Thursday October 01, 2020

पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको लन्डनमा "हार्ट अट्याक" द्वारा निधन

२५ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1996


पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको लन्डनमा "हार्ट अट्याक" द्वारा निधन

शीतलपाटीन्युज डटकम।

लन्डन । पूर्व मिस्टर यूके नेपाल रचित कुंवरको लन्डनमा "हार्ट अट्याक" का कारण निधन भएको समाचार छ ।

करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो एक बजे साउथ इष्ट लन्डनस्थित आफ्नै निवासमा निधन भएको उनको नातेदार एवम एनआरएनए आइसीसी सदस्य सुरोज मास्केले बताउनु भएको छ। उनको कार्डियक अट्याकका कारण निधन भएको बताइएको छ। कार्डिएक अट्याक घट्ना हुने बित्तिकै एम्बुलेन्स बोलाइएको तर आएका प्यारामेडिक्सले एक घण्टा प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको बुझिएको छ। तर विस्तृत विवरण आउन भने बांकी छ ।

स्वर्गीय कुँवर "यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस’  ( यूकेएनएफबीएफ ) ले आयोजना गर्ने मिस्टर यूके प्रतियोगिताको सन् २०१६ का विजेता हुन्। लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका कुंवर दुई दिन अघि सोमबार मात्र लन्डन फर्किएका थिए।

लामो समयदेखि लन्डन बस्दै आएका रचित कुँवर परिवार सहित अष्ट्रेलिया बसाइ सर्ने तयारीमा रहेको पारिवारिक श्रोतले बताएको छ। उनका बाबु आमा नेपालमा छन्। अविवाहित कुंवरका दुई दिदी छन् भने उनी एक्लो छोरा हुन्। स्वर्गीय कुंवर पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष एवं युवा व्यवसायी सुशील प्रजापतिका सालो हुन्।

यूकेएनआइएफबिबीएलका अध्यक्ष सुक गुरुङले यूके नेपाल इन्टरनेसनल फेडेरेसन बडीबिल्डिङ एन्ड लिग (यूकेएनआइएफबिबीएल) द्वारा आयोजित मिस्टर यूके प्रतियोगिताको सन् २०१६ का विजेता हाम्रा आत्मीय भाइ रचित कुँवरको अल्पायुमा भएको यो दु:खद निधनबाट हामी मर्माहत छौं। स्वर्गीय कुँवरप्रति हार्दिक श्रद्धान्जली  एवम् परिवारमा  भावपूर्ण  समवेदना चढाउछौ भन्नुभएको छ।




मतहरू

wevpyxge

????? ?????? ???? ????? ???? ??????? ??????? "????? ??????" ?????? ???? [url=http://www.g1p1y78s38m47qs70ml2ni2w6zp0d3a2s.org/]uwevpyxge[/url] wevpyxge http://www.g1p1y78s38m47qs70ml2ni2w6zp0d3a2s.org/ awevpyxge


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?