Tuesday October 20, 2020

बेलायतका लागि नयां राजदूतमा मुख्य सचिव लोकदर्शन रेग्मीको चर्चा

८ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1159


बेलायतका लागि नयां राजदूतमा मुख्य सचिव लोकदर्शन रेग्मीको चर्चा

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल भब्यताका साथ अक्टोबर महिनामा सकिने भएपछि उनको जिम्मेवारी कसले सम्हाल्छ भन्नेबारे आम चासो बढेको बेला बेलायतका लागि नयां राजदूतमा मुख्य सचिव लोकदर्शन रेग्मीको चर्चा बढेको छ ।

श्रोतका अनुसार, नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन आन्तरिक गृहकार्यमा जुटेको कारण बेलायतका लागि नयां राजदूतमा मुख्य सचिव लोकदर्शन रेग्मीको चर्चा चलेको हो। सरकारले मुख्य सचिव रहेका लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर उनलाई बेलायतको राजदूत बनाउने तयारी गरेको समाचार आयको छ। निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा परराष्ट्र सचिव बैरागीलाई लैजाने सम्भावना छ । मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि बैरागीले बाजी मार्ने चर्चा छ ।

मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिंदै छ । तर, उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको श्रोतको दाबी छ ।

बैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिने र मार्ग प्रशस्त गरिदिने छन्। तर रेग्मीले राजीनामा दिएनन भने बैरागी २२ असोजमा अवकाश जानु पर्ने छ ।

बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी आफ्नो कार्यकाल नोभेम्बरमा पुरा गरि फर्कने तयारी छन । अबको समय पुस्तक सम्पादन, गीत लेखन तथा म्यूजिक भिडियोमा व्यस्तता बढेको समाचारले पुष्टि गरेको छ।
 




मतहरू

Victorblert

Comment: To source room and systemic disease. buy cialis no prescription Rrfkya nxmjuj cialis 5 mg tadalafil generique


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?