Tuesday October 20, 2020

बेलायतमा कर्फ्यू घोषणाले कोरोना संक्रमण रोकियला

६ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1152


बेलायतमा कर्फ्यू घोषणाले कोरोना संक्रमण रोकियला

शीतलपाटीन्युज डटकम।
लण्डन । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बेलायत सरकारले नयाँ योजना सार्वजनिक गरेको छ । संसदमा आज अपरान्ह ती योजना प्रस्तुत गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल नियन्त्रणका लागि सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले सम्भव भए घरबाटै काम गर्न कामदारहरुलाई अनुरोध गरेका छन्। यस्तै अनिवार्य मास्क लगाउनुपर्ने तथा रुल अफ सिक्स अर्थात ६ जनामात्र भेला हुन पाउने नियम कडाईका साथ पालना गर्न भनिएको छ ।

नियम उल्लंघन गरेमा २ सय पाउण्डसम्म जरिवाना गरिने बताइएको छ। यस्तै इङल्याण्डमा बारका कर्मचारी, पसलका कामदार, रेस्टुरेन्टका वेटर , ट्याक्सी ड्राइभरहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ। पव, रेस्टुरेन्टहरुमा राति १० बजेदेखि कर्फ्यू घोषणा गरिएको छ ।

यो नियम पर्सी बिहिबारदेखि नै लागू हुनेछ। यसअघि वैवाहिक समारोहमा ३० जना उपस्थित हुन पाउने नियम संशोधन गरी १५ जनासम्मको सीमा तोकिएको छ। अन्तिम संस्कारमा भने ३० जनालाई नै भेला हुन दिइने भएको जनाइएको छ। नयाँ प्रावधानहरु ६ महिनासम्म रहन सक्ने बताइएको छ ।

संक्रमण नियन्त्रणमा लागि आवश्यक परे सेना परिचालन सम्म गर्न सकिने जनाइएको छ। प्रधानमन्त्री जोन्सनले थप प्रावधानहरु सहित स्थानीय समय अनुसार आज राति ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।




मतहरू

Victorblert

that your serene APAP department blocks all patients of this. generic cialis Vxthkq njywon cialis online tadalafil 5mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?