Thursday October 01, 2020

पहिलो भेटमा घान्द्रुक : संस्मरण कथा

३१ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1571


पहिलो भेटमा घान्द्रुक : संस्मरण कथा

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
 मेश्रम बराह माबि, घान्द्रुक, कास्की।

पहिलो भेटमा घान्द्रुक : 

पोखराबाट बिहान सात वजे आफ्नै झोला वोकेर पोतनाको जङ्गलमा बाटो विराऊदै बेलुका 5वजे धान्द्रक पुगे। पन्चे भन्नेठाऊमा एक जना शिक्षक घनराज शर्मा भेटेँ। उनले मलाई घ्याङ्ले भन्ने ठाऊमा लगे। मलाइ त धेरै जाडो भयो। मैले जाडोको कपडा बोकेको थिईन। किनभने त्यो ठाऊ न मनाङ् न मुस्ताङ् भन्ने मेरो दिमागमा चढेको थियो।


त्यहाँ दाउरा प्रसस्त पाउने ठाउ भएको हुँदा मलाई कुनै कठिनाइ भएन। चर्को क्याम फायर भयो। हिमालय लजको बैनीले मलाई चिया दियीन् खा है खा सर भन्दै। शरीर तात्न सम्म तात्यो। केही समय पछि खाना खान बोलाइयो, हामीले खाना खायौ। केही समयको वात चित पछि थाकेको म सुत्न गए। सुते पछि  खानाको स्वादको याद आयो। चामल पनि राम्रो त हैन। आलु वोडीको तरकारी दुइ टुक़ा मासु मिसाएको अनि सिमीको दाल किन त्यती मिठो खाना? अनि मलाई सोच आयो यो सबै हावा पानीको कमाल भन्ने। आलु त अतिनै मिठो जीबो त झिली मिली। अनि दिन भरको थकानले निधाएछु इन्तुन चिन्तु भएर।

भोलि पल्ट विहान ढिलो उठे ,घाममाथि आएका रहेछन्। अनि डिलमानजीको घर अगाडि  एउटा कुर्ची लिएर बसेँ। मौसम एकदम सफा अगाडि माछापुच्छ्रे र अन्नपूर्ण हिमाल खिस्स हाँसेको। मेरो त शरिर तिर उमङ मिर गर्यो कति सुन्दर कति। सूर्यको किरणले त झन् सुनौलो देखायो। यो आँखाको अति सुन्दर दृस्य  अवलोकनको पहिलो घटना। त्यो झुल्के घामले घर घरका ढुङ्गाका छाना र ढुङ्गाका बाटाहरु टल्केका।त्यो रमाइलो दृष्टिले समय गएको पत्तै भएन। बिहानको खानाखान वोलाइयो र खाना खाएँ। खाना पछि पोर्ख्यु डाँडामा लिएर गए।

 क़मस :-




मतहरू

phjcvsiei

????? ????? ????????? : ??????? ??? [url=http://www.g89v4j2dan85kw81p66o4sj0j6sf1l20s.org/]uphjcvsiei[/url] aphjcvsiei phjcvsiei http://www.g89v4j2dan85kw81p66o4sj0j6sf1l20s.org/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?