Tuesday October 20, 2020

बेलायतबाट मन्जु भन्डारी अनेसास केन्द्रीय महिला समितिमा मनोनित

६ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1083


बेलायतबाट मन्जु भन्डारी अनेसास केन्द्रीय महिला समितिमा मनोनित

शीतलपाटीन्युज डटकम।
लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महिला समितिमा बेलायतबाट मन्जु भन्डारी  मनोनित हुनु भएको छ। आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिंदै बेलायतबाट भन्डारीलाई मनोनित गरेको हो।

बेलायतमा रहेर साहित्य सिर्जनामा सक्रिय भन्डारी अनेसास यूकेकी सचिव पनि हुन्। अनेसास केन्द्रको महिला समितिका अन्य सदस्यहरूमा रजनी श्रेष्ठ डिसी, अमेरिका,लतिका जोशी सिल्गुडी भारत, सीता बराल पोर्चुगल,आचार्य प्रभा कोलोराडो अमेरिक, गीता रेग्मी नेपाल, माया केसी कतार, बिष्णा बिरही सिकागो,अमेरिका,कमला न्यौपाने कान्सास  अमेरिका,गीता बजगाईँ क्यालिफोर्निया अमेरिका, रिजा प्रधान पर्थ अस्ट्रेलिया,शारदा पौडेल ‘निशा’ स्पेन, निर्मला राई टेक्सास,अमेरिका, सबिना रेग्मी जापान, जानुका ढुंगेल फ्लोरिडा,अमेरिका छन्।

यसैगरी समितिले शान्ता अधिकारी घिमिरे न्यूयोर्क, अमेरिकालाई नवरत्न पुरस्कारका लागि संयोजकमा मनोनयन गरेको छ। अनेसासले समितिको स‍ंयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकिएको थियो।
 




मतहरू

Victorblert

detects Cuscuta withstand silicosis that starts having vivacity and urine. generic cialis without a prescription Hskvfl bizlcf


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?