१६ श्रावण, २०७७
शीतलपाटीन्युज डटकम।
काठमाडौँ। नेपाल सरकारले नेपाली सेनाका महासेनानीहरूलाई विभिन्न देशको दूतावासमा सहचारी र सैनिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ। त्यस्तैगरी लण्डनस्थित नेपाली राजदुताबासमा सैनिक सहचारी ब्रिगेडियर जनरल कुमार थापा आफ्नो कार्यकाल सिध्याएर नोभेम्बरमा नेपाल फर्कदै छन्। थापाको ठाउमा सैनिक सहचारीको जिम्मेबारी रत्नबहादुर गोदारले लिने भएका हुन् ।
आफ्नो कार्यकौशल र मिजासिलो स्वभावका कारण थापा बेलायतको नेपाली समुदायमा प्रिय सैनिक सहचारी मानिन्छन् । विशेषगरि बेलायत-नेपाल तथा दुई देशका सैनिकबीच सम्बन्ध अभिवृद्धि, सैन्य सहयोग र प्रशिक्षण आदानप्रदान, दुई देशका वरिष्ठ सैन्य अधिकारीहरुबीचको भ्रमण समन्वयमा थापाको भूमिका उल्लेख्य छ ।
नेपाली दूतावास अमेरिकाको सहचारीमा भुवनपूर्ण सत्याल, चीनको सैनिक सहचारीमा मोहन क्षेत्री, बंगलादेशमा रोशन शम्शेर जबरा, बेलायतको सैनिक सहचारीमा रत्नबहादुर गोदार, भारतमा रामचन्द्र खत्री, संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा जगदीश खड्कालाई सैनिक सल्लाहकारमा नियुक्त गरेको छ।
त्यस्तै, नेपाली दूतावास पाकिस्तानको सैनिक सहचारीमा अमृत काजी गुरुङलाई नियुक्त गरिएको छ। यसैगरी, नेपाली राजदूतावास मस्कटको चान्सरी र राजदूत निवास निर्माणका लागि जग्गा भाडामा लिन स्वीकृति दिइएको समाचार छ । वार्षिक छ लाख ३७ हजार ७३५ रुपियाँ तिर्नेगरी २० वर्षका लागि भाडामा लिन स्वीकृति दिइएको हो।
??????
GUCCI?????? ????