Friday October 23, 2020

फार्नबोरोमा नयाँ बौद्ध संस्थाको स्थापना , १००० बुद्धको वाङ्ग प्रदान

२ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1299



–शितलपाटी संवाददाता ।  

फार्नबोरो , लण्डन । फार्नबोरोमा रन्जुङ्ग येशे ओडियाना यु.के.सी.आई.ओ. नामक नयाँ संस्थाको स्थापना भएको छ । सो संस्थाको स्थापना संगसंगै एकहजार बुद्धको अभिषेक (वाङ्ग) समेत प्रदान गरेको छ । गत ४  र ५ अगष्टमा सम्पन्न भएको कार्यक्रमको पहिलो दिन शनिबार  हिज होलिनेश क्यानगोन फाक्छोक रिम्पोछे (सातौं अवतार) ले सो संस्थाको उद्घाटन गरेका हुन् । 

 

संस्थाका अध्यक्ष क्याप्टेन (रि) जीवन कुमार गुरुङले सबै अतिथि र भक्तजनहरुलाई स्वागत गर्दै संस्थाको उद्देश्यका बारेमा जानकारी दिएका थिए । त्यस्तै, संस्थाका महासचिव इन्द्र गुरुङले रिम्पोछे गुरुको जीवनी बारे प्रकाश पारेका थिए । 

 

संसार भर रन्जुङ्ग येशे ओडियाना यु.के.सी.आई.ओ. अन्तर्गत ५२ वटा संस्थाहरु आवद्ध रहेका छन् । फार्नबोरोस्थित संस्था ५३ नम्बरमा पर्दछ । सबै संस्थाका संस्थापक र संरक्षक रिम्पोछे, उनका बाबा छ्याकलिङ्ग रिम्पोछे र ठूला बुबा छयोकी निमा रिम्पोछे रहेका छन् । विगतमा उनीहरुले बौद्ध धर्म प्रति गहिरो आस्था र विश्वास देखेर प्रभावित भई बेलायतमा एउटा संस्था खोल्ने इच्छा प्रकट गरेका थिए । सोही बमोजिम फार्नबोरोमा उनकै इच्छा र निर्देशनलाई आत्मसाथ गर्दै संस्थाको जन्म भएको हो ।  

 

कार्यक्रमको दोस्रो चरण अर्थात् गत ५ अगष्टका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेष्लिस्ट कलेजमा अभिषेक (वाङ्ग) समेत प्रदान गरिएको थियो ।  कार्यक्रममा ३०० जना भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको थियो । अध्यक्ष क्याप्टन (रि) जीवनकुमार गुरुङले संस्थाको उद्देश्य बारे पुनः जानकारी गराएका थिए । त्यस्तै, महासचिव इन्द्र गुरुङले पुनः रिम्पोछे गुरुको बारेमा भक्तजनहरुलाई प्रकाश पारेका थिए ।  सो कार्यक्रमलाई सहसचिव बाम गुरुङले संचालन गरेका थिए । तत्पश्चात रिन्पोछद्वारा पूजा प्रवचन र भक्तजनहरुबाट मेन्डेला अर्पण गरिएको थियो । कार्यक्रमको अन्त्यमा रिम्पोछले उपस्थित भक्तजनहरुलाई बेलायतमा पहिलोपटक एकहाजर बुद्धको अभिषेक (वाङ्ग) दिए ।  

 

संस्थाका प्रमुख सल्लाहकार नारायण गुरुङले जानकारी दिए अनुसार फार्नबोरो रेनवेस्थित संस्थामा १ जना लामा गुरु स्थाई रुपमा रहने छन् र पुजापाठको साथै भविश्यमा मेडिटेशन कक्षा पनि संचालन गरिने छ । 

 

संस्थाको स्थापना र कार्यक्रमलाई सफल बनाउन प्रमुख सल्लाहकार नारायण गुरुङ , कोषाध्यक्ष रविन्द्र लोसाल र उनको परिवारको सम्पूर्ण सदस्यहरुको ठूलो योगदान रहेको संस्थाले जानकारी गराएको छ । 

 

अध्यक्ष क्या.रि.गुरुङले कार्यक्रम सफल बनाउन आफ्नो अमूल्य समय, साथ, सहयोग र अथक मेहनत गर्ने सबै सदस्य, संघसंस्था र भक्तजनहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको सो संस्थाका दिल गुरुङले जनाए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?