Wednesday January 27, 2021

बेलायतमा हुने नेपाली मेला स्थगित भयको तमुधी युकेको प्रेष रिलीज

३० श्रावण, २०७७ शीतलपाटीन्युज डटकम। 4016


बेलायतमा हुने नेपाली मेला स्थगित भयको तमुधी युकेको प्रेष रिलीज

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा हरेक वर्ष आयोजना हुने नेपाली समुदायको प्रमुख इभेन्ट नेपाली मेला यसपटक कोरोना महामारीका कारण नहुने भयको छ ।सन् २००९ देखि प्रत्येक वर्ष अगस्ट महिनामा आयोजना गर्दै आएको नेपाली मेला यस वर्ष स्थगित भएको औपचारिक जानकारी तमुधी युकेले प्रेष रिलीज मार्फत जानकारी दिइएको छ।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड १९ बाट सृजित परिस्थितिका कारण यही ३० अगष्ट २०२० मा केम्प्टन पार्क,लण्डनमा  हुदै आयको निर्धारित नेपाली मेला स्थगित गरिएको जानकारी तमुधी युकेका प्रवक्ता रोहित गुरुड्गले गराउनु भयको छ।

लन्डनस्थित नेपाली राजदुतावासको सहकार्यमा हुने सो मेलामा नेपालको राष्ट्रियता झल्कने झाकी, नाचगान,नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखेर मनाउने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झांकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गरेर भब्य पर्बको रुपमा मनाइन्छ।

बेलायत बसोवास गरेका नेपालीलाई धन्यवाद दिदै तमुधिं यूकेले नेपाली मेलाप्रति देखाएको चासो र मायाका लागि विशेष आभार व्यक्त गर्दै आगामी वर्ष २०२१ मा पुनः भव्य रुपमा मेला गरिने जनाएको छ। साथै कोरोना महामारीबाट दिवड्गत हुनेहरु प्रति गहिरो शोक ब्यक्त गर्दै प्रभावितहरुलाई सुस्वास्थ्यको कामना पनि गरेको समाचार छ।

Press Release:




मतहरू

China Brake Shoe Repair Kit

QJ06-O-1 China Brake Shoe Repair Kit


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?