Thursday October 01, 2020

बेजिंगस्टक नेप्लिज कम्युनिटीद्वारा शिवजी श्रेष्ठ सम्मानित

२४ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1351


बेजिंगस्टक नेप्लिज कम्युनिटीद्वारा शिवजी श्रेष्ठ सम्मानित

शीतलपाटीन्युज डटकम।

बेजिङस्टक, लण्डन। बेलायतमा नेपालीहरुको बढ्दो बसोसास संगै बिभिन्न क्षेत्रमा नेपालीहरुले आफुलाई स्थापित गर्ने क्रम बढ्दो छ। यसै क्रममा केहि समय अगाडी १९ देश आबद्द आप्रवासीहरुको अन्तरर्राष्ट्रिय संगठन बेजिंगस्टक मल्टिकल्चरल फोरममा पहिलो पटक अध्यक्ष पदमा निर्वाचित नेपाली शिवजी श्रेष्ठलाइ बेजिंगस्टक नेप्लिज कम्युनिटीले गत आइतवार एक समारोहका बीच सम्मान गरेको छ।

 


स्थानीय काउन्सिल र अन्य सरकारी निकायहरु समेतको सहकार्यमा बेजिंगस्टकमा बसोबासरत बिभिन्न मुलुकबाट आएका आप्रवासीहरुको संस्थागत सहभागितामा बेजिंगस्टक मल्टिकल्चरल फोरम संचालित हुन्छ। पहिले विन्चेस्टर युनिभर्सिटी रहेको ४०० बर्ष भन्दा पनि पुरानो ऐतिहासिक भवन समेत यस फोरम अन्तर्गत रहेको छ।

 


आयोजक संस्था बिएनसिका अध्यक्ष ओम गुरुङ्गको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रम महासचिब नवराज राइले संचालन गरेका थिए। फुलको गुच्छा सहित खादा ओढाएर गरिएको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले बेजिंगस्टक मल्टिकल्चरल फोरम जस्तो अन्तर्राष्ट्रिय संस्थामा नेपाली नेतृत्व स्थापित हुनु हामी सबैको गौरवको बिषय भएको बताउनु भयो। त्यसैगरी सल्लाहकार सुधा गुरुङ्गले अझ अगाडी बढेर नेपालीको शिर उच्च पार्न शुभकामना दिनुभएको सो कार्यक्रममा संस्थाका अन्य पदाधिकारी, सल्लाहकार तथा पुर्ब अध्यक्ष समेत भएर आफ्नो संस्था बिएनसीले शुभकामना दिएको सो सम्मानबाट आफु अझ उत्साहित भएको भन्दै गत महिना स्थानीय सांसदले आफ्नो कार्यालयमा स्वागत गर्दै सहकार्यको कुरा गरेको बताउनु भएको थियो।

यस फोरमको अध्यक्षको रुपमा अन्य आप्रवासीहरुको साथै आफ्नो नेपाली समुदायको हितलाई बिशेष ध्यान दिने, बिशेषगरी २०० बर्ष पुरानो सम्बन्ध रहेको नेपाल-बेलायत र पुरानो ऐतिहासिक सम्बन्ध रहेको नेपालीहरु अझैपनि बेलायतका सरकारी निकायहरुमा भर्नुपर्ने फारामहरुमा 'अदर एसियन' को रुपमा दरिनुपर्ने कुरालाइ बिशेष चासोका साथ सम्बन्धित निकायमा उठाउने कुरा सम्मानित हुने शिवजी श्रेष्ठले बताउनु भयो।




मतहरू

kedtrxdl

?????????? ??????? ??????????????? ????? ??????? ???????? [url=http://www.g365hcg1i8iv16weco4i802d3191o2zas.org/]ukedtrxdl[/url] akedtrxdl kedtrxdl http://www.g365hcg1i8iv16weco4i802d3191o2zas.org/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?