Friday August 07, 2020

स्कटलैण्डको पर्थमा नेपाली युवाको असामयिक निधन

९ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1164


स्कटलैण्डको पर्थमा नेपाली युवाको असामयिक निधन

प्रकाश अर्याल।

स्कटल्याण्ड । स्कटल्याण्डको  पर्थमा  ३० वर्षीय नेपाली युवा बन्टी  शेर्पा ( दोर्जे) को   असामयिक निधन  भएको छ।  स्कटलैण्डकोपर्थमा  करिब ८ वर्ष  देखि  बस्दै गरेका शेर्पाको घरको ढोका नजिक ढलेपछि  सोमबार बिहान निधन भएको  थियो। 

स्कटल्याण्डका  समाजसेवी भोला खनालका अनुसार  एक्लै बस्दै आएका शेर्पा विगत केहि समय देखि अवस्थ रहेको र निधन हुनुभन्दा दुई  दिन अघि मात्र भेटघाट भएको बताउनु भयको हो। शेर्पाकोको स्कटल्याण्डमै दाहसंस्कार गर्न  नेपालमा  रहेका आफन्तलेअनुमति दिएको खनालले बताउनु भयो।  

खनालले स्वर्गीय शेर्पाको दाहसंस्कारको लागि फ्युनेरल कम्पनीहरुसंग सम्पर्क भएको र प्रक्रिया अगाडि बढीरहेको बताउनु भयो। एनआरएन युकेका उपाध्यक्ष मोहन कार्कीले विदेशमा एक्लै बस्दै आएका युवाको आसमयिक निधन हुनु अत्यन्त दुखद रहेको बताउनुभयो। स्थानीय प्रहरी र काउन्सिलसंग स्वर्गीय शेर्पाको  निधन र निशुल्क  दाहसंस्कार सम्बन्धमा कुराकानी भएको  एनआरएनउपाध्यक्ष  कार्कीले बताउनु भयो।  

दाहसंस्कारको लागि पैसा संकलन गर्न आवस्यक परेमा  एनआरएनए, नेपाली समाजसंग आग्रह गरिने  उहाँले बताउनु भयो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?