Friday August 07, 2020

बागमती प्रदेशमा डीआईजी लामाको नयाँ अभियान

१२ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1294


बागमती प्रदेशमा डीआईजी लामाको नयाँ अभियान

अब अनुहार हेरेर नभई कार्य सम्पादनको आधारमा मुल्यांकन गरिने: डिआइजी लामा

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी लिने,मातहत कार्यालयहरुको समस्या,चुनौतीका साथै अपेक्षाहरुको बारेमा जानकारी लिने र प्रदेश प्रहरी कार्यालयसंग मातहतका कार्यालय प्रमुख वीच कार्य सम्पादन करार गर्ने उद्देश्यले आयोजना गरीएको उक्त कार्यक्रम बिभिन्न चरणमा गरी सम्पन्न गरीएको हो ।
प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती कार्यक्रमको प्रमुख उद्देश्य भनेको प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरु वीच कार्य सम्पादन करार गर्नु रहेको थियो।

बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको कार्य सम्पादन सम्झौतामा मातहतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरिएको छ । सुचकले निर्धारण गरेका बिषय अनुरुप कार्य सम्पादन गरी सार्वजनिक प्रशासन अन्तर्गत रहने प्रहरी प्रशासनको कार्यलाई स्तरीय, प्रभावकारी र कार्यको मुल्यांकन योग्य बनाउने, शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र आन्तरीक व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसंग कार्य सम्पादन करार गरीएको हो । नेपाल प्रहरीमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरु बिच भएको यो कार्य सम्पादन सम्झौता पहिलो हो।
वर्तमान बिषम परिस्थितीका कारण विभिन्न चरणमा आयोजना गरीएको उक्त कार्यक्रमको पहिलो चरण अन्तर्गत मिति २०७७ असार ५ गते धादिङमा आयोजना गरीएको थियो । उक्त कार्यक्रममा बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री शालिकराम जम्कट्टेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंह लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी भएका मातहत कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको वस्तुस्थितीका साथै समस्या, चुनौतीहरु प्रस्तुत गरेका थिए ।
प्रस्तुतीकरण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ६ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको थियो । पहिलो चरण अन्तर्गत कार्य सम्पादन करार गर्ने कार्यालय अन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन,धादिङ,नुवाकोट र रसुवा रहेका थिए।
यसैगरी दोस्रो चरण अन्तर्गत बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री श्री शालिकराम जम्कट्टेल ज्युको प्रमुख आतिथ्यतामा मिति २०७७ असार २७ गते काभ्रेमा संचालन गरीएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय र मातहतका ५ वटा जिल्ला प्रहरी कार्यालयका वीच कार्य सम्पादन सम्झौता भएको थियो । कार्यक्रममा सहभागी भएका मातहत कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको वस्तुस्थितीका साथै समस्या, चुनौतीहरु प्रस्तुत गरेका थिए।

प्रस्तुतीकरण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ५ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको थियो । दोस्रो चरण अन्तर्गत कार्य सम्पादन करार गर्ने कार्यालय अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखा रहेका थिए।

तेस्रो चरण अन्तर्गत मिति २०७७ साउन १० गते सम्पन्न गरीएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका ३ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको छ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमति प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेसंग कार्य सम्पादन सम्झौता भएको हो । यो संगै बागमती प्रदेश प्रहरी कार्यालयसंग कार्य सम्पादन सम्झौता गर्ने कार्यालय १४ वटा रहेका छन । बागमती प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादन सम्झौता गर्नु पर्ने कार्यालय पनि १४ वटानै रहेको छ ।


यस्ता छन् कार्य सम्पादन करारको मुख्य उद्देश्यहरु :

• सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी वनाउने

• तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही वनाउने

• सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्ने

• जिम्मेवारी क्षेत्र भित्रको विद्यमान सुरक्षा चुनौतीहरुको बिश्‍लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुती दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य कृयाकलाप समेत हुन नदिने

• स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सवल दर्जाको मनोबल उठाउने, जनता र प्रहरी विचको सहकार्यलाई निरन्तरता दिन नागरिकहरुमा विश्‍वास र अपराधीहरुमा त्रास हुने अवस्था सिर्जना गर्ने
कार्य सम्पादन सम्झौताको बारेमा

• यस सम्झौताको अवधि सामान्यत: २०७७ श्रावण १ गते देखि २०७८ असार मसान्तसम्म १(एक) आर्थिक वर्षको रहने छ ।

• सहभागी कार्यालयहरुले मासिक रुपमा प्रत्येक महिनाको अन्तमा कार्यसम्पादन जाहेरी पठाउने छन र सो को आधारमा सम्बन्धित कार्यालय प्रमुखको कार्यसम्पादन स्तरको अभिलेख व्यावस्थापन हुनेछ ।

• कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याँकनसँग आवद्ध गरिनेछ ।

• कार्य सम्पादनमा उल्लेखित सूचकहरु बमोजिम मातहत कार्यालयले सम्पादन गरेका कार्यहरु मासिक रुपमा र आ.व. समाप्त भएको ७ (सात) दिनभित्र कार्यसम्पादन सम्झौताको स्व:मूल्याँकन प्रतिवेदन प्रदेश प्रहरी प्रमुख समक्ष वुझाउनु पर्नेछ ।

• कार्यसम्पादन स्तरको मुल्यांकन मासिक रुपमा नै हुनेछ ।

• कार्यसम्पादन सम्झौता अवधिमा अवकाश वा विभिन्न कारणवश जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने भएमा नयाँ वहाल हुने कार्यालय प्रमुखलाई हस्तान्तरण गरी सम्झौतालाई निरन्तरता दिईने छ।
(सुरक्षा न्युज)
 




मतहरू

fvmiZorgo

what does viagra do [url=https://pharmmyjo.com/]female viagra[/url] generic viagra online for sale female viagra viagra generic

rgmisnums

how does viagra work [url=https://edmedno.com/]viagra side effects[/url] viagra pills viagra side effects viagra online

rgmisnums

viagra generic [url=https://edmedno.com/]generic viagra online[/url] how to get viagra viagra generic name viagra

buikgatry

women viagra [url=https://mymypharmacy.com/]viagra[/url] online viagra viagra side effects viagra

fvmiZorgo

buy viagra online [url=https://pharmmyjo.com/]buy viagra[/url] over the counter viagra viagra online generic viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?