Monday October 19, 2020

हार्ट अट्याक" द्वारा निधन भएका पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको परिवारलाई आर्थिक सहयोग

११ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 3383


हार्ट अट्याक" द्वारा निधन भएका पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको परिवारलाई आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम।
लन्डन। "हार्ट अट्याक" द्वारा निधन भएका पूर्व मिस्टर यूके नेपाल रचित कुँवरको परिवारलाई आर्थिक सहयोग गरीएको समाचार प्राप्त भएको छ।

 


अस्ती शुक्रवार २५ सेप्टेम्बर २०२० का दिन स्व. कुवँरको दिदी रचीता कुँवरलाई यूकेएनआइएफबिबीएलका अध्यक्ष सुक गुरुङले भेटी १३८६ पाउण्ड नगद हस्तान्तरण गर्नु भएको हो। यो सहयोग रकम यूकेएनआइएफबिबीएलका कार्य समिति पदाधिकारी हरु, सल्लाहाकारहरु र सदस्यहरुबाट संकलन भएको र अध्यक्ष सुक गुरुङले बुझाउनु भएको हो।

तीस वर्षीय कुंवरको साउथ इष्ट लन्डनस्थित आफ्नै निवासमा "हार्ट अट्याक" का कारण निधन भएको उनको नातेदार एवम एनआरएनए आइसीसी सदस्य सुरोज मास्केले बताउनु भएको थियो। उनको कार्डियक अट्याकका कारण निधन भएको बताइएको छ। स्वर्गीय कुँवर"यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस"ले आयोजना गरेको मिस्टर यूके प्रतियोगिताको सन् २०१६ का विजेता हुन्। लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका कुंवर  लन्डन फर्किएका थिए।

यूकेएनआइएफबिबीएलका अध्यक्ष सुक गुरुङले यूके नेपाल इन्टरनेसनल फेडेरेसन बडीबिल्डिङ एन्ड लिग द्वारा आयोजित मिस्टर यूके प्रतियोगिताको सन् २०१६ का विजेता भाइ रचित कुँवरको अल्पायुमा भएको यो दु:खद निधनबाट हामी सम्पुण यूकेएनआइएफबिबीएलका हरु अपुरणीय छेतिले मर्माहत भएका छौ भन्दै नेपालले असल खेलाडी र खेलाडीहरुले छमतावान साथी गुमाएकोमा दुख ब्यक्त गर्दै स्वर्गीय कुँवरप्रति हार्दिक श्रद्धान्जली  एवम् परिवारमा  भावपूर्ण  समवेदना चढाउछौ भन्नुभएको छ।




मतहरू

Victorblert

it realize to ascend d create and have an endemic. buy cialis cheap Chuckles is most when a storyteller of sharp break down


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?