Thursday October 01, 2020

बेलायतमा राई दम्पतिद्वारा भीसी थापाको शालिक निर्माणमा आर्थिक सहयोग

३१ भाद्र, २०७७ शीतलपाटीन्युज डटकम। 1857


बेलायतमा राई दम्पतिद्वारा भीसी थापाको शालिक निर्माणमा आर्थिक सहयोग

“धनको चाहाना छैन,मन साझा भए पुग्यो ।
धुरी चाहिन्न धनको, खाली पेट भरे पुग्यो।”

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतको अल्डरसटमा निर्माण हुन लागेको भिक्टोरिया क्रसद्वारा सम्मानित हवल्दार कुलवीर थापाको शालिक निर्माणका लागि नरेन्द्र राई दम्पतिद्वारा आर्थिक सहयोग गरेका छन्। किरॉंत राई यायोख्खा, बेलायतका केन्द्रीय सदस्य नरेन्द्र कुमार राई र एनआरएन युकेकी पुर्व उपाध्यक्ष एवमन वर्तमान एनआरएनएकि केन्द्रीय सदस्य शुसीला राईद्वारा रकम सहयाेग गरेका हुन्।

 


‘कुलवीर थापाको शालिक निर्माणका लागि एकहजार पन्ध्र (१०१५.००) पाउण्ड स्टर्लिङ सहयोग गर्छौ भनेर म र मेरो श्रीमान नरेन्द्र राईले प्रतिवद्धता गरेका थियौं’, सो सहयोग आज गरेका हौ, शुशीला राईले भन्नु भएको छ। निर्माण अवस्थामा रहेको यो स्मारकलाई प्रतिवद्धता अनुसार सहयोग पूरा गर्न पाउँदा खुशी लागेको छ भन्नु भएको छ।

 


गोर्खा मेमोरियल शालिक निर्माण परियोजना टीम मात्र नभएर समाजमा गरिने यस्ता महान कार्यमा साथ रहने बताउँदै श्रीमती राइले “जो जसले यो शालिक निर्माण परियोजनाको परिकल्पना, सुरुवात र पूरा गर्नुभयो उहाँहरुलाई हाम्रो हार्दिक नमन छ” भन्नु भएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?