Thursday October 01, 2020

यौन मनोविज्ञानमा आधारित  कुमाता कथासंग्रह

२६ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1096


यौन मनोविज्ञानमा आधारित  कुमाता कथासंग्रह

शीतलपाटीन्युज डटकम।
पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह अहिले वजारमा चर्चाकै पुस्तक हो ।  महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित छ । यसले समाजमा हुने यौन जन्य विकृतिहरु पनि उजागर गरेको पाइन्छ। ११२ पृष्ठ रहेको कुमातामा १० वटा कथाहरु छन्। हरेक कथालाई यसरी विश्लेषण गर्न सकिन्छ।

१.पत्रकार: यो कथा कुमाता कथा सग्रहको पहिलो कथा हो। एउटा कलमजिवीको पिडालाई यसले उजागर गरेको छ। पत्रकारको बाहिरी रवाफ जति हुन्छ त्यो भन्दा वढी उसको भित्रि पिडा हुन्छ । वास्तविकता फरक छ भन्ने कुरा यो कथामा देखाउन दोजिएको छ। समाजका सवै सवल र दुर्लभ पक्षहरुलाई केलाएर आम जनमानसमा सुसुचित वनाउने पत्रकार जव आफै मृत्युसँग संर्घष गरि रहेको हुन्छ त्यस वेला राज्य र समाज कसैको पनि उसको समस्या माथि दृष्टि पुग्दैन भन्ने कुरा यो कथामा देखाइएको छ।

२. कुमाता: कुमाता यस कथासंग्रह भित्रको शिर्ष कथा हो। भनिन्छ माता कहिल्यै कुमाता हुन सक्दैन । तर यो कथामा हाम्रो सामाजिक परिस्थिति यति जटिल वन्छ मायाकी खानी माता आफै कुमाता बन्न विवश हुन्छे। यस कथामा चित्रित कान्छी पात्र युग समय र समाजको जल्दो वल्दो समस्याका रुपमा प्रतिनिधी पात्र भएर पनि यो कथा मार्मिक र कारुणिक बनेको छ।

३. सन्न्यास: पछिल्लो समय सन्तानले आफ्ना अविभावकहरु प्रति जिम्मेवारी पुरा नगर्ने सस्कार हावी भैरहेको प्रति तिखो ब्यङ्ग हो यो कथा । अहिले समाजमा देखिएका दुई पुस्ताहरु विचको उपेक्षापूर्ण ब्यवहारवाट सताइएका हरिवहादुर जस्ता नेपाली समाजका पात्रहरुको जल्दो वल्दो समस्या हो । छोरा छोरी पाउन हुरुक्क गर्ने हामी वुहारि भित्राएपछि उनिहरुवाट गलत्तिएर आश्रमको बास कसरी हुन्छ भन्ने कुरा यो कथामा देखाइएको छ। अहिले वढ्दो बैदेशिक रोजगारीका कारण नेपालमा वृद्ध वावु आमा स्याहार गर्ने सन्तान नहुदाको पिडा पनि यो कथाले दर्शाएको छ।

४. छापामारको प्रेम: माओवादी युद्धमा समावेश गरिएकी एउटा महिला पात्रको कथा हो।  यो कथा अन्त्यबाट आरम्भ भई अगाडि बढेको देखिन्छ । यस कथामा ग्रामीण सभ्यताबाट सहर पसेकी १७ वर्षीया केटीलाई माओवादी द्वन्द्वले कसरी तान्यो र उ आफ्नो प्रेमी द्धन्दमा मारिएपछि कसरी माओवादी छापामार छाडेर भागी भन्ने कुरा देखाउन खोजिएको छ। छापामार युद्धले नेपालीलाइ पिडा मात्रै दिएको कुरा कथामा देखाइएको छ।

५. परिबन्द: यो कथालाई वन्यजन्तु, जलचर संरक्षण पर्यावरणमैत्रीजन्य कथाका रुपमा पनि लिन सकिन्छ। निकुञ्ज वरपरका वस्तिका वासिन्दाहरुले भोग्नुपरेको पिडा, सेनाको गिद्दे दृष्टि, झुटा आरोपमा पक्राउ पर्दा सम्म पनि स्थानिय भने संरक्षणमै सामेल भैरहेका छन् भन्ने कुरा यो कथामा देखाइएको छ । यो कथालाइ आन्चलिकता कथाका रुप्मा पनि लिन सकिन्छ । यो  मार्मिक र सुन्दर प्रस्तुती छ।

६. अस्मिता: आफ्नो अस्मिता वचाउन नसकेकी अस्मिताकै कथा हो अस्मिता। यो कथा पनि अस्मिता पात्रकै नाममा राखिएको छ । नारी जागरण, इज्जत र प्रतिभालाई यो कथाले स्पष्ट देखाउन खोजेको छ । महिलाले गर्ने विश्वास माथि पुरुषहरुले कसरी दुरुपयोग गरि रहेका छन भन्ने कुरा यो कथामा देखाइएको छ । कुनै पनि महिला वेश्यावृत्तिमा लाग्नुका पछाडि हाम्रो समाजमा महिला प्रति हेर्ने दृष्टिकोण र गरिवी प्रमुख कारण हो भन्ने कुरा यो कथामा देखाइएको छ।

७.नियति: नियती कथा सडक वालवालिकाको अवस्था दर्शाउने कथा हो। सौतेलो वावु आमाको ब्यवहारवाट तिरस्कृत भई नेपाली समाजका सडकमा पुग्न वाध्य वालवालिकालाई सडक पनि सहज छैन र उनिहरु कसरी अपराध कार्यमा संलग्न हुन वाध्इ छन् भन्ने कुरा यो कथाले देखाएको छ। सप्न मनोविज्ञान शैलीमा लेखिएको यो कथा निक्कै कारुणिक छ।

८.उकुच: मान्छे भित्र हुने उकुश मुकुशलाई यो कथाले देखाउन खोजेको छ । अझै वर्षौ देखि वैदेशिक रोजगारीमा भएका श्रीमान्को सम्झनामा  एक्लै रात विताउने महिलाहरुको पिडा र ब्यथा वोकेको कथा पनि हो उकुच। विदेश लोग्नेहुने महिलाहरुले श्रीमान्कै सम्झनामा एक्लै विताउनुपर्ने रातका सम्वन्धमा यसकथाले सुष्म रुपमा उठाएको छ। पतिव्रता श्रीमतीको यौन मनोविज्ञानमा आधारित यो कथा हरेक विदेश बस्ने पुरुषले पढ्नै पर्ने कथा हो।

९.दसैँ: गरिवी र वैदेशिक रोजगारीको कथा हो । धन कमाउन विदेश गएको लोग्ने उतै जेल परेपछि यता महिलामा हुने आर्थिक वोझ र दशै जस्तो चाँडमा पनि छोराछोरीको आवश्यकता पुरा गर्न नसक्नु पिडा यस कथामा देखाउन खोजिएको छ।

१०.दोशी को ? कथा सशक्त रुपमा यौन मनोविज्ञान बोलेको कथा हो । यौनवाट भोकाएका मान्छेले यौन प्यास मेटाउन कति सम्म गर्छ र त्यो पछि मानसिक रोगी हुन्छ भन्ने कुरा यो कथामा देखाइएको छ । विवह पछि सुहागरातको आनन्दमा रमाउने कल्पना गरेकी युवती आफ्नो श्रीमान्वाट त्यो चाहना पुरा नभएपछि दोश्रो तेश्रो पुरुषको सम्पर्कमा हुन्छ । परपुरुषको सम्पर्कमा जन्मिएको छोरीलाइ आफ्नै श्रीमान्को हो भनि भन्न बाध्य गराएको यो कथामा महिला पात्र शसक्त देखाइएको छ । परिवारको दवावमा तेश्रो लिङ्गी  अर्थात नपुंसक सग युवतिको विवाह हुदा उसको यौन चाहनाको कुरा यो कथामा देखाइएको छ । आफ्नो श्रीमानवाट नपाएको यौन सन्तुष्टि फरक फरक पुरुष साथीवाट लिदा उ मनोरोगी भएको यो कथामा देखाइएको छ ।

निश्कर्ष:
नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि हो । कुमाता कथासग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको पाइन्छ । कथाका कुनै पनि वाद र सिद्धान्त भन्दा वाहिर बसेर तयार पारिएको कुमाता आफ्नै मौलिक र मान्यता बोकेको कथासंग्रह हो । फरक फरक स्वादमा पस्किएका दस कथाले नेपाली समाजलाई  जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पाइन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?