Thursday October 01, 2020

नेपालबाट प्राप्त आम्दानी नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : फाउण्डर गोबिन्द गिरी, सगुन

२२ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 11584


नेपालबाट प्राप्त आम्दानी नेपालकै आर्थिक समृद्धिका लागि प्रयोग गर्छौं : फाउण्डर गोबिन्द गिरी, सगुन

 

शीतलपाटीन्युज डटकम।

काठमाडौँ। नेपालीको लगानीमा अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ। सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा फाउण्डर गोविन्द गिरीले सगुनको बारेमा नबुझेर केहि भ्रमहरु रहे पनि त्यो स्पष्ट भएको बताएका छन।

“हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ“,” गिरीले भनेका छन्।

जुम क्रम मार्फत लगानी गर्न आह्वान:
जुम मार्फत भएको पत्रकार सम्मेलनमा सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओ मार्फत लगानी गर्न आह्वान गरेको छ। कानूनी मान्यता अनुसार लगानीकर्ता माझ आएको सगुनले आगामी जनवरीबाटै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले बताए। सगुनले साना लगानीकर्ता प्रोत्साहन गर्नका लागि कम आम्दानी भएकाहरुलाई समेत लगानीको वातावरण जुटाएको जनाएको छ। फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुंचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभएपनि सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको बताए। उनले भने, “सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।”

सेप्टेम्बर महिनाभर लगानीको अवसर
सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् । कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओ मार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जनाएका छन।

सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ मार्फत लगानीका लागि आवेदन दिन सक्नेछन्। अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको जनाएको छ। सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका र दक्षिण एसियाली मुलुक नेपाल र भारत सहितमा लगानी बढीरहेको छन्। नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसग सगुनको सम्झौता भइसकेको छ।फाउण्डर गिरीले अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नेविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ।

नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा सगुन ५ औ स्थानमा छ। सगुनका ग्लोबल कोर्डिनेटर बेलायत बाट सूर्य गुरुङले लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच होइन, भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताएका छन्। उनले सगुनको यात्रा धेरै अघि बढेको र यो यात्रामा कोही प्रवासी नेपाली पनि छुट्नुहुन्न भन्दै उनले विश्वभरका नेपालीसहित अन्य लगाीकर्तालाई समेत जोड्दै जाने बताएका छन्।

फाउण्डर गिरीले सगुनको उदय र ईतिहास सुनाउदै शुरू भएको सो जुम पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सरोकारवाला सहभागी थिए । यस्तै सगुनका तर्फबाट संस्थापक गोविन्द गिरि, सह संस्थापक कविन सिटौला, सह संस्थापक स्वाति दयाल, नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य, ग्लोबल संयोजक सूर्य गुरुङ, यूरोप संयोजक युवराज सेढाईं, अस्ट्रेलियाली संयोजक खेमराज पगेनी, अमेरिका संयोजक चिंता बजागाई, जापान संयोजक कृष्ण गैरे, कतार संयोजक भवानी कोइराल, कोरिया संयोजक सत्तम लामा, क्यानाडा संयोजक सुरेन उप्रेती, साउदी अरेबिया संयोजक यम घिमिरे, युएई संयोजक फणिन्द्र ढकाल, सल्लाहकार डा. शशि सिग्देल, नेपाल संयोजक ध्रुब शर्मा लगायतको सहभागिता थियो ।
 




मतहरू

Lawrence

Pretty! This has been a really wonderful article. Thank you for supplying these details. write an essay online https://guidelinesinwritinganessay897.blogspot.com/2020/09/write-my-paper.html

Oliver

Wow that was odd. I just wrote an really long comment but after I clicked submit my comment didn't appear. Grrrr... well I'm not writing all that over again. Anyways, just wanted to say great blog! college essay assignment https://essaycompetiton891.tumblr.com/post/628628948014759936/buy-college-papers-about-me-write-my-paper

oqnqmsxsi

???????? ??????? ??????? ??????? ?????? ????????? ???? ?????? ?????? : ??????? ??????? ????, ???? [url=http://www.gf7ij19472o55hhsruy8kwnvs9892428s.org/]uoqnqmsxsi[/url] aoqnqmsxsi oqnqmsxsi http://www.gf7ij19472o55hhsruy8kwnvs9892428s.org/

Floral Pattern Carpet Tiles

Floral Pattern Carpet Tiles

3 Rail Gun Scope Mount

3 Rail Gun Scope Mount

Reinforcing Mesh Wleding Machine

Reinforcing Mesh Wleding Machine

Diamond Marble Mosaic Tile

Diamond Marble Mosaic Tile

Ferrule

Ferrule

Metallization base film

Metallization base film

Emperador Tile

Emperador Tile

Media Converter

Media Converter

Hexagonal Wire Netting Machine

Hexagonal Wire Netting Machine

Caterpillar Injector

Caterpillar Injector


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?