Monday November 30, 2020

かついた」勤務中に爆破予告

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1485



साउथहम्पटन, हेम्पसायर। हालै सहारा युके फुटवल क्लव हेम्पसायरको साउथहम्पटनमा  बेलायतको फुटवल एसोसीयसनद्वारा ग्रासरुट फुटवल अडीसनको “इक्युलीटी चैम्पेन अवार्ड २०१८ “ ले सम्मानीत भयकोछ । गत हप्ता साउथहम्टन फुटवल क्लव भवनमा भयको अवार्ड सम्मान कार्यक्रममा अध्यक्ष मीन गुरुड्ग , संस्थापक अध्यक्ष नवीन गुरुड्ग, सहारा युके फुटवलका अध्यक्ष कुसाड्ग गुरुड्ग, सीइओ धनु थकाली र महासचीव कृष्ण गुरुड्गको उपस्थीती थियो ।

शनिवार आयोजित एक कार्यक्रममा हेम्पसायर फुटवल एसोसीयसनका क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिन बहादुर गुरुङ लाई उक्त अवार्ड प्रदान गरको कुरा  सहारा युकेबाट अध्यक्ष गुरुड्गले जनाउनु भयको छ ।

बेलायतमा नेपाली भन्दा गोर्खालीको नामबाट चिनिने देशमा युद्धभूमिमा मात्र नभई फुटबल खेलको जन्मभुमीमा नेपालीहरुले पनि खेल्दो रहेछ भनेर प्रमाणित गराएर इतिहासको पानामा लेख्न सफल भएको छ सहारा युके | यो लेवलमा पुरुस्कृत हुनुमा तमाम नेपालीहरुले गर्व गर्ने मौका साहारा युकेले पुर्याएको छ। सहारा युकेले वेलायतमा भयका गोर्खा कप -२००७ ,२००८, यती कप- २००७,२००८ , ब्रिगेड ब्याए २००८, रीडीड्ग कप २००८, सहारा कप २००७,२००८,२००९ २०१० को प्रतियोगीता खेल जीती नाम कमाएको साहारा फुटवल क्लवले हाल सनडे लीग खेलीरहेको छ । 
सहारा यूके अध्यक्ष गुरुङ ‘हयाम्पसायर इन्क्लुसिभ एडभाइजरी समूहमा’ रहेर सल्लाहाकार समुहमा काम गरीरहनु भयको छ भने सहारा युकेले एफएसंग सहकार्य गर्दै भविष्यमा नेपाली खेलाडीलाई प्रशिक्षण, रेफ्री तालिम र अन्य फुटवल खेल सम्बन्धमा एफएसंग छलफल हुदै रहेकोले यो अवार्ड नेपालीको लागी अती महत्वपुर्ण सम्पति रहेको छ। 
अवार्ड प्राप्त गरेपछि अध्यक्ष गुरुङले मेहनतको फल प्राप्त भयको प्रसन्नता प्रकट गर्दै सहारा युके संस्थापक अध्यक्ष नवीन गुरुड्ग देखी कार्यसमीती पदाधीकारीहरु र सल्लाहाकारहरुको मेहनतको उच्च मुल्याड्कन गर्दै नेपाली समुदाय वेलायत प्रति आभार व्यक्त गरेको कुरा बताउनु भयको छ। साथै सहारा युकेका अध्यक्ष मीन गुरुड्ग फुटवल एसोसीयसनसंगको भेटघाटका कारण गोरखा कपको १६ औ अडीसनमा एफए कप पनि कार्यक्रममा ल्याउन सफल भै यस बर्ष गोरखा कप अवस्मरणीय भयको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?