Friday September 25, 2020

मिठो कथा लेखिएन : कविता

३० श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 2762


मिठो कथा लेखिएन : कविता

कृष्ण कान्त अधिकारी।

मिठो कथा लेखिएन ,
खाली भए पानाहरु
झरी पर्दा छैन यता ,
ओतलाग्ने छानाहरु ।

जिवन यात्रा गाह्रो हुँदा ,
चौतारी खै देखिएन
प्यासै प्यासले जिऊ गल्दा,
पधेँरी नै भेटीएन ।

जिवनको आकाशमा,
कालो बादल मढारीदा
सुख लेख्ने मसी सुक्यो,
हाँसो सबै बढारीदा ।

मान्छे सबै बैरी हुँदा,
बिधाताको थियो आश
फेरी पनि हुन्छ किन ,
झुपडीको चिसो बास ।

न्याय लेख्ने हात पनि,
बिकेछ कि यता कतै
दुराचारी भुक्न थाले ,
मिलेछन् कि सबै उतै ।

बेथितिको आहलमा ,
मान्छे यता डुबेकै छन्
जस्को बन्छ ठुलो गुट ,
मान्छे उतै कुदेकै छन् ।

शताब्दि यो नयाँ भन्छन् ,
पुरानै छ चोटहरु
रगत बग्दा क्रान्ति भन्दै ,
फेर्छन् मान्छे कोटहरु ।

मिठो कथा लेखिएन.............




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?