Friday September 25, 2020

म कवि : कविता

२९ श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1101


म कवि : कविता

लोक जोशी।

म कवि
शब्दहरुको त्यो जालोमा पसिरहेको म कवि,
शब्दको कुरुक्षेत्रमा कृष्ण झै काव्य बन्ने रचयता म कवि,
आज राजनितिको भुमरिमा आफ्नै शब्दहरुले ठेस लग्दा रगत हैन आँसु खसिरहेछन,
मैले लेख्न खोजेका शब्दहरुभित्र अस्लियता नभइ राजनितिक अस्लिलताको कालो बादल छाइरहेछ,
राजनितिको भुमरिबाट उम्किन नसकेको म कवि।

अस्ति भर्खर मात्रै मेरै गाउको गाउभित्रकै ठुलाबडाबाट एउटा स्कुले बालिकाको अस्मिता लुटियो,
आज हरेक दिन र रात उस्को जीवन र इज्जतमाथी अनेकौ प्रस्न थुपरिरहेकाछ्न,
अस्ति रहेनछ आज पो राजनितिक सान्त्वनाले दिनरात उस्को अस्मिता लुटिरहेछ्न,
सत्य र सामाजिक यथार्थ बिचको एक तितो सत्यबाट उम्किन नसकेको म कवि।

मेरो खुट्टाकाे पैतलाको घाउमाथी तिर प्रहार हुदासम्मपनि मेरो खुट्टाबाट रगत हैन आखाबाट आँसु बगिरहे,
मैले शब्दको हरियो सन्सार सृजना गर्न खोज्दा मलाइ नै थाहा नै नभइ मेरै सन्सारको रुखबाट बनाइएको तिरले मैमाथी प्रहार गरियो,
मलाइ के थाहा त्यो रुख र तिर मेरै थियो,
आफ्नै सन्सार भित्रका शब्दहरुले आफु नै घोचिएको म कवि।
म मेरा शब्दको मुल्यलाइ हरिया नोटहरुले बेच्न नचाहदै मेरो भोखले बेचेको थाहा नै पाइन,
मलाइ के थाहा ती हरिया नाेटहरु मेरै हरियो सन्सारका बिरुवाबाट छापिएका थिए भनेर,
आफ्नै अस्तित्वका शब्दहरुले आफ्नै सपना लुटिएको म कवि।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?