Wednesday November 25, 2020

यति नेपाली एसोसियसन युकेको भर्चुअल जुम मिटीङ सम्पन्न

१२ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1170


यति नेपाली एसोसियसन युकेको भर्चुअल जुम मिटीङ सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। कोरोना भाइरस महामारीले लकडाउनको अवस्थामा रहे पनि सामाजीक संघसंस्थाहरुले आफ्ना कार्यक्रमहरु गर्दै आइरहेको समाचार प्राप्त भएको छ। बेलायतमा रहेर ६० बर्ष सामाजिक सेवामा रहेको युरोपकै पुरानो संस्था यति नेपाली एसोसियसन युकेले पनि भर्चुअल जुम लाईभ कार्यक्रम तय गरेको जानकारी एसोसियसनका उपाध्यक्ष एवम प्रवक्ता वाचस्पति रेग्मीले बताउनु भएको छ।

एसोसियसनका अध्यक्ष ध्रुव केशीको अध्यक्षतामा भएको सो भर्चुअल जुम मिटीङको संचालन एसोसियसनका महासचिव डा मुकुन्द बास्तोलाले संचालन गर्नु भएको थियो। यति नेपाली एसोसियसन युकेले बिगतमा गरेको कामहरुको स्मरण गर्दै कोरोना महामारीको समय भएपनि चुनौतिलाइ अबसरमा बदल्न ब्यापक छलफल भएको थियो।

 

यति नेपाली संस्थामा रहेर नेपाली साहित्यको विकासमा साहित्यकारहरुले पुर्याउनु भएको योगदानको कदर गर्दै नेपाली साहित्य बिकास परिषदबाट पदक र सम्मान पत्रले सम्मानित हुनु भएका संस्थाका अध्यक्ष ध्रुव केशी र बरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मीलाइ बधाइ दिएर जुम कार्यक्रम शुरु गरिएको थियो।

यति नेपाली एसोसियसन युके ६० बर्ष पुगेको अवसरमा मनाउन लागिएको डायमण्ड जुब्ली कोरोना महामारीको असरबाट रोकिएकोमा लकडाउन खुल्नासाथ कार्यक्रम गर्ने,सो कार्यक्रममा बिमोचन गरिने स्मारिकाको लेखरचना संकलन गर्ने र संस्थाको वेभसाइटलाइ प्रभावकारी बनाउने निर्णय गरिएको छ। त्यस्तैगरि आजिवन सदस्यहरुको अपडेट गरि नया सदस्य र नया आजिवन सदस्यता बढाउने निर्णय भयो। यति नेपाली एसोसियसन युकेको लोकप्रिय फुटवल वा भलिबल खेललाइ अगाडि बढाऊने, यति हाऊस किन्ने बिषयमा पनि संस्था लाग्ने निर्णय भयको थियो।

अध्यक्ष ध्रुव केसीले कोरोना भाइरस नियन्त्रणमा एनआरएन युकेलाई यति एसोसियसनबाट आर्थिक सहयोग गरिएको बताऊदै जुम कार्यक्रम समाप्त भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?