Monday October 19, 2020

म : मेरो कविता

८ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1116


म : मेरो कविता

दीपक श्रेष्ठ,
लण्डन।

“म”

म सधैँ आफू खुसी गर्ने !
अरूले आफू खुसी गरेको पटक्कै मन नपर्ने !!

म आफूलाई सबैले  सम्मान गरोस भन्ने चाहने !
तर आफूले अरूलाई कहिल्यै सम्मान नगर्ने !!

अरूलाई सधैँ संस्कारी र नियममा चलोस्  भन्ने चाहने !
आफू चाहिं सधैँ संस्कार र नियमको उलङ्घन गर्दै हिँडने !!

म नेतृत्वमा पुगे भने,यो गर्छु र त्यो गर्छु भनेर भाषण दिदै हिडने ।
त्यो ठॉउमा पुगे पछि आफु पनि सिन्को नभाच्ने, अरू लाई पनि केहि गर्न नदिने।

अरूको खुट्टा तान्नु हुँदैन भन्दै अरूलाई अर्ति उपदेश दिने म !
मैले नै अरूको प्रगतिमा डाहा गर्ने !!

म कस्तो मान्छे ?

आफ्नो  श्रीमान अथवा श्रीमती अरूसँग बोलेको पटक्कै मन नपराउने।
तर आफू चाहिँ दशौ जना सँग मस्किँदै, लस्किँदै,  टासिॅंदै हिँडने।

अरूको बुबाआमा जाँड रक्सी खाएर हिँडेको सुन्न नसक्ने !
तर आफू चाहिँ सधैँ त्यसरी नै रात दिन बाहिर  हिँड्ने !!

अरुको आङमा जुम्रा हिँडेको देख्ने
आफ्नो आङमा चाहिँ भैँसी हिँडेको पनि नदेख्ने!

मैले आफूलाई सधैँ असल ब्यक्ति भन्ठान्ने” मैले “
एकपटक आफूलाई नियालेर कहिले हेर्ने ?

मेरो भित्री आँखा कहिले खुल्ने?

के म पनि मैले चाहेको जस्तै “ म” छु त ??

धन्यबाद ।

मेरो पहिलो प्रयास :))




मतहरू

Victorblert

several species of esophageal necrosis Remarkably men tawdry cialis online. cheapest price for generic cialis stand up to silicosis that starts having vivacity and urine.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?