Saturday October 24, 2020

घान्द्रुक संस्मरणमा : बुझ्दै गर्दा

४ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1519


घान्द्रुक संस्मरणमा : बुझ्दै गर्दा

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
 मेश्रम बराह माबि, घान्द्रुक, कास्की।


हेड सर। तपाइलाई मान्छे लिन आउँछ भन्दै सबै भलादमीहरु  उठेर गए। म त्यो स्कूलको डाँडातिर हेरेरै वसेँ।  अनि शोचाइ आयो  न स्कूलको स्विकृति छ न भवन राम्रो न विद्दार्थीहरु धेरै छन्। कसरी शुरु गर्ने  भन्ने कल्पनामा थिए।  त्यही समयमा  घरको भाउजुले कफि खा है सर भन्दै दिनु भयो। अनि कफि तान्दै मैले शोचे। समस्या मानिसको निम्ती अभिशाप होइन यो त प्रगतिको खुड्किलो मात्र हो। "चुनौतीले वास्तवमा भाग्यमानिको ढोका मात्र घचघच्याउँछ।

जो भाग्य मानि छ उसलाई  समस्या आई रहन्छ, त्यलाइ उसले शुल्झाऊदै जान्छ, मूर्खहरु यसवाट भाग्छन्। मानिसले वच्चै देखि सामना गर्नु पर्ने यहि हो। यस्तो शोच चलिरहेको थियो स्कूलबाट सरहरु सबै आए। एकछिनको कुरा कानी पछि सरहरु घर तिर लागे।

 


घनराज र म  डाडा गाऊतिर  लाग्यौ। हामी डाडाघर पुग्यौ। डाडा घरका घर धनी सुन वहादुरजी वाहिर हुनुहुदो रहेछ। वहाँले हामीलाई स्वागत गर्दै घर अगाडिको धन्सारमा लैजानु भयो। वहा दिनको मिटिङमा हुनु हुदो रहेछ,मैले यादै गरिनछु। अनि चल्यो मिटिङ्को कुरा। मिटिङ् तिनकुरामा केन्द्रित भएको कुरा मैले थाहा पाए त्यहा। एउटा हेडसरको डेरा, अर्को अर्थ शङ्कलन, तेश्रो बाहिर गएका विद्यार्थि फिर्ता वोलाउने। कुरा त मैले केही वुझेको थिए स्पश्ट त्यही बुझेँ । गुरुङ्हरु चर्को नबोल्ने एउटाको कुरा अर्कोले झट्ट न काट्ने स्वभावका  हुदा रहेछन्। त्यो स्वभाव भने मलाई  मन पर्यो। कुरा हुदै रहदा घरको जेठी छोरी गुमाले चिया लिएर आइन्। चिया रहेछ मोथेको। घिउ,नुन र चिया राखि ढुम्मोँमा मोथेको। नौलो स्वाद मलाई त मन पर्यो। चिया पछि घनराज घ्याङ्ले तिर लागे।

घरवेटी घर तिर म पल्टेँ। केही समय पछि  घरको छोरा अर्जुन खाना खानको लागि वोलाउन आयो। अनि म खान खान गए। खानामा दुई टुक्रा सुकुटी माशु भने मिसिएकै रहेछ। मैले भान्छे आमालाई  सोघेँ  केको शुकुटी हो यो? केको शुकुटी हुनेनी तिमी त बाहुन मान्छे खसीकै भयोनी। वहाँले भन्नु भयो। रसिलो खाना खाँदै गर्दा मलाई मेरै घरको बारेमा धेरै प्रस्नहरु आए मैले सवै प्रस्नहरुको उत्तर दिए। अर्जुनको आमा प्रस्टवादी हुनु हुदो रहे छ। मलाई त रमाईलो लाग्यो। छोरा छोरी पनि रसिला। मलाई त आफ्नै परीवारमा वसे जस्तो लाग्यो। खाना पछि अर्जुनको वावा मेरो कोठामा आऊनु भयो लवु ओडेर। जाडो छ सिरक ओडेर वस सर भन्दै। केही समय कुरा कानी भयो। वहाँले भोलि विहान मिन वहादुर सिङ्रिराज, चिजवहादुर,टेकवहादुर आऊछन् तिमी र म पनि उनीहरूको साथमा जानेहो अर्थ सङ्कलनको लागि भन्दै सुत्न जानु भयो  म पनि सुते।




मतहरू

ngikkjoync

what happens if a woman takes viagra how much does viagra cost viagra meme

Victorblert

The humps in your gut can oblige your regional. cialis online Overstrain paperweight from along in years pro or people


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?