Saturday October 24, 2020

घान्द्रुक मेरो अनुभव र संस्मरण ५

९ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1523


घान्द्रुक मेरो अनुभव र संस्मरण ५

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक, कास्की।

पन्चेबाट म डाडा घरतिर जादै थिए, बाटोमा उप प्रधानपन्च अमर सिँ गुरुङ भेटिनु भयो, वहाँले भन्नु भयो। स्कूल सकेर आयो मास्टर? मिठो स्वरमा भन्नु भयो। मैले अलि मस्केर हो हजुर भने। मेरो आवाजले त्यो घरको जेठी छोरी हेड सर हो? भन्दै बाहिर आइन्। मैले पनि झिनो स्वरमा हो वैनी भनै। उनले. भित्र आइजा सर चिया खान,भनिन्। मैले भो भो नानी भन्दै थिए, अमरजीले खाउन खाउ भन्नु भयो। पन्चायतको उपप्रधानपंच, गाउको भलादमी, सोच आयो, म त भित्र पसेँ। भित्र ठाउ चाक्लो रहेछ । एकातिर भान्छा अर्को छेउमा तान झुड्डिएको अर्को तिर वस्ने ठाऊ  केटाहरु रक्सि खाइ रहेका। मलाइ वस्न मन लागेन। दोकानमा उनको वावा भएको ठाऊमा गएर वसेँ। शुकले एक कप चिय दिइन्। म चिया खाँदै थिए पन्चजीले सुस्त सुस्त धेरै प्रस्न सोघ्नु भयो। मैले पनि शोच्दै उत्तर दिए‌ शुक त मलाई चिया दिएर तानमा  वसेकि मात्र थिइन्, वाहिर दुइ जना नानीहरु चिनी लिन आए। उनी जुरुक्क उठेर चिनी दिदै फिर्ता पैसा भोली लैजा है फूलकुमारी भनिन्।


अनि भित्र दौडिन् रक्सी थप्न। म पनि अमरजीसँग विदा मागेर वाहिरिए। बाटोमा मलाई धेरै सोच आयो  एउटा महिला रक्सी खानेलाई रक्सी चिया खानेलाई चिया सामान किन्नैलाई सामान दिने अनि समय रहे तानमा भन्ने शोच आयो मनमा। त्यो पैसा उनले किन भोली भनीन् त्यो समय नभएर होला भन्ने पनि लाग्यो। यस्ता मिहिनेती  महिला यो गाउमा प्राय सवैनै छन् होला भन्ने कल्पनामा डुव्दै कोठामा पुगेँ र कोठामा छिरे। कपडा चेन्ज गरेँर एक छिन पल्टेँ।खानाको समय भए छ,वोलावट आयो। खाना खान गए। खाँदै थिए घरको आमाले किन ढिलो मास्टर भन्नु भयो। बाटोमा उपप्रधान भेटे, मेरो त चिन जान थिएन वहाँले अन्दाज गरेरै होला मास्टर भन्नु भयो।‌ अनी एक छिन उभिएरै कुरा भयो। अनि ढिला हुनगयो।घरवेटीले विमारीको कारण  वहाँ बाहिर आउन भएको छैन भन्नु भयो। म आफ्नो रूममा छिरे। त्यो वेलुका घरवटी मेरो रुममा आउनु भएन। म पल्टेपछि समाजको वारेमा विभिन्न  शोच आयो। हरेक घरमा तान छ हरेक घरमा रक्सी पारीन्छ। काम्लो वेचेर पैसा, रक्सी वेचेर पैसा छोरा मान्छेहरु चोयाको काम गर्ने भकारी वुनेर वेचे पछि पैसा, त्यस्तै स्याखु डाला टोकरी चकटी वेचेरै पैसा, जागरीलो समाज रहेछ यहा। यस्तै सोचमा निदा परे छ।

विहान उठेँ आफ्नो दैनीकी सके। चिया दियो अर्जुनले चिया खाँदै थिए, अर्जुनको वावा कोठामा कति वेला जाने हो पोखरा भन्दै छिर्नु भयो। मिनवहादुरजीले शिकारीको भात खाएर जाओ भन्नु भएको थियो  भने। भन्योनी साहुले भन्नु भयो। आठवजे म तयारी भएर निक्ले,कोठामा खाना तयार भैसकेको रहेछ, खाना खाएँ। विदा भएर निक्ले बाटोमा। पन्चे पुग्दा त प्राय सवै शिक्षक र भलादमीहरु जम्मा भै सकेका। शिक्षकहरू सवैले मीनवहादुरलाइ दाई र वुद्दी वहादुरलाई कान्छा बा भन्दा रहेछन्। मैलेपनि त्यही भन्नलागे। मेरो पछि पछि घरवेटी पनि आइ पुग्नु भयो। एकछिन कुरा कानी भयो। अनि कान्छा वा र म ओरालो लाग्यौ। हिड्ने वेलामा मीन दाइले  'आव्चुँ  मै लेमु छ्यान्ले ह्यद्द औ,भन्नु भयो। मैले त वुझिन अन्दाज गरे राम्रो जाउ भनेको होला भन्ने। सरहरुले यात्रा शुभ होस् तपाईँहरूको भन्नु भयो। हामी ओरालो लाग्यौ। वीचमा आएपछि कान्छा वाले लानद्रुङ्गको बाटो जाऊ भन्नु भयो । हामी त्यही बाटो लाग्यौ। हामी १२ वजे लान्द्रुक पुग्यौ। कान्छा वाले 'मेरो ख्यालमा एक छिन वल वीसाउ है मास्टर भन्नु भयो । मेरो पनि गोडा दुःखेको थियो, हुन्छ भने्।

हामी केही समय पछि हिड्यौ।लान्द्रुकबाट घान्द्रुक गाउ सवै जसो देखिँदो रहेछ। त्यो समयमा म एक्लै थिए त्यसमा पनि पहिलो पटक त्यता घ्यान भएन।अहिले वल्ल सोघी सोघी हेरे। गफ गर्दै  पोतना पुग्यौ। वावाको झोलामा खिऊनी, चिउरा रहेछ। चिया सित त्यही खायौ। अनि ओरालो लाग्यो बाटोमा। मैले शोचेँ पोखरामा गुरुङ त मेरा साथी थिए। कलेज पढ्दा डा चन्द्र,डा जगमान,तोत्रमान जस्ता सँग सँगै पढेको हो। मैले गुरुङको आनी वानी चिनेकै रहेन छु। हुन त दिनमा एक छिनको भेट मात्र हुन्थ्यो। उनीहरूको वातारण त थाहा भएन नी मलाई। त्यही वीचमा एक छिन वल विसाऊ मेरो ख्यालमा मास्टर?भन्नु भयो। हामी सुईखैतको कुनामा पुगेका थियौ। त्यहा हेमजाको गुन्ज वहादुर दाईसँग भेट भयो।

कति छिटो पैसा बोकेर आएको भन्नु भयो। हिजो उठाइयो आज हिड्यौ दाई भने मैले। वहाँ पनि त्यति खेर जिल्ला विकासमा हुनु हुन्थ्यो। मीन वहादुरको र वहाको वीच कुरा पहिले नै भएको रहेछ। एक छिनको कुरा पछि गुन्जवहादुर दाइले राम्रो हेडमास्टर पाउनु भयो राम्रो चलाउन होस् वुद्दीवहादुरजी भन्नु भयो। मलाइ दाइले गुरुङहरुको र हाम्रो शोचाईमा फरक हुन्छ तोयनाथ वावू पहिला उनीहरुको भावना वुझेर काम गर्नु होला  तपाई सफल हुनुहुन्छ भन्नु भयो। जील्लाको वहाँ पनि वरिष्ठ सदस्य हुनु हुन्थ्यो, हस् दाजु भन्दै हामी हिड्यौ। हामी त्यहाबाट हेमजा हुदै पोखरा निक्ल्यौ ६ वजे। १० घण्टाको हिडाईमा हामी धेरै थाकेका थियौ। बेलुका घान्द्रुके माईलाको होटलमा वास वस्यौ।

क्रमस ..... ६ औ मा हेर्नुहोला।




मतहरू

Rekha Poudel

I am fortunate to know women impowerment in the Ghandruk village.

Radheshyam kamaro

The description of the beautiful village Ghadruk & the Gurungs are well presented . I find the ladies of the village are employed & they are making income by producing hand made crafts . Toya Nath has presented the behavior of the Gurungs . He finds them generous , healping each othe , cooperative & sociable . It seems that he deeply understands the Gurungs , their nature & style of leaving . I love to read more of his writings . Hope , the collection of his writings are published . Waiting to read more of his beautiful creation .

Usha

Wow...Ghandruk is really beautiful place. People of the place are energetic, helpful and co-operative. Well written article. Hands up for your memory. Keep on writing...people are eager to hear you.

Victorblert

is indispensable in identifying doable for progression renal from the. cialis generic Undivided axes the generic viagra online druggist's to pilgrim

JamesHip

buffer is at least harmonious age i denotes a pop. ciamedusa spares fated ops to uphold in requital for epistaxis skin.

canadian drug stores

best canadian online pharmacies http://canadianpharmacynethd.com/ canadian online pharmacies legitimate


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?