Tuesday October 20, 2020

गरीबी उन्मूलनमा चीनको प्रयास

७ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1064


गरीबी उन्मूलनमा चीनको प्रयास

माधव रेग्मी,
स्कटल्याण्ड।

यतिबेला कोभीड़-१९ को महामारिले संसार क्रोधित बनेको छ। यो महामारीले विश्वभरिको बढ्दो जनसंख्यालाई झनझन गरीवीमा तानिरहेको छ एकातिर भने अर्कोतिर जहाँबाट यो महामारी सृजित भयो भनियो त्यो मुलुक, दुनियाँ महामारिसंग भिडेको बेला, आफुलाई कसरी महामारी र गरीबीको खाडलबाट उन्मुक्ति दिलाउने भन्नेमा दत्तचित्त लागि परेको छ। चीनको महामारीसँग भिड्न गरेको उपलब्धि र गरिबी विरुद्ध लड्न गरेको प्रयासले आज बिश्वलाई तरंगित मात्र बनाएको छैन, उस्ले गरीबी न्यूनीकरणको विश्वव्यापी आन्दोलनमा समेत योगदान पुर्‍याएको छ अनि अन्तर्राष्ट्रिय समुदायको लागि व्यावहारिक महत्त्वको एक अग्रणी उदाहरण पनि स्थापित गरेको छ।

सन २०१० पछिको १० बर्षको आँकडालाई मात्र हेर्ने हो भने पनि चिनले गएको १० बर्षमा जनसँख्याको करीब ७०% अर्थात लगभग ८० करोड मानिसहरूलाई गरिबीबाट माथि उचाली सकेको छ जुन तथ्यांक विश्व बैँक र संयुक्त राष्ट्रसंघले जारी गर्ने विश्वव्यापी गरीबी उन्मूलनको प्रक्षेपणको तथ्यांकको हाराहारी हो। चीन एक्लैले गरेको यति ठुलो गरीबी निवारण सम्बन्धी आन्दोलन बिश्व इतिहास मैं नमन गर्न योग्य एक नतीजा हो। यो बर्षको अन्त्य सम्ममा चीनले आफ्नो ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब मानिसहरुको संख्यामा उल्लेख्य कमी गरेर निरपेक्ष गरीबीको रेखामुनि सबैभन्दा कम जनसँख्या रहने मुलुकमा विश्वमै पहिलो बनाउँदैछ। चीनको जनसंख्यालाई आधार मान्ने हो भने चिनले हासिल गरेको यस्ता उपलब्धिहरूले गरीबी निवारणको विश्वव्यापी प्रयासलाई धेरै ठुलो योगदान पुर्‍याएको मात्र छैन, एउटा मुलुकले आफ्नो गरीबी उन्मूलन गर्दा, यसले विश्व समुदाय विशेष गरेर पश्चिमाहरुले आलोचना गर्ने गरेको चिनियाँ जनताको मानव अधिकार सम्बन्धी मुद्दालाई पनि मत्थर पारिदिएको छ।

गरिबी निवारणका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्न हालैको महामारिका बीच अब मुश्किल हुने छ भनेर संसारका अर्थशास्त्रिहरुले चिन्ता जनाइराखेका बेला चीन एक्लैले गरेको उपलब्धि देख्दा बांकी दुनियाँ बिशेष गरेर अमेरिका र यसका सहयोगी मुलुकहरुले चिनले लिएको सामाजिक, राजनैतिक र आर्थिक नीतिमाथि गर्ने गरेको आलोचना केहि मत्थर हुन थालेको छ। यद्यपि संयुक्त राष्ट्रसंघले भविष्यवाणी गरिरहेको छ कि यो कोभीड-१९ को महामारीले विश्व जनसँख्याको बढ्दो हिस्सा गरीबीमा फस्नेछ भनेर भनिरहंदा चीन भने आफुलाई गरीबीको यो महामारी पार लगाउन विश्व आलोचना र आर्थिक नाकावन्दीका बीच पनि सफल बन्दै गईरहेको छ।

अब प्रश्न उठ्छ की, के चीनले लिएको आर्थिक, राजनैतिक एबं सामाजिक मार्गले गरीबीको बारेमा विश्वव्यापी चिन्ता कम गर्न मद्दत पुर्‍याउँछ त? उत्तर स्वाभाविक छ, पुर्‍याउँछ। चिनले सन १९९० पछि लिएको राजनैतिक एबं आर्थिक उदारीकरणको बाटो नै आज चिनले गरेको उपलब्धिको श्रेय हो। यदि गरिबी उन्मूलन गर्न चीन जस्तो ठूलो र पहिले निकै गरिबहरु भएको देशमा सकिन्छ भने, अन्य देशहरु पनि आशा गर्छन् कि उनीहरु पनि यो गर्न सक्छन्।
गरिबी निवारण चीनको विकासको द्योतक हो किनकि यसले देशको शासन प्रणालीले वास्तवमा यो काममा कति भूमिका खेल्छ र यसले आर्थिक एबं मानवाधिकारको बिश्वब्यापी मान्यतालाई कसरी आत्मसात गर्छ भनेर देखाउँदछ। चीनको अनुभवले यो पनि देखायो कि गरीबी उन्मूलनका उपाय देशको आफ्नै राष्ट्रिय अवस्थामा आधारित हुनुपर्दछ र यस्का लागि मुलुकको सम्पूर्ण तप्काका समुदायहरुको संलग्नतामा मात्र सम्भव छ। गरीबी निवारण परिणामहरूलाई अधिकतम बनाउन बेइजिंगले गाउँ र परिवारका विभिन्न परिस्थितिहरूको आधारमा विभिन्न किसिमका बिकासे र सामाजिक समुहहरुको संरचना 'उपभोक्ता समूह' निर्माण गरेको छ जुन हाम्रो जस्तो गरीब मुलुकको लागि एउटा उदाहरण हुन सक्छ।

चीनको गरीबी उन्मूलन कारणमा अन्तर्राष्ट्रिय संलग्नताले पनि महत्वपूर्ण भूमिका खेलेको छ। जस्तो की संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र विश्व खाद्य कार्यक्रम जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको चीनलाई दह्रो समर्थन प्राप्त छ। हालै कोरोना महामारिका बेला संयुक्त राज्य अमेरिकाको बिरोधका बाबजुद विश्व स्वास्थ्य संगठनले चीन प्रति देखाएको सदासयतालाई पनि यस्को उदाहरण मान्न सकिन्छ, जस्का कारण, विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिंदै आएको अनुदानमा कटौती हुनु र चीनले उक्त कटौतिलाई क्षतिपूर्ति हुने गरि आर्थिक सहायता दिनुपरेको छ। चिनले पनि विश्वव्यापीरुपमा गरीबी निवारणमा भौतिक, आर्थिक एबं आफ्ना कर्मचारीहरू अफ्रीकी, एशियाली गरीब मुलुकहरूमा पठाएर सक्रिय भूमिका खेलेको छ।

चीनको यस किसिमको गरीबी निवारण सम्बन्धी नीतिबाट के कुरा स्पष्ट हुन्छ भने एकपक्षीय र संरक्षणवादले गरिबी न्यूनीकरणको विश्वव्यापी आन्दोलनमा कुनै खास प्रगति हुने छैन। बरु यस्ता किसिमको अन्तराष्ट्रीय वित्तीय संस्थाहरुको संरक्षणले गरीबी निवारण हैन की गरीबी संरक्षण मात्र हुने छ। कुनै आन्तरिक या बाह्य द्वन्द नभैकन मुलुक शान्त रहनुपर्दछ अनि यो पनि महसुस हुनुपर्दछ कि खुला, उदार र निस्वार्थ सहयोगले मात्र हामी हाम्रो गरीबी निवारणको अभियानलाई अगाडि लैजान सक्छौं। यहाँ चीनको गरीबी निवारण सम्बन्धी अभियानबाट के पनि बुझ्न सकिन्छ भने, राजनीतिक छनौटले मानिसहरूलाई मानवाधिकारका हरेक विषयमा सचेत गराउँछ, गरीबी भनेको केवल आम्दानीको अभाव मात्र होइन, त्यस्तो अभावमा बस्न बाध्य बनाउने राजनैतिक प्रणाली अँगाल्नु पनि हो जुन चिनले १९९० सम्म अँगालेर त्यस्पछि त्यागेको थियो।

चीनले बिगत दुइ दशक देखी अंगालेको गरीबी न्यूनीकरण सम्बन्धी प्रयासहरू साह्रै सह्रानिय छ, जस्का कारण आज उ संसारकै उच्च आर्थिक बृद्धि भएको देश र संभवत ३० को दशक भरी आर्थिक साम्राज्य उसैको वरिपरि रहनेछ। हुन त गरीबी निवारण कहिल्यै पनि अन्त्य हुँदैन किनभने दैनन्दिनको जनसंख्या बृद्धि, प्राकृतिक श्रोतहरुमा कमी, उत्पादनमा ह्रास, आन्तरिक र बाह्य द्वन्द यी र यस्ता कारणहरु गरीबी निवारणमा अझै पनि सम्पूर्ण विश्वको लागि दीर्घकालीन अवरोधका रुपमा रही नै रहन्छन्। यी सबका बाबजुद पनि यदि दृढ राजनीतिक इच्छाशक्ति, लक्षित नीति र अन्तर्राष्ट्रिय सहकार्यकोसाथ मानवअधिकारका मूलभूत मान्यतालाई अंगीकार गर्ने हो भने बिशेष गरेर अल्प बिकसित र बिकाससिल राष्ट्रहरुले झेलीरहेको यो साझा चुनौतीको सामना गर्न सकिन्छ। सबैको जय होस्।




मतहरू

Victorblert

Jauvuy zzkuui cialis dose is lock fixed


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?