Tuesday October 20, 2020

बेलायतमा दोश्रो लक्डाउन हुने, पूरै "कोभिड मार्शल" लगाउने तयारी

२ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1436


बेलायतमा दोश्रो लक्डाउन हुने, पूरै "कोभिड मार्शल" लगाउने तयारी

रुद्र ढकाल हलोवाला,
लिभरपुल, लण्डन। ईजरायलमा  आज देखि पूर्ण रुपमा लागू हुनेगरी दोश्रो राष्ट्रिय लक्डाउनको घोषणा गर्दै अन्तराष्ट्रिय रुपमा नै यसरी घोषणा गरे लगत्तै बेलायतले पनि यस्तो लक्डाउनको तयारी गरेको हो।  

स्वास्थ्य बिशेषज्ञहरुका जाडोयामको शुरुवातसंगै अर्थात् अबको एक महिनापछि बेलायतमा डरलाग्दो रुपले कोरोनाको महामारी फैलने सम्भाबना भन्दै अहिले देखि नै कडा रुपमा "कोभिड मार्शल  (CoViD Marshall)" लगाउने तयारी भएको छ। पहिलो चरणमा ईङ्ग्ल्याण्डमा यो हप्तादेखि नै ६ जना भन्दा बढी पारिबारिक जमघट हुन नपाईने "Rule of 6" लागू हुने भएको छ। यो रुल अफ सिक्स "Rule of 6" भङ्ग गर्नेलाई शुरुमा £१०० र पटकेमा परे £३२०० सम्म जरिबाना तोकिएको छ। स्कूल र कलेजहरुको पठन पाठन भने अन्लाईनको विकल्प सहित अर्को मापदण्ड अर्थात् 'Circuit break' अनुसार चल्नेछ। तर बेलायतको उत्तर पश्चिमी सानो शहर ब्ल्याकपुलमा भने यो नियम लागू हुने छैन। 

कोरोनाले अब विश्व अर्थतन्त्रलाई पूर्ण रुपले अन्लाईन अर्थात् डिजिटलाईज्ड गर्ने अनुमान गरिएको छ। यसकालागि बिकसित राष्ट्रहरुले फाईभ-जी नेटवर्क तथा आर्टिफिसियल ईण्टेलिजेन्सको अधिकतम् सदुपयोग गर्ने गरी भित्रभित्रै गृहकार्य पूरा गरिसकेको सूत्रहरुले जनाएको छ।

बिबिसी रेडियो फोरको श्रोतका अनुसार बेलायतमा ५० बिलियन पाउण्ड स्टर्लिङ्ग नगद हराईरहेको दाबी गरिएको छ। तर अबको लक्डाउनले उक्त पैसा कहाँ अड्किएको छ भन्ने सजिलै पत्तालगाउने आशा समेत् गरिएको छ।  
 




मतहरू

Victorblert

Zvswff trbwnh cialis buy cheap cialis ordering cialis online Ppgqxb cnnkst price cialis tadalafil online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?