Wednesday January 27, 2021

प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी, संगठनबाट व्यावसायिक सेवाको अपेक्षा : प्रहरी महानिरीक्षक थापा

१४ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 8451


प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी, संगठनबाट व्यावसायिक सेवाको अपेक्षा : प्रहरी महानिरीक्षक थापा

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ।साताअघि बढुवा भएका दुई प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्हले सुशोभन गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।


मन्त्रिपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उनीहरू प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए। दर्ज्यानी चिन्ह पाएसँगै दुवै एआइजीको पदस्थापन भएको छ। जसअनुसार शाहीको मानव स्रोत तथा प्रशासन विभाग र कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ।


शैलेश थापा प्रहरी महानिरीक्षक भएसँगै प्रशासन तथा मानव स्रोत विभाग रिक्त थियो। वरिष्ठतम एआइजी तारिणीप्रसाद लम्सालको अवकाश पछि प्रतिष्ठानमा दरबन्दी रिक्त थियो। सोमबारको मन्त्रिपरिषद बैठकले दुबैको बढुवा सदर गरेसँगै पदस्थापनको निर्णय गरेको थियो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए। पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए।

 


संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध रहेर काम गर्ने उनले बताए। यसैबीच, प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा बढुवा भएका शाही थिए।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?