Monday October 19, 2020

बेलायतका लागि नेपाली राजदुत दुबशु छेत्री पदकले सम्मानित

८ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1232


बेलायतका लागि नेपाली राजदुत दुबशु छेत्री पदकले सम्मानित

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतका लागि नेपाली राजदुत दुबशु छेत्रीज्यूले यहाँको नेपाली समुदाय र आफ्नो देश्को खातिर गरेका उल्लेखनीय र उम्दा कोटिका कामहरुले सबैको मन छोएको छ। महामहिम राजदूत क्षेत्री जस्तो अहोरात्र खट्ने,अबिश्रान्त ब्यक्ती बेलायती नेपाली समुदायले सायदै देखेको होला। नेपाली जाती,आफ्नो परम्परा र वाङमयमा रमाउने राजदूत क्षेत्रीले देश्को गरिमा बढाउने धेरै कामहरु गर्नु भएको छ, बेलायत लगायत अन्य देशहरुको समेत राजदूतको भुमिकामा रहेर अत्यन्तै सरल, निर्मल र बुध्दिमताका साथ आफ्नो कुटनैतिक चातुर्य प्रस्तुत गर्ने राजदूतको सुन्दर कार्यशैलिले सबैको मन छोएको छ।

 

देशको गरिमा बढाउने, बेलायत सङको मित्रतालाई दर्बिलो बनाउने, पारस्परिक सद्भाव र सहयोगमा जोड दिने काममा निरन्तर लाग्नु भएको राजदूत पछिल्लो समयमा kovid-19 बाट प्रभावित नेपालीहरुको दुखमा पनि मरिमेटेर सहयोगको खातिर अघि बढीरहनु भएको छ। यस्ता असल राजदूतको विनयशिलताले सबैको मन छुन्छ्नै। नेपाली भाषा  साहित्यको उथ्थान र अन्तरास्ट्रियकरण गर्न तन मन बचनले लागेका कर्मयोगी राजदूतको कारण नेपालीको शिर गर्वले उचो भएको छ। नेपाल सरकारले हालै सम्विधान दिवसको पावन अवसरमा नेपाल आमाका यी सुपत्रलाइ सुप्रबल जनसेवश्री पदकबाट सम्मानित गरेकोमा हामी हृदय देखि गदगद भएका छौ। उहाँका आगामी दिनहरु अझै उज्याला बन्न सकुन भन्दै हामी  उहाको सफल कार्यकालको कामना सहित बधाई  र शुभकामना अर्पण गर्दछौं। 

 


त्यस्तै बेलायतमा बसेर एक सफल व्यावसायिको रुपमा समाजसेवामा अहोरात्र खट्ने रबिजङ्ग लामिछाने सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनु भएको छ। बेलायतका नेपाली र नेपालमा आफ्नो बलबुताले भ्याएसम्म उदार मनले सहयोग गर्ने लामीछाने धार्मिक,सान्स्कृतिक कार्यमा सदैब सकृय रहि आउनु भएको छ। लामिछाने  देश, परदेशमा आपत आइपरेको बेला ठूलो आर्थिक सहयोग समेत गर्नु भएको छ। बेलायतको नेपाली  समुदायमा लामिछानेलाई उदारमना,उदार चित्त भएको असल ब्याबसायिको रुपमा चिनिन्छ। नेपाल सरकारबाट सम्मनित लमिछानेका आगामी दिनहरु अझ सुन्दर र प्रान्जल बन्न सकुन भन्दै हृदय देखिको बधाई  अनि शुभकामना।

त्यस्तै पूर्व गोर्खा एवम किर्तिमानी आरोही निर्मल पूर्जा पनि किर्तिमय राष्ट्रदीप चौथोबाट बिभुषित हुनु भएको छ। पूर्जाले १४ ओटा हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान कायम गरेका छ्न। नेपाल आमाको गौरव र महत्ता बढाउने यी सानदार ब्याक्तिलाई पनि हामी हार्दिक बधाई अनि शुभकामना अर्पण गर्दछौं।

खगेन्द्र पाठक
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान,
युरोप, शाखा




मतहरू

Victorblert

Blgesm nvftnx cialis generic cialis 1 3 organics detour for the own four


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?