Saturday May 08, 2021

छोटो मिठो मेरो विचार : हाम्रो शहर

१ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1275


छोटो मिठो मेरो विचार : हाम्रो शहर

उमेश रेग्मी।

"फेरि बत्ति गयो। यो बत्ति पनि कति गइ रहन्छ ? यसरि झ्याप्प झ्याप्प गैरहनु भन्दा त बल्दै नबलेको राम्रो" श्रीमतीजीले भान्छा बाट नै आफ्नो दिक्दारी ब्यक्त गरिन।

 


"देशको राजधानी रे ताल छ यस्तो। बजारको भाउ बढ्या बढ्यै छ। शहर जताहेर त्यतै दुर्गन्धित अनि अस्तव्यस्त। मोटर गाडीको संधै घुइचो। धारामा पानी नआको दुइ बर्ष भैसक्यो, ट्यांकर बाट किनेर पिउनु पर्छ। के मात्र सहनु हो ?" उनको दिक्दारी जारी नै थियो।

 


"अब के गर्छौ त ?" मैले केहि सम्झाउने हेतुले भने, "कतिपय कुराहरु सरकारी तवर बाट हुनु पर्छ। जनताले गरेर हुँदैन अनि सकिदैन पनि। राष्ट्रिय योजनाका कुराहरु जनताको पहुँच भन्दा बाहिरको कुरा हो। हामी आम जनताले त सरकारलाई घच्घच्याउने मात्र हो।" मेरो बोली सक्केको पनि थिएन उनि निक्कै आवेगमा आएर बोलिन "के को सरकार, कसको सरकार ? सरकार भनेको त जनताको लागि हुन्छ। उनीहरुको सेवाको लागि हुन्छ। यहाको सरकारले के गरेको छ हाम्रो लागि ? सबै आफ्नै भुडी भर्न मात्र तल्लिन छन्। चुनाबको बेलामा फोस्रा आश्वासनहरु दिएर जनताको आँखामा छारो हाल्ने यस्ता मान्छेहरुले सरकार चलाएर हुन्छ ? यिनीहरु त कारागार भित्र हुनु पर्छ।"

 


मैले उनिलाई फेरी सम्झाउने चेष्टा गरे "आवेगमा आएर अनाबश्यक कुरा गर्न मिल्दैन श्रीमतीजी। केहि मान्छे नराम्रा थिए होलान, अहिले पनि छन् होलान तर त्यसको मतलब सबै नराम्रा हुँदैनन्। सबैलाई काम गर्ने अवसर  दिनुपर्छ। बिरोध मात्र गरेर देश विकास हुँदैन।"

उनीले मलाइ उल्टै दोष थोपार्न थालिन। "घुष खाने पनि चोर, सघाउने पनि चोर अनि दिने पनि। अपराध गर्ने र सघाउने दुवै अपराधी। गलत चिज देख्दा पनि केहि नबोल्ने हजुर जस्ता मान्छेहरु समाजका सबै भन्दा ठुला सत्रुहरु हुन्। त्यसैले त हाम्रो देश अनि शहर दिन प्रति दिन जिर्ण हुँदै छ।" उनि थप्दै गईन "यहाँ जसले जे गरे पनिहुन्छ, कसैलाई कसैको परवाह छैन। मर्ने मरिरहेकै छन्, मोज गर्नेको कमि छैन। गरिबको चुलोमा आगो बलोस या नबलोस, नेता र धनि भनाउदाहरुका घरमा पार्टी चलिरहेकै छ। के सहने, के हेर्ने, कति चुप लागेर बस्ने ?"

उनको रोष निकै चर्को अनुभव गर्दै थिए। सबै सत्य नै त भनिन उनले। उनको बोल्ने क्रम जारी नै थियो। म सुनी रहे।

"यो शहर कस्तो थियो हामी आउँदा। स्वर्ग जस्तो, जताततै हरियाली। सुन्दर खेतका पाटाहरु, सेता हिमाल, स्वच्छ खोला नाला, हेर अहिले छ्या छ्या, बाटोमा हिड्दा निस्सासिन्छु म त। फेरि सबैलाई यहि बस्नु परेको। कसले गर्दा यस्तो भो ? कसलाई दोष दिने ? सरकार चलाउनेले त्यो योजनाहरु किन ल्याउन सकेन बेलामै जसले गर्दा शहर बचाउन सकिन्थ्यो। खैर यो शहर त बिग्रियो बिग्रियो, देशका अन्य शहरहरु बचाउने पहल खै ? आफ्नै भुडी भर बस। हैन हाम्रा जनताहरु पनि के भाका यिनीहरुलाई सजाय दिन सक्ने कोही छैनन् भन्या ? पशुपतिनाथले पनि कान थुनेर बस्या छन् कि क्या हो जति पुकार गरे पनि सुन्दैनन्।"

उनि सुस्ताइन। शायद मनको भड़ाश सबै पोखिन क्या रे।

म निकै गम्भीर भए। उनले औल्याएका हरेक बिषयमा सोच्न थाले। गल्ति खोज्न थाले। साचैनै हामीले हाम्रो शहर बिगारेकै हो। दु:खद नै सहि तर यसैलाई उदाहरण मानेर उनले भनेझै अरु शहरहरु बचाउने संकल्प गर्ने हैन र अब।

सरकारको हात र जनताको साथ भए के पो सम्भव छैन र !

लेखको शारांश यो कवितामा

काठमाडौँ

कालो धुवाँ बिच हेर हाम्रो शहर
धुलो मैलो अस्त ब्यस्त हाम्रो शहर
पतपत मुस्लो फ्याक्दै गुड्छ थोत्रो ट्याक्टर
राजधानी भयो आज दुषित शहर

दिशा पिसाब गर्ने ठाँउ बागमती किनार
खोला नाला साथै भयो दुर्गन्धित नहर
फोहोरको थुप्रो लाग्छ आठै प्रहर 
बिरोध जति गरेपनि छैन असर

महंगिदै गयो हेर हाम्रो बजार
पिडा, व्यथा कसले बुझ्ने, भयौ लाचार
नेताहरु मग्न बुन्दै दिनहु भ्रष्टाचार
बनाउ इनलाई थुन्न अब बलियो कारागार
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?