Thursday October 01, 2020

भीसी कुलविर थापाको स्मारक बनाउन आर्थिक सहयोगको लहर

२५ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1370


भीसी कुलविर थापाको स्मारक बनाउन आर्थिक सहयोगको लहर

शीतलपाटीन्युज डटकम।

अल्डरसट,लन्डन। युध्दमा घाइते सैनिक साथीलाइ मानवीय उद्दार गरे वापत प्रथम भिक्टोरिया क्रस विजेता कुलबीर थापाको सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा पुर्णकदको स्मारक बन्ने भएको छ। सो स्मारक बनाउन लाग्ने खर्चका लागि सहयोग गर्न लण्डनमा बसोबास गर्ने नेपालीहरुको लहर नै चलेको समाचार छ।

 


सो बनाउन लागिएको सालिकका लागि भूतपूर्व गोर्खा सैनिकहरुको समूह इन्टेक १९९६ ले २ हजार ३ सय पाउन्ड प्रदान गरेको छ। आइतबार एक कार्यक्रमबीच मेजर जीत हमाल,क्याप्टेन दावानुरी शेर्पा, क्याप्टेन भीम शिरिष, डब्लुओटु भोलेन गुरुङ,कलर सार्जेन्ट प्रित गुरुङ लगायतको गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक खेम गौचनको उपस्थितमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राइलाइ चेक हस्तान्तरण गरेका थिए ।

 


बेलायतमा नेपाली समुदायको उपस्थिति र प्रभाव अझ बढी सुदृढ पार्न आफ्नो सहभागिता भएको जनाउँदै इन्टेक १९९६ नम्बरीहरुले खुशी व्यक्त गरेका थिए। उक्त ऐतिहासिक क्षणमा आफू पनि सहभागी हुने अवसर पाएकोमा इन्टेक १९९६ का संयोजक एवं गोर्खा मेमोरियल प्रोजेक्टका सदस्य प्रेम गाहामगरले खुशी व्यक्त गरे। नम्बरीहरुबीच आर्थिक संकलन गरि  गाहामगरले आफ्नो व्यक्तिगत तर्फबाट ११ सय २१ पाउण्ड २१ पेन्स बेग्लै प्रदान गरेका थिए।

 


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,यूके शाखाका अध्यक्ष टंक शेरचनले सो स्मारक बनाउन एक हजार एक पाउण्ड सहयोग हस्तान्तरण गर्नु भएको थियो। प्रथम उपाध्यक्ष लक्ष्मण राना,सचिव रत्न शाही,कोषाध्यक्ष संजय नेपाली,सदस्य लिला पुन, साधारण सदस्य सीला थापा, आजीवन सदस्य अनिल मल्ल,आजीवन सदस्य तेज रामजाली पुनको समेतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो।

 


साथै मोना युकेका अध्यक्ष दल जुग्जालीले सो कार्यक्रममा एक हजार एक पौण्डको चेक हस्तान्तरण गर्नु भयो। चेक हस्तान्तरणका क्रममा महिला उपाध्यक्ष लिला पुन,महासचिब लालबहादुर पुन, कोषाध्यक्ष पदम गर्बुजा, सह कोषाध्यक्ष कौसिला थापा, ट्रष्टीअम्मर मल्ल,मेडिया सहसचिब बागबिर पुन, तेजेन्द्र रोका मंगला गाउँ पालिका सचिब,  युबा अध्यक्ष अनिल मल्ल, युबा सचिब तारा गर्बुजा, सह एडमिन सचिब बिमला गर्बुजा, आजिबन सदस्य कुसुम मल्ल, सल्लाहाकार तेज राम्जाली,मोना राखु समाज अध्यक्ष रत्न शाही, सदस्य मन बिर पाईजा समेतको उपस्थिति थियो।



शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड खर्च लाग्ने गोर्खा मेमोरियल प्रोजेक्टले बताएको छ। शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो। प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका कयौं संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ। नेपाल बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीक स्वरुप सो शालिक निर्माण गर्न लागिएको हो।

 


गोरखा भूतपूर्व सैनिक संघ गेसोले बेलायतको अल्डरसटमा बन्न लागेको प्रथम भिसी विजेताको सालिकको सहयोगार्थ एक हजार एकसय एघार पाउण्ड सहयोग गरेको छ। रकम हस्तान्तरणका अवसरमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ,उपाध्यक्ष तिर्खा पुन,महासचिव दशरथ राई,कोषाध्यक्ष देवीमाया पुन लगायत पदाधिकारीको उपस्थिति थियो।

 


बिश्वयुद्ध लड्दा गोरखाली मध्यबाट प्रथम भिसी विजेता कुल बीर थापाको सम्मान पूर्वक सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा सालिक स्थापना हुने हुँदा सो पबित्र कार्य गर्नका निम्ति हामीले सहयोग गरेका हौं’,गेसोले भनेको छ।

त्यस्तै गरि इनटेक १/१९९० का अध्यक्ष सोबराज गुरुङ एवम सबै हरु मिलेर एक हजार एक पाउण्ड हस्तान्तरण गरिएको सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष जित म्याम्बो,सचिव भगिस्वर चोङबाङ्ग लिम्बु, कोषाध्यक्ष समसेर वनेम र सदस्यहरु समेतको उपस्थितिमा एक हजार एक पाउण्ड हस्तान्तरण गरिएको थियो। साथै पुन मगर समाज युकेको अध्यक्ष बल पुर्जा, पुर्व अध्यक्ष तेज राम्जाली, सल्लाहाकार मनविर पाइजा र सदस्य गाम गर्बुजा को उपस्थितिमा एकहजार छसय उन्नाइस पाउण्ड हस्तान्तरण गरिएको थियो।

 गोरखा मेमोरियल प्रोजेक्ट टिमबाट ग्रेटर रशमोर नेपाली कम्युनिटी का अध्यक्ष रामधन राई,प्रोजेक्ट सयोजक मेजर खिम गौचन,प्रोजेक्ट सहसयोजक सेर सुनार प्रवक्ता ओम थापा काउचा कोषअध्यक्ष तोप पल्ली, सहकोषअध्यक्ष रि क्याप्टेन ताम ढेगा,सदस्य प्रेम गाहा मगर ,सदस्य तथा शीतलपाटीन्युजका सम्पादक बाचस्पती रेग्मी उपस्थिति रहेको सो कार्यक्रम भब्य रहेको थियो।

शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड खर्च लाग्ने गोर्खा मेमोरियल प्रोजेक्टले बताएको छ। शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो। प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका कयौं संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ। नेपाल बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीक स्वरुप सो शालिक निर्माण गर्न लागिएको हो।




मतहरू

lktlbzkj

???? ?????? ?????? ?????? ????? ?????? ??????? ??? alktlbzkj lktlbzkj http://www.g6uuzrv399ldc7772r7hl4i15b5y829ps.org/ [url=http://www.g6uuzrv399ldc7772r7hl4i15b5y829ps.org/]ulktlbzkj[/url]

Glass Marble Mosaic Vase

Glass Marble Mosaic Vase

A4 Pvc Sheet

A4 Pvc Sheet

Candy Packaging Machine

Candy Packaging Machine

CATV & Broadcasting

CATV & Broadcasting

Power Supplies

Power Supplies

Featured

Featured

Fine Mist Spray

Fine Mist Spray

30ml boston round empty plastic disinfectant spray bottle

30ml boston round empty plastic disinfectant spray bottle

Best High Bay Shop Lights

Best High Bay Shop Lights

HAVAL H1

HAVAL H1

30mm Red Dot Sight

30mm Red Dot Sight

Cereal Packaging Machine

Cereal Packaging Machine

Kids

Kids

Featured

Featured


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?