Tuesday October 20, 2020

घान्द्रुक मेरो अनुभव र संस्मरण ४

७ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1213


घान्द्रुक मेरो अनुभव र संस्मरण ४

तोयानाथ पौडेल,

संस्थापक प्रध्यानाध्यापक

 मेश्रम बराह माबि, घान्द्रुक, कास्की।


बिहानको ५ वजे उठेँ। कोल्टो फर्केर झ्याल खोलेँ। आँखामा अन्नपूर्ण र माछापुछ्रे  हिमाल देखा पर्यो।मौषम सफा थियो। मेरो आँखाको ज्योती त्यही दृश्यमा टाँसी रह्यो। सायद आँखाले अन्नपूर्ण श्रृङ्खलाको दृस्यपान गरी रहेको होला। सिरकले  शरीर  ढाकेको  रहेनछ। ध्यान जति हिमालमा थियो। चिसो भएपछि मात्र थाहा पाए। यो आँखा कस्तो छ भने आफूलाई आनन्द आए पछि शरीरलाई जे कुकै होस्। शरीरका अङ्गग पनि स्वार्थि हुदा रहे छन्।

यसै वीच दिमाग आफ्नै गाऊँ घार्मि तिर दौड्यो। अनि तुलना गरेर हेरेँ। दुवै ठाऊको जमिनको धरातल एउटै एउटै जस्तो छ। हावा पानी  वनस्पति पनि उस्तै उस्तै।उचाई भने फरक। घान्द्रुकमा गुरुङहरुको वाहुल्य छ भने घार्मिमा वाहुनको। घार्मिबाट हिमाल टाढा देखिन्छ भने धान्द्रकबाट नजिक। घान्द्रुकवासीको आहार विहार र घार्मिबासिको  आहारविहारमा फरक। भेष भूषा पनि फरक। घर्म पनि फरक। घान्द्रुकवासी  वौद्दमार्गी हुन् भने घर्मेलीहरु हिन्दू। तैपनि गुरुङ्मामा  हिन्दू प्रति पनि श्रद्धा पाए मैले। गुरुङ बाहेकका मानिसहरु भने हिन्दू नै मान्दारहेछन्। विचारमा भने गुरुङ र वाहुनमा  फरक । सोच्दा सोच्दै ६ बजी सकेछ। बिस्तराबाट वाहिर आए। विहानको दैनिकी सके अनि अर्जुनले मधेको चिया, आलु छोप दियो। भद्रभलादमीहरु  जुटी सकेको थाहा भयो। सुन् वहादुरजी र म पनि तयार भय्यौ। हिड्ने वेलामा अर्जुनले लवुँ  दियो। म ओड्न  लागको थिए   अर्जुनको वावाले ओढाइदिनु भयो यसरी ओढ्ने भनेर। थाइलाको घरको डिलमा भलाहदमिहरु जुटी सकेको थाहा पायौ हामीले। हामी पनि घरबाट ओरालो लाग्यौ।

 


भद्भरभलादमीहरु जम्मा भई सकेकका रहे छन्। एक छिन कुरा कानी भयो। त्यहाँबाट त्यो गैरागाउ देखिँदो रहे छ। म त त्यो गाऊको अनौठो दृश्य हेरीरहे। वहाहरुले अलि समय कुरा कानी गर्नु भयो। सायद कुनकुन घरमा जाने भन्ने होला। मैले के अनुमान गरे भने अहिले लाई ५,५ हजार सापट लिने पछि स्कूल स्वीकृत भए पछि फिर्ता गर्ने  भन्ने हो कि ? मलाई त्यस्तै लाग्यो, कोट्याउन भने कोट्याइन। वास्तवमा चन्दा स्वेच्छाले दिने  कुरा हो। जसलाई इच्छा छ उसले दिने हो। चन्दा दाताले नवुझेमा त दवाव पनि दिन पर्यो। काम त रोक्न भएन। टोली अगाडि बढ्यो। लामा दम वहादुरजीको घरमा प्रबेश गर्यो। लामा रमाइलो खालको मान्छे हुनु हुदो रहेछ। हाँस्तै आउनु भयो,टोलिको अगाडि। वोलाउनु भयो,औ वावु? वावु भनेको मिन वहादुरजी लाई रहेछ। अनि हरेक हरेकसँग औम सोल्टी आगी मामा आदि आदि शव्दका उच्चारण भए त्यहा लामा दमले खभूज वोमे? भन्नु भयो। वोमे क़थेव खयो मै हजार ङ पिन् ओ स्कूल लैवा, भन्नु भयो मीन वहादुरजी ले। लामा ठूलो हाँसो हाँस्नु भयो। घरवेटी आमा भाङ्ग़ाको तानमा हुनु हुन्थ्यो। के कुरा भयो थाहा भएन वहा उठेर भित्र जानु भयो। पैसा ल्याए नगनी कन टेक वहादुरजी लाई दिनु भयो। त्यो क्षणमा मेरा आँखा घर भित्र छिरे। भित्र त ठूलो वुद्दको मूर्ति सजाएको अनि वुद्दका फोटैफोटा लामाले प्रयोग गर्ने गान वजानका सर सामानहरू मलाई त घरै वुद्दमय लाग्यो। अनि टोली सिँगराजजीको घरमा पुग्यो। त्यहा पनि घर वेटी आमा तानमानै हात चलाई राख्नु भएको थियो। टोली देख्ने क्षणमै काम वन्द गरे र घर भित्र जानु भयो। पैसा दिनु भयो टेकाको हातमा। अनि चन्द्र वहादुरजीको घरमा त्यहा पनि घरको आमा तानमै।वहा पनि जरक्क उठेर आमाले पैसा दिनु भयो टेकको हातमा। टोली वाल कृष्णजीको घरमा म भने चन्दजीको घरमा काम्लो वनेको हेरी रहे। अनि टोलि फर्क्यो वाटोमा वीरवहादुर रामेश्वरहरुसग भलादमीहरूको कुरा भयो।

मान्छेहरू प्राय सडकमा निक्ले। कुरा जती सवै वीचमा नै भयो घर घर जान परेन। उनीहरूसँग कुरा हुदा मेरो मनमा कल्पना आयो। कुन धनी कुन गरीव  सवैको आँङमा एकै नासको कपडा कछाड टोपी भोटो भाङ्ग़्रा सवैका घर एकै नासका सवैको घरमा तान झुड्डिएकै छ, कस्लाई घनी भन्ने कस्लाई गरीव। मान्छे कस्ता भने कसैको कुरा झट्ट नकाटे आफ्नो कुरा कसैलाई न भन्ने खालका। अनी टोली घ्यान्लेतिर उकालो लाग्यो। सुनवहादुरजी र म घर तिर लाग्यौ। खाना पछि म स्कूल गए। मैले थाहा पाए घ्याङ्लेमा डिलमान, प्रेम वहादुर, कृष्ण सँग भेट्दै माझ गाऊमा पुगे छ टोली। त्यहा खुसीमान, समवहादुर लगाएत सवै भेटेको खवर पाँए। वेलुका स्कूल सकेर पन्चे वजारमा निक्लेको त त्यहा मीन वहादुर सहितका भलाद्मीहरु रहे छन्। मीन् वहादुरजीले भन्नु भयो, तपाई र वुध्दि वहादुर पैसा लिएर शिक्षा कार्यालय पोखरा जाने त्यहा पैसा जम्मा गरेर कागज लिएर आउने भन्नु भयो। अलि समयको कुरा कानी पछि म डेरामा गए 


क्रमस - - ५ आउदै




मतहरू

Shreeram subedi

its a wonderful record of the history of establishing a school in a remote but heavenly village.

Rekha Poudel

I am excited to read more. I enjoyed reading about a beautiful village and history of the public school.

Rekha Poudel

I am excited to read more. I enjoyed reading about a beautiful village and history of the public school.

Kamaro Radhedhyam

Description of the Gurung community is very lively.your expression is short & sweet. Waiting to read the collection be published .

Victorblert

talented 1 to mexican pharmacopoeia online steadfast to state sexually. canadian pharmacy cialis discount cialis it is one of the forward and unequivocally


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?