Monday October 19, 2020

डोनाल्ड ट्रंप संसारकै ठूलो ट्याक्स छल्ने टाइकोन

१२ आश्विन, २०७७ शीतलपाटीन्युज डटकम। 1072



रुद्र ढकाल हलोवाला, लिभरपुल।  

अमेरिका। धेरैलाई पत्यार नलाग्ला तर डोनाल्ड ट्रंप संसारकै ठूलो ट्याक्स छल्ने सुदखोर धनाढ्य ब्यापारी अर्थात् (टाईकुन Tycoon) मा दरिएकाछन्। आजको न्योर्क टाईम्सका अनुसार बिगत १९९०को दशक अघि देखि अहिले सम्म नै डोनाल्ड ट्रंपले अमेरिकी फेडरल सरकारलाई विभिन्न बहानामा कर (Tax) छल्दै आएका छन्। उनको ट्याक्स अडिटको रेकर्ड अनुसार उनले दुई दशक भन्दा बढी समय देखि लगातार ट्याक्स छल्दै आएका हुन्। उनले आफू राष्ट्रपति भएको साल जम्मा $७५० अमेरिकी डलर कर (ट्याक्स) तिरे भने राष्ट्रपति भएपछि पनि जम्मा सात सय पचास डलर मात्रै तिरेका छन्।

ट्रम्पले आफ्नो अरबौं डलरको ब्यबसायहरुमा आम्दानी भन्दा खर्च धेरै देखाउंदै यसरी कर छल्दै आएको कुरा आजको अनगिन्ति मिडियाहरुमा छापिएको छ। आजका विभिन्न मिडिया श्रोतले जनाए अनुसार डोनाल्ड ट्रम्पले आफ्नो कपाल काट्दा समेत हरेक पटकको जुल्फीको स्टाईललाई मात्रै १७ हजार अमेरिकी डलरका दरले तिर्ने गरेको खुलासा गरिएको छ। मिडियाहरुले यो कुरा ट्रम्पको आम्दानी र खर्चको अडिट (Audit) गर्दा दाखिला गर्ने गरेको बिल भर्पाईलाई आधार मान्दै बताएका हुन्।

ट्रम्पले भने न्यूयोर्क टाईम्सको समाचारलाई खण्डन गर्दै फेकन्यूज भनेका छन्।

त्यस्तै अर्को समाचार श्रोतका अनुसार भारतमा अहिले सम्म ६० लाखलाई कोरोना लागेको बताईको छ। बेलायतमा कोरोना लागेको पुष्टी भएको मानिसले क्वारेण्टाईनमा नबसी बाहिर हिंडे आज देखि एक हजार पाउण्ड जरिबाना हुने कोभिड मार्शल जारी गरिएको छ। त्यस्तै ६ को नियम अर्थात् "रुल अफ सिक्स" नमानी फरक परिबारका ६ जना भन्दा बढी मानिस एउटै घरमा या एकैठाउँमा जम्मा भएको पाउँदा दुई सय पाउण्ड (£२००) देखि तीन हजार दुई सय (£३२००) पाउण्ड सम्म जरिवाना गर्दै आएको छ।



समाचार श्रोतको लिंक:

 




मतहरू

Victorblert

In von I cause never truly my lung about. ciamedusa.com load reductions has happen to us supply the esophagus of.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?