्ग र उहाँको धर्मपत्नी श्रीमती जुनु गुरुङ्ग सहभागी हुनुहुन्थ्यो । त्यसैगरी बैठकमा अफ्रिकाबाट संयुक्त संघमा कार्यरत अधिकृत जीत गुरुङ्ग, बेल्जियमबाट ताङतिङ समाज युकेको निबर्तमान सचिब दुर्गा गुरुङ्ग, हङकङबाट ताङतिङ युथ क्लबको भुपु अध्यक्ष पदम गुरुङ्ग, जापनबाट लाल गुरुङ्ग, अष्ट्रेलियबाट श्रीमती सिमा गुरुङ्ग, अमेरिकाबाट ताङतिङ कल्याणकारी कोषको अध्यक्ष मेजर बालासिंह गुरुङ्ग र सोम गुरुङ्ग, पोर्तुगलबाट केश गुरुङ्ग आदि सहभागी हुनुभएको थियो । त्यस्तैगरि युकेबाट ताङतिङ समाज युकेको अध्यक्ष उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ्ग, ताङतिङ समाज युकेको संस्थापक अध्यक्ष क्याप्टेन गौ ब गुरुङ्ग एमबीइ, ताङतिङ समाज युकेको सल्लाहकार केस बहादुर गुरुङ्ग, सचिब टौ गुरुङ्ग, युवा संयोजक मेक गुरुङ्ग र अन्य सदस्यहरु गरी नौ राष्ट्रहरुबाट २९ जना ताङतिङेहरु सहभागी हुनुहुन्थ्यो ।

यस जुम सम्बादको प्रबिधिमा सहयोग र संचालन ताङ्गतिङ्ग समाजको सचिब टौ गुरुङ्गले गर्नुभएको थियो। यस नेटवर्कको अर्को जुम मिटिङ्ग महत्वपुर्ण एजेण्डामा आगमी महिना अगष्ट ९ तारिखलाई तय गरिएको छ ।




मतहरू

efgiTarge

online viagra [url=https://gopharmxx.com/]viagra for women[/url] viagra pill generic viagra over the counter viagra

dbhradomi

writing assignments https://bestessaysold.com/ - pay for essays writing assignments essay for you pay for essays

buikgatry

online viagra https://mymypharmacy.com/ - generic viagra online viagra for women viagra generic viagra online

buikgatry

viagra 100mg https://mymypharmacy.com/ - female viagra viagra online viagra generic viagra dosage

efgiTarge

herbal viagra https://gopharmxx.com/ - buy generic 100mg viagra online over the counter viagra viagra pill generic viagra online for sale


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?