Thursday October 01, 2020

नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेयलफेयर सोसाइटीको संयोजनमा “बाँचौ र बचाऔँ अभियान” अन्तर्गत म्याग्दीका पहिरो पीडितलाइ राहत वितरण

२८ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 2098


नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेयलफेयर सोसाइटीको संयोजनमा “बाँचौ र बचाऔँ अभियान” अन्तर्गत म्याग्दीका पहिरो पीडितलाइ राहत वितरण

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायत स्थित हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेयलफेयर सोसाइटीको संयोजनमा “बाँचौ र बचाऔँ अभियान” अन्तर्गत म्याग्दीका पहिरो पीडितलाइ राहत वितरण गरेको छ।
सुतिरहेको अवस्थामा बस्ती माथिबाट आयको बाढी तथा पहिरोका कारण म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ६ मराङका बाढीपहिरोबाट पीडित ९० घरपरिवारलाइ राहत वितरण सहयोग गरेको हो।


कोरोनाको संक्रमण तथा लकडाउनले दिएको पीडा त एकातर्फ छँदैछ,त्यसैमाथी बर्षा सँगै आएको पहिरो तथा प्राकृतिक विपत्तीको कारण श्रमजीवी समूदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एकबोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पाकेट आयो नुन बितरण गरिएको हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युके तथा एनआरएन युके कार्यसमितिका सदस्य गोमा पौडेलले जानकारी दिइन्। कार्यक्रममा बोल्दै हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युके अध्यक्ष गोमा पौडेलले सम्पूर्ण सहयोगी दाता परोपकारि मनहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै मात्री भूमिमा आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाइ राहत उपलब्ध गराई  पिडित हरुको हितमा रहेर काम गर्न पाउदा निकै खुसी र अझ केहि गरौ भनि थप उर्जा मिलेको बताइन्।

 


राहत बितरण कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा सासंद गगन थापाले जुम कन्फेरेन्स मार्फत सम्बोधन गरेका थिए। प्रवासमा रहेरपनी संकटको यस अवस्थामा मातृभुमीलाइ सम्झीएर जोखिममा परेका नागरिकहरुलाइ सहयोग गर्ने संस्था र ब्यक्तिहरुको काम सराहना पुर्ण रहेको बताए। नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेतका सासंद थापाले महामारीको समयमा हरेक क्षेत्र प्रभाबित बनेको अवस्थामा गाँउबासीको निम्ती राहत उपलब्ध गराएर सरकारले गर्ने काम संस्थाले गरेको बताए। ‘हामी कमजोर भएको कारण सहयोगी हातहरु फैलाउनु पर्ने बाध्यता हामी सँग छ, सहयोगको यो सत्कर्म गर्न जुटेर, लागेर काम गर्नु भएको छ, तपाइहरुको कल्याणको लागि म भगवान सँग कामना गर्छु’ उनले भने, ‘यसैगरी जुटेर मिलेर काम गर्ने उर्जा थपिदै जाओस्।' उनले देशमा राजनीति ठिक तरिकाले नगएको तथा सरकारले भने अनुसारको काम गर्न नसकेको भएपनि हामी निराश नभइ अघि बढ्नु पर्नेमा पनि जोड दिए।

बाचौ र बचाऔ अभियानका अभियान्ता तथा राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले कोभीड १९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाइ राहत उपलब्ध गराई दुखी पीडित नेपालीहरुको आत्मीय साथी बन्न सफल भएको बताए ।यो १६ औँ पटकको राहत वितरण भएको अवगत गराउदै बिपत्तिको बेला खाद्यान्नको अभावमा कोहिपनी नागरिकहरु मर्न नपरोस भन्ने पबित्र उद्देश्यका साथ यो अभियान संचालन गरेको र विभिन्न संघ संस्थाहरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए।एकल र सहकार्यमा यो तीन महिनाको अवधिमा १६ ओटा जिल्लाका ६८७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको अध्यक्ष सार्कीले बताए ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले कोरोनाभाइरस र प्राकृतिक बिपत्तिले आम नागरिकहरूलाई दुखः र कष्ट भोग्न बाध्य बनाएको यस दुखद घडीमा हातमा हात मिलाएर साथ दिन आग्रह गर्दै एनआरएन युकेको तर्फबाट सम्बोधनका क्रममा उनले धन्यवाद समेत दिइन्।

यस कठिन परिस्थितीमा बेनीदेखी ट्याक्टरबाट दरबाङ्ग सम्म ढुवानी गरिएको खाद्यान्न राहत त्यहाबाट सामान ढुवानीका लागि खच्चडबाहेक विकल्प नभए पछि खच्चरलाइ दुइ दिन सम्म बोकाएर धौलागिरीसम्म पुर्याइएको नेपालबाट कार्यक्रम संयोजन गरिरहेका डा. बुद्धि नेपालीले बताए।कार्यक्रममा बेलायत स्थित मर्जिङ नेपसस युकेका अध्यक्ष एवं विद्यार्थी अभियन्ता पवन कंडेलले कोरोना बाट प्रभावित विद्यार्थीहरुको लागि करिब २२ हजार पाउण्ड राहत स्वरुप वितरण गरिएको उक्त कार्यक्रममा जानकारी गराए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?