Friday August 07, 2020

छोटो मिठो मेरो विचार : मेरो मौनता

८ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1184


छोटो मिठो मेरो विचार : मेरो मौनता

उमेश रेग्मी।

निकै बेर घोत्लिएर बसेको देखेपछि शायद उनलाई असैह्य भएछ, भान्छाबाट नै कराइन "हैन के भयो आज ? किन चुप चाप ?" संधै पतर पतर गरिरहने बुढाको बोलि बन्द भएको मन परेन छ क्यारे। मलाई बोल्नको लागि उक्साउन थालिन उनले। "हैन मौन ब्रत बसेको हो कि क्या हो ? के त्यो ढुङ्गोजस्तो भएर बसिरहेको ? मैले केहि गरेकी छैन म संग रिसाएर नबोलेको भनु भनेनी।" उनि भन्दै गईन "मुर्तिसंग बिहे गरेको भए भैहाल्थ्यो नि बोल्नै पर्दैनथ्यो दुबैलाई। म चाही कराइरहेछु बुढो उत्तर दिने होइन, के भयो भन्दा पनि केहि भन्ने होइन।" मेरो मौनताले उनको धैर्यता माथि गहिरो प्रश्न गरि रहेको थियो।

किन चुप थिए म ? कारण त केहि थिएन। तर पनि केहि बेर ओठ बन्द नैराख्ने निधो गरे थे तेति खेर। उनको प्रश्न रोकिएको थिएन "हैन बुढा नबोल्ने निर्णय गरेको हो कि क्याहो ? म मन पर्न छोड्यो अब ?" उनको कुराले अर्कै बाटो समातेको भान हुन्थ्यो। आवाज पनि ठुलै भएको आभास पाएथे मैले "मैले त बिहे भन्दा पहिले नै सोध्या हो नि ! उति बेला संसारको सबै भन्दा राम्री भन्थ्यो मलाइ, तारिफ गरेर नथाक्ने मान्छे। म भनेपछि हुरुक्क हुने अहिले के भयो ? सिधै भन्नु नि बरु बस्न पुग्यो संगै भनेर, चुपो लागेर यसरि घोत्लिनु भन्दा।" उनको बोलाइमा यतिखेर अलि अलि क्रोध मिसिएको थियो। मान्छेको सोच कहाँ बाट कहाँ पुग्छ भन्ने कथन मलाइ सार्थक झैँ लागि रहेको थियो।

केहिबेरको मौनतालाइ भंग गर्दै सुरु भईन उनि फेरी "नबोली राख, त्यतिकै बस। मलाइ पनि के, म पनि बोल्दिन। यसरि नबोली के बस्नु, जान्छु माइत अनि एक्लै जे मन लाग्छ त्यहि गर्नु।" मलाइ भनिन उनले या आफै भुत्भुताइन आफ्नै तालमा मलाइ निधो गर्न गाह्रो भयो। एक घण्टा पनि त भएको थिएन म चुप रहेको तर उनको अड्कलबाजिले लाग्थ्यो मानौ म कैयौ दिनदेखि बोलेको छैन।

अनायाशै उनको स्वरमा परिबर्तन आयो। शान्त, गम्भीर, अनि सहानुभूति मिश्रीत "सन्चो भएन कि क्या हो ? मैले पनि सोध्नै बिर्सेछु हिजो अलि खानपिन बढी थियो, पेट पो दुख्यो कि ?" केहि बेरको हाम्रो आँखा जुधाई पश्चात उनले सोधिन "औषधि लेराइ दिउ ?" आहा ! त्यो मायालु सोधाई, मेरा ब्यबहारले उसलाई आफु प्रति आकर्षित देख्दा मन मनै रमाउन थाले म। "टाउको दुखेको हो कि ? मालीस गरि दिउ ?" म रम्दै थिए एकछिनको मौनताले दिएका अवसरहरुमा। अनभिज्ञ पनि थिइन म उनको बढिरहेको व्याकुलताबाट। पानीको गिलाश मेरो हातमा दिदै भनिन "यति पानी पिएर एकछिन पल्टिनु, खाने बेलामा बोलाउला। भान्छामा तरकारी डढन लाग्यो म गए। यहाँ यतिकै दलिन हेरेर बसिरहने हैन है।"

केहि नभएको मलाइ बिरामी बनाइदीन उनले। मलाइ केहि भएको छैन भन्न पनि डर लाग्ने बेला भैसकेको बोध हुन थाल्यो तेतिखेर। म उत्तर खोज्नथाले "के भन्ने, चुप लागेर किन बसे ?" केहि थिएन कारण, तर केहि भन्न अनिबार्य थियो अन्यथा तेत्रो बेरको उनको प्रलाप ब्यर्थै जान्थ्यो। म सोच्न थाले "टाउको दुखेको भन्नु पर्ला कमसेकम अलि अलि मालिस पनि पाइन्छ"। फेरी लाग्यो "होइन नदुखेको टाउकोलाई मालिस गरि गरि किन दुखाउनु (उनको मालिस नै त्यस्तै हुन्छत के गर्नु)। बरु पेट दुखेको भने ठिक हुन्छ।" उनले औषधि खान कर गरिन भने त्यसको असर अर्कै पो पर्ने हो कि। आफ्नो मौनताले आफैलाई अप्ठेरोमा पारेको महसुश हुँदै थियो। स्वाभाविक थियो मेरो बाक्य फुट्ना साथ् पहिलो प्रश्न "के भयो ?" हुनेछ। म के जवाफ दिउ।

अनेकौ प्रश्नहरुमा अल्झिरहेको बेला उनको पुन आगमन भयो हातमा बेसार पानीको गिलास सहित। "ल यो पिउनुस, सबै ठिक हुन्छ। उँहा देशका मन्त्रीले त भनिसके, बेसार पानीले कत्रो कत्रो रोग निको हुने रै छ। यसलाई एकै घुट्कोमा सकाउनु अनि सुत्नु आजलाई। भोलि बिहान सम्म सबै ठिक हुन्छ। आज एक दिन खाना नखाने।"

आफ्नो एक छिनको मौनताले भोकै सुत्नु परेको बेदना अब कोसंग पोख्नु।
 




मतहरू

efgiTarge

viagra [url=https://gopharmxx.com/]how to get viagra[/url] generic viagra online for sale online viagra buy viagra

rgmisnums

buy viagra [url=https://edmedno.com/]viagra alternative[/url] viagra pills viagra connect online viagra

efgiTarge

buy viagra [url=https://gopharmxx.com/]viagra[/url] otc viagra how to take viagra viagra generic name

buikgatry

herbal viagra [url=https://mymypharmacy.com/]buy generic 100mg viagra online[/url] womens viagra female viagra viagra for women

rgmisnums

viagra online [url=https://edmedno.com/]viagra online[/url] online viagra viagra viagra generic

efgiTarge

viagra online https://gopharmxx.com/ - viagra side effects over the counter viagra viagra pills viagra vs cialis

dbhradomi

writing assignments https://bestessaysold.com/ - writing essays for money college essay service pay for essays pay for essays

fvmiZorgo

viagra generic name https://pharmmyjo.com/ - viagra online viagra online viagra over the counter viagra generic

rgmisnums

female viagra https://edmedno.com/ - viagra generic viagra viagra generic online viagra

buikgatry

viagra [url=https://mymypharmacy.com/]viagra[/url] how does viagra work generic viagra viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?