Thursday October 01, 2020

बिपी स्मृति भवनको लागि श्रेष्ठ परिवारद्वारा एक लाख एघार हजार एकसय एघार रुपैया प्रदान

२४ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 4161


बिपी स्मृति भवनको लागि श्रेष्ठ परिवारद्वारा एक लाख एघार हजार एकसय एघार रुपैया प्रदान

शीतलपाटीन्युज डटकम।

"आज १०७औ बिपी जयन्ती"


लण्डन। ओखलढुंगामा अहिले धमाधम बिपी स्मृति भवन बन्ने क्रम जारी छ। नेपाली कांग्रेस, ओखलढुंगाले निर्माण गरिरहेको सो भवनको लागि देश बिदेशका ओखलढुंगेहरुले सहयोग गरिरहेका छन। सोहि क्रममा बि पी स्मृति भवन निर्माणको लागि ओखलढुंगाका श्रेष्ठ परिवारले आफ्नो स्वर्गीय बाजे सुर्य बहादुर श्रेष्ठको नाममा एक लाख एघार हजार एक सय एघार रुपैया (रु १,११,१११) प्रदान गर्ने भएको छ।

 


सुर्य बहादुर श्रेष्ठ राणाशासन बिरुद्धको बि स २००७ सालको सशस्त्र क्रान्तिमा कहलिएका मुक्तिसेनाका लडाकु कमान्डर थिए। दोश्रो विश्व युद्धताका ब्रिटिश इन्डियन आर्मीमा कार्यरत श्रेष्ठ विश्वयुद्ध पछि नेपाल फर्किएर मुक्तिसेनामा आबद्द भएका थिए। उहाका छोरा होम बहादुर श्रेष्ठका अनुसार सुर्य बहादुर श्रेष्ठ इन्डियाबाट फर्किनु भएपछि सामान्य पारिवारिक जीवन बिताइरहनु भएको थियो। यस्तैमा तिहारमा चाड मनाइरहेका स्थानीय नेवार समुदायमाथि तत्कालिन राणा बडाहाकिम लालध्वज राणाले आफै रात्री गस्तीमा निस्किएको बेला जस जसलाई भेट्यो, उसैलाई समात्दै पिट्न थालेपछि श्रेष्ठले बडाहाकिमलाइ नै लात्तीले हानेर लड़ाएपछी उहाको ब्यापक खोजि भयो। उहा भागेर इन्डिया पुग्नु भयो र पछि फर्किएर मुक्तिसेनामा संलग्न भएर ओखलढुंगा कब्जा गर्ने राणा बिरोधि लडाईमा नेतृत्वदायी भूमिकामा रहनु भयो।

 


बि स २००७ सालको मंग्सिरमा ओखलढुंगा कब्जा गरेपछि त्यसको सुरक्षा गर्दै प्रशासन चलाई रहेकै बखत काठमाडौँबाट थप मद्धतमा गएको राणा फौजले पुष ३ गते ओखलढुंगा कब्जा गरी उहालाई बन्दि बनाएर सम्पूर्ण सम्पति जफत गरी सर्वस्व हरण सहित मार्ने निर्णय गर्दै ३'३ राइफलको कुन्दै कुन्दाले हिर्काएर बेहोश भएपछि "अब त मर्यो होला" भनि बाँसको झ्यांगमा फालेको थियो। पछि राति हिड्ने हुलाकीले मुर्छित अबस्थामा 'ह ह ह' आवाज आएको देखि को रहेछ? भनि हेर्दा उहालाई फेला पारि उहाको घरमा खबर गरी प्रशासनको आँखा छली लुकाई घरेलु उपचार गरि बचाइएको थियो। त्यस घटनाको ३८ बर्षपछी उहाको बि स २०४५ सालमा निधन भयो। आज उहाकै सन्तानहरुले उहाको सम्मानमा बिपी स्मृति भवन निर्माणार्थ सहयोग गर्न लागेको कुरा उहाका कान्छा नाती केन्द्र श्रेष्ठले बताउनु भयो।

त्यसै गरी आफ्ना बाजेले आस्था राखेर रगत बगाएको पार्टी नेपाली कांग्रेसले ७ सालको क्रान्तिमा जुन नेता बिपी कोइरालाको आब्हानमा लड्नु भएको थियो, उहाकै नाममा निर्माण हुदै गरेको भवनमा आफ्ना बाजेको समेत गौरवपूर्ण इतिहासलाई चीरस्थायी बनाउन उहाकै सम्मानमा हामीहरुले सानो भएपनि सहयोग पुगोस भनेर सहयोग रकम प्रदान गर्न लागेको कुरा अर्का नाती शिवजी श्रेष्ठले बताउनु भयो। सो सहयोग रकममा उहाका छोरा बुहारी होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठले आफुले पाएको बृद्धभत्ता रकममा नाती-बुहारीहरु तथा नातिनी -ज्वाईहरुको योगदान रहेको कुरा नातिनी बिनिता श्रेष्ठ एसी ले बताइन। यसरी प्राप्त सहयोगले बि पी स्मृति भवन निर्माणमा ठुलो सहयोग पुग्ने कुरा भवन निर्माणमा संलग्न पुर्ब नेबि संघ जिल्ला अध्यक्ष एबम सिद्धिचरण नगरपालिकाका वडाध्यक्ष बिनोद केसीले बताउनु भयो।

यो परिवारले आफ्नो बाजे-बजै र बुवा-आमाको नाममा ओखलढुंगा जिल्लामा कोरोना प्रकोपमा लकडाउन भएका बखत राहत बाड्ने देखि इ-लाइब्रेरी स्थापना, गुम्बा, मन्दिर स्थापनामा सहयोग लगायतका बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन। 
(फोटो- प्रजातन्त्र सेनानी सुर्य बहादुर श्रेष्ठ र निर्माणाधीन बिपी स्मृति भवन, ओखलढुंगा)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?