Friday September 25, 2020

ती अफिसरको चर्चा : अनुभव

३० श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 1216


ती अफिसरको चर्चा : अनुभव

बसन्त राज कुँवर ।

भारतीय टेलीभीजन च्यानल हेर्दै थिए, त्यहा एक कार्यक्रम आयो। आफ्ना स्थानबाट उदाहरणीए काम गर्ने हरुका सत्यकथामा आधारीत त्यो कार्यक्रम रहेछ। पहीला राजस्थान तिरको एक गॉउले गरीब महीलाको कथा आयो जस्ले सील्क उत्पादन र सारीमा बुट्टा हाल्ने काम सुरु गरी अहीले हज्जारौ गरीब महीलाहरुलाइ रोजगार सृजना गरेकी रहेछीन्।उनको जीबन प्रेरणादायी थियो। त्यस पछी एक आइ एस अफीसर ( सरकारी अफीसर) को जीबन देखाइयो र भनीयो “ इ जहॉ जान्छन् त्यहा केही राम्रो  गर्दछन् र यीनले जे सोच्दछन् त्यो सोच चर्चीत हुन्छ”।ती अफीसर हाम्रो सीडीओ जस्ता रहेछन्। तीनले समाज तथा देसबाट थुप्रै प्रसंषा र पदक पनी पाएका रहेछन्।

साधारणतया कुनै पनी देसका सरकारी अफीसर आलोचना कै निसानामा परेका हुन्छन्। तर ती टेलीभीजनमा तारीफ गरीएका अफीसर अपबाद थिए। उन्ले आफु बसेको स्थानमा कहीले कृषकहरुलाइ हौसला प्रदान गर्न खेत मै पुगेर संगसंगै काम गर्दा रहेछन् त कहीले बिभीन्न संघसंस्थाले चलाएका कार्यक्रमहरुमा सहभागी भइ सहयोग गर्दा रहेछन्। यस पटक चाहीं उनी अर्कै कुराले चर्चीत भएका रहेछन् ।

यस पटकको उन्को चर्चाको बिषय रहेछ बालबालीकाका लागी जुत्ता अभीयान। भएछ के भने उनी अफ़ीस जॉदा सानासाना केटाकेटीहरु नाड्गा खुट्टाले स्कुल गइ रहेका देखेछन् र उन्ले तत्कालै बच्चाहरुलाइ जुत्ताको ब्यबस्था गरी दिएछन्। उनलाइ ती बच्चाहरुको अबस्था देखेर यत्ती चीन्ता भएछकी उनले गरीब र खाली खुट्टा हीड्ने बच्चाहरुको लागी जुत्ता दिने अभीयान नै चलाएछन् र उनको आह्वानमा केही दिनमै १ लाख ५० हज़ार ज़ोर जुत्ता चप्पल जम्मा भएछ। उनको अभीयानले धेरै बालबालीकाले जुत्ता पाएछन्। टेलीभीजनमा जुत्ता लीन आएका गरीब केटाकेटी र ती बालबालीकालाइ फीट हुने जुत्ता छनौट गरीदिन सक्रीय ती अफीसर पनी देखाइयो र म नेपालमा रहेर पनी उन्को कामको सम्मान गरे।

पुरातन सोचबाट हेर्ने हो भने ती रातो वा नीलो बत्तीको गाड़ी भीत्र रहेका अफीसरलाइ कुनै सडकमा हिडेको बच्चाले जुत्ता नलगाएको कुरामा चीत्त दुखाउनु पर्ने कुनै कारण देखीदैन कीनकी त्यो उन्को जीम्मेवारी  थिएन तर उनले त्यो ख़ाली खुट्टा हिडेको बालकलाइ के जुत्ता दिएका थिए उनी करौडौ मानीसका आदरणीय बने। त्यो आदरणीय छबीले उनलाइ आफ्नो प्रसासनीक काममा पनी मजबुत र सफल बनाउने छ। म नेपालमा रहेर पनी ती अपरीचीत अफीसरको प्रसंसक बनें।

प्रहरी कस्तो हुनु पर्दछ ? डरलाग्दो, कडा ? जनताबाट टाढै रहने वा जनता संग मीलेर काम गर्ने ? भन्ने संबन्धमा मेरो मान्यता संधै यो रह्यो की प्रहरीको बिभीन्न प्रक्रीतीको काम हुने गर्दछ। अप्रेसनहरुमा कडा र निर्दयी हुनु पर्ने हुन्छ भने अपराध अनुसन्धान हरुमा नरम र धुर्त पनी। तर यो दुइ पक्षमा काम गरेर जनतासंग सहकार्य हुन् सक्तैन। त्यसैले प्रहरीको एउटा यस्तो शाखा वा पक्ष हुनु पर्दछ जो दया माया र प्रेम बॉड्ने काम गर्दछ। जो मानबीय संबेदनाहरुमा सहयोग गर्दछ किनकी यस कामले नै प्रहरीलाइ जनताको ऑखामा सम्मानीत बनाउदछ।

तर धेरै पुरातन सोचका अफीसरहरु यो पक्ष न सोच्न सक्थे न यस पक्षलाइ बुझ्दथे। उनीहरुलाइ हामी जस्ता केही प्रहरीले गर्न खोजेका यस्ता सामाजीक कार्य हरु नाटक र एनजीवोज् को काम भन्ने लाग्दथ्यो। तीन्ले कहीले यो कुरा बुझेनन्की प्रहरी बास्तबमा समाजसेबी नै हो र उस्को सबै भन्दा नजीकको सहयोगी र साथी भनेको पनी सामाजीक संस्थानै हुने गर्दछ र सबै भन्दा जनताको बीश्वास जीत्ने काम पनी सामाजीक कामनै हो। यही सामाजीक काम बाट गोलबद्ध गरीएका जनतानै उन्लाइ अपराध नीएन्त्रण र अनुसन्धानमा सफल बनाउने तत्व हुने गर्दछन्।

मेरो प्रहरी जीबन सामाजीक संघसंस्थासंग प्रत्यक्ष सहकार्य गरेरै बीत्यो। म संधै एनजीयोजसंग मीलेर काम गर्न चॉहे कीनकी उनीहरु मलाइ तलब रासन वा गाड़ी केही नामागी आफ्नो घरको खाना खाएर र आफ्नै सबारी साधन चढेर प्रहरीका काममा सहयोग गर्न आइ पुग्थे। म पनी तीन्को तारीफ गर्दथें र समाजसेवाका हर अबसर खेरा फाल्दिनथ्ये।

जनताका लागी धेरै काम गरीयो। सड़क बालबालीकाका ब्यबस्थापन गर्ने देखी लिएर जेल सुधारसम्म, आसरा स्थापना देखी चेलीबेची बेचबिखन नियन्त्रणसम्म,कन्ट्रोल रुम स्थापना देखी लिएर गरीबका बालबच्चाहरुलाइ पढाउने सम्म, जहॉ रहंदा पनी स्थानियका लागी अनगीन्ती वा केही न केही काम त अबस्य गरीयो जसमध्ये मलाइ सबै भन्दा मन परेको काम यो एउटा थीयो ।

 म राजबीराजमा एसपी थिए र मैले देखेंकी यो सहर त्यती पुरानो सहर भएर पनी धनी सहर भै रहेको छैन। उध्योगधन्धा खुली रहेको रहेको छैन। बीरगंज राम्रैसंग बिकास भै रहेको छ तर राजबीराज कीन भएन? मैले नीश्कर्ष निकालेकी यस्को कारण हो भारत बाट नेपाल छिर्ने बाटोमा पक्का पुल नहुनु ।कुनौली भन्ने स्थानमा पक्का पुल नहुदा भारतबाट आउने मालवाहकहरु अरु नाकाहरुमा जॉदा रहेछन्।मैले सहरको लागी कुनौलीमा पक्का पुल बनाउने अठोट गरें र उध्योग ब्यापारी बोलाएं। उनीहरु मेरो बिचार सुनेर अचम्ममा परे। प्रहरी भएर मैले सहर लाइ संबृद्ध बनाउन राखेको त्यो सरोकार उनीहरुका लागी नौलो थीयो। ती ब्यापारीहरु हर्षित भंए तर पुल बनाउने कसरी? मैले भने दुबै देसको जनता अघी बड्ने। म राजबीराजको ब्यापारीहरु लीएर भारतको प्रसासक कहा कुरा गर्न पुगें। ती पनी मेरो कुरा सुनेर छक्क परे। प्रहरीको अफीसर ब्यापार संघको नेताझै भएर आएको देखेर।

मैले त्यस पछी नेपालको कुनौली पारीको ब्यापारी हरुलाइ पनी नेपाल बोलाएं। आफु पनी पारी जनता संग कुरा गर्न पुगे। मेरो दीमागमा पक्का पुल बनाउने र राजबीराजलाइ ब्यापारीक केन्द्र बनाउने भुत जागी सकेको थीयो। दुइ देसको सीमामा पक्का पुल बनाउन देस देसको लामो प्रक्रिया पुरा हुनु पर्दथ्यो तर मेरो रणनीती दुबै देसको जनताबाटै काम सक्काइ दिने थियो। त्यहा अस्थाइ पुल पनी त्यसरी नै बनाइने प्रचलन रहेछ। पारी पट्टिका प्रहरी र प्रसासक पनि मेरा कुरा सुनी सहयोगी भै सकेका थिए।

अब यस कार्यका लागी हामी दुबै देसका स्थानीय तहमा संयुक्त समीती बनाइ रक़म उठाइ काम संपन्न गर्ने तयारीमा थियौ की मेरो त्यहाबाट सरुवा भयो। बास्तबमा म त्यो काम संपन्न गर्न चाहान्थे जस्ले त्यो सहरको बन्द ब्यापार र जीबनस्तर उचाल्ने थीयो। तर मेरो सपना सरुवाका कारणले साकार हुन सकेन। मैले सोचेको थिएंकी अली ठुलो वर्दी भीरी भगबान छीन्नमस्ता माइले यो क्षेत्रमा बोलाउनु भयो भने म त्यो अधुरा सपना पुरा गर्ने छु। तर यो मौकै मीलेन। अहीले म त्यो काम गर्न सक्ने हैसीयतमा छैन कीनकी त्यो काम गर्न प्रसासनीक पद चाहीन्छ। म संग आज त्यो पद छैन।

त्यसैले प्रहरी साथीहरुलाइ मेरा अनुभबबाट अनुरोध गर्दछुकी आफ्नो कामको २५% भाग सीधा जनताको भलाइ हुने काममा खर्च गर्नुहोस् र यही २५% ले तपाइलाइ जनताको ऑखामा अमर राख्दछ जसरी ती भारतका अफीसर खाली खुट्टाका बालबालीकाका लागी चप्पल जुटाएर समाचारको शुर्खीमा छन्।‌ बॉकी अफीसमा तीन्ले गरेका वा तंपाइ हामीहरुले गर्रेका कामहरु त सरुवा भएको वा अबकास भएको दिनबाटै सबैले बिर्षने छन् तर तंपाइ हामीले गरेका यस प्रकारको सीधै जनतालाइ लाभ मील्ने सामाजीक कामको सत्य कथा भने बर्षौ बर्ष सम्म अमर रहनेछ।फरक यत्ती हो की जसरी ती लाखौ मानीस हीड्ने सहरमा ती बालबालीकाका नाड्गा खुट्टा केबल ती प्रसासकले मात्र देखें बॉकीको नजर नै परेन त्यसै गरी तंपाइहरुले पनी गरीब असहाय र जनताका समस्याहरु देख्न सक्नु पर्दछ र त्यस्मा सहयोग गर्न अघी बड्न सक्नु पर्दछ। यस्का लागी तंपाइ भीत्र दया र सामाजीक मन चाहीन्छ। यो मौक़ा युनीफर्म फुकाले पछी बिरलै पाइने छ कीनकी त्यस समए तंपाइको हाथमा सरकारी सासन र श्रोत हुने गर्दछ।सासनमा रहंदा सेबा गर्ने मौक़ा र क्षमता दुबै हुने गर्दछ। शासन र श्रोत छुटे पछी यस्ता काम गर्ने मौक़ा र क्षमता पनी ९५%  प्रतीसत भन्दा बड़ी घट्ने छ।

मलाइ खुसी लाग्यो ती चप्पल बॉड्ने अफीसरको काम देखेर। म पनी प्रहरीमा रहंदा समाज सेवाको क्षत्रमा अकल्पनीय ठुला काम गरी नेपाल प्रहरीलाइ देसमा मात्र होइन बल्की बीश्वमै चर्चीत बनाउन चाहान्थें, तर हाकीमहरुले यस पक्षकों महत्व नै बुझ्दथेनन र बाधा माथी बाधा हाल्दथे। तै पनी लागेको लागै गरी “आशरा “ स्थापना जस्ता सानातिना कामहरु सम्म पुरा गरीयो। जस्ले प्रहरीमा मलाइ नया पुंस्ताले पनी संझन बाध्य राखेको छ र मलाइ खुसी एवम गौरब पनि दिएको छ। मैले  सोचे अनुसार गर्न सक्ने ठॉउमै पुगीएन पुग्नेहरुलाइ संझाउनै सकिएन ।
(पुर्व नेपाल प्रहरी संगठनका अध्यक्ष हुनुहुन्छ)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?